All about Sunuwar

सुनुवार फुटबल टोलीलाई सहयोग

सनुवार डट ओआरजि समाचारदाता । १३ माघ, काठमाडौं । सुनुवार सेवा समाजले नेतृत्व गरेको फुटबल टिमलाई फुटबल र जर्सी सहयोग प्राप्त भएको छ । सुनुवार सेवा समाजलाई श्याम सुनुवारले दुई वटा फुटबल, रामबहादुर सुनुवार र हितबहादुर सुनुवारले १५ वटा रातो जर्सी प्रदान गरेका छन् । जर्सी र फुटबल हस्तान्तरण गर्ने सहयोगकर्तालाई सुनुवार सेवा समाजले एक कार्यक्रम गरी प्रशंशा पत्र प्रदान गरेको छ । विशेष अतिथि किरात सुनुवार सेवा समाजको सल्लाहार तथा नेपाल आदिवासी जनजाति महासंघ युके का कोषाध्यक्ष होम दासुचले सहयोगकर्तालाई खादा ओढाएर सम्मान गरेको थिए भने पूर्व सभासद दालकुमारी सुनुवारले प्रशंसापत्र प्रदान गर्नु भएको थियो । प्रशंसा पत्र प्रदान गर्दै प्रमुख अतिथि दालकुमारी सुनुवारले सुनुवारको यस जोसप्रति सहयोग गर्ने बचन वद्धता सहित उहिले गाउँमा फुटकाल थिएन । हामी हालि खेल्थ्यौं । हालि खेलको विकास गरी कोइँच एकताको लागि युवाहरुलाई एक गर्नु पर्ने बताउनु भयो भने विशेष अतिथि होम दसुचले कोइँचहरुमा साँस्कृतिक विचलन आएको हुँदा कोइँचको आफ्नै संस्कार संस्कृतिलाई लिपिवद्ध गर्नु अनुरोध गर्नु भयो । साथै धनुषवाण खेललाई पनि विकास गर्न सुझाव दिनु भयो । सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार युवाहरु अन्य कार्यक्रममा उपस्थित हुन अनिच्छुक भएको हुँदा खेलकुदको सहारामा उनीहरुलाई पहिचानको लागि जागरुक गर्न यो अभियान अगाडि बढाइएको जानकारी गराउँदै राज्यले युवाहरुलाई प्रदान गर्ने विभिन्न सुविधामा कोइँच युवाको पहुँच पुग्न नसकेको हुँदा खेल मार्पmत त्यस्ता राज्यले प्रदान गर्ने सुविधामा पहुँच पुराउन पनि यस किसिमको अभियान अगाडि बढाइएको बताउनु भयो । स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले दिनु भएको थियो भने उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाईसुनुवार फुटबल टिमका संयोजक सामुयल सुनुवारले धन्यवाद दिनुभयो । अभैm पनि सुनुवार फुटबल टिमलाई जाली र सेतो जर्सी आवश्यक भएको संयोजक सुनुवारले बताउँदै आजको मैत्रीपूर्ण खेल खेलकुद पत्रकार मञ्चको समयाभावको कारण रद्द भएको जनाउनु भयो । अर्को खेल आउँदो सनिवार लिम्बुहरुसँग हुने पनि जानकारी गराउनु भयो । तर खेल मैदान टुँगो नभएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *