All about Sunuwar

फेरि सुसेस भर्सेस खेप मञ्चको फ्रेण्डसिप फुटबल गेम हुने

चुप्लु दाम–लोच ।

७ माघ, काठमाडौं ।

प्रज्वल शाक्यको नेतृत्वमा खेलकुद पत्रकार मञ्च (खेप मञ्च) र सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा यही आउँदो शनिवार जावलाखेल खेल मैदानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । यस मैत्रीपूर्ण फुटबल खेलमा आम खेलप्रेमी कोइँचहरुलाई यही आउँदो शनिवार माघ १३ गते शनिवार दिनको ३ बजे जावलाखेल खेलकुद मैदानमा उपस्थित भई कोइँच खेलाडीहरुलाई हौसला प्रदान गर्न सुनुवार सेवा समाजले हार्दिक अब्हान तथा अनुरोध गरेको छ । यसभन्दा अगाडि सुनुवार सेवा समाज भर्सेस आदिवासी जनजाति आन्दोलनकर्मीहरु वीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो ।
आदिवासी जनजातिविज्ञ तथा आन्दोलनकर्मी डा. कृष्णबहादुर भट्टाचनको नेतृत्वमा शुरु भएको यो खेल अभियानले विस्तारै मूर्तरुप लिँदै छ । शुरुमा आदिवासी जनजाति खेलाडीहरु उपस्थित हुन हम्मे हम्मे थियो । सबैलाई अनुरोध गर्दै खेलको शुरुआत किर्तीपुर युनिभर्सिटी खेल मैदानबाट शुरु गरिएको थियो । डा. भट्टाचनको यस अभियानले विस्तारै आदिवासी जनजातिमा नयाँ रौनक थपेको छ ।

मैत्रीपूर्ण खेल आयोजना गर्नुको उद्देश्य तथा सामुयल सुनुवारको आगमन
आदिवासी जनजातिहरु वीच मैत्रीपूर्ण फुटबल खेलको शुरुआत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र आदिवासी जनजाति संघसंस्थाहरु वीच किर्तीपुर खेल मैदानबाट शुरु भएको थियो । ‘आदिवासी जनजातिहरुले राजनीतिलाई अभैm प्रष्टसँग बुझ्न नसकेको हुँदा फुटबल खेलको रणनीति र प्रतिस्पर्धासँग दाँजेर आदिवासी जनजातिले नेपालको वर्तमान समयमा बुझ्नु गर्नु पर्ने राजनीति वारे सम्झाउने बुझाउने र सबैलाई चेतना भर्ने माध्यमको रुपमा मैत्रीपूर्ण पूmटबल खेललाई माध्यमको रुपमा लिइएको छ । यसरी खेलकुद गर्दा युवा वर्गहरुको चासो विस्तारै बढ्दै गएको हामीले पाएको छौं ।’ सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताउँदै अगाडि थप्नु भयो– ‘यस अभियानलाई शुरु गर्दा म एक्लै थिएँ कोइँचको तर्पmबाट । सुनुवार सेवा समाज महासचिव, कोषाध्यक्षलाई जबर्जस्ती खेलको दर्शक बनाउन पुराइयो । युवा पत्रकार पाम सुनुवार (सुरज) ले अभियानको तेस्रो श्रृङ्खलाबाट साथ दिएका थिए । मलाई त्यतिबेला यति चाँडै यसरी कोइँचहरुकै आफ्नो टिम बनाएर फुटबल खेल्न सकिन्छ होला जस्तो लागेको थिएन । तर मेरो अनुमान भन्दा अगावै हामीले कोइँचहरुको आफ्नै टिम बनाएर अगाडि बढ्न सक्यौं । खुशी लागेको छ । यस अभियानमा सामुयल सुनुवारको ठूलो देन हुने छ । उहाँको जोस र जाँगरले हामीले चाँडै आफ्नो टिम निर्माण गर्न सकेका छौं ।’
सामुयल सुनुवार, छ वर्ष अगाडि चण्डेश्वरी युवा क्लब प्रितीलाई ‘सि’ डिभीजनको खेल खेलाउँदा टिम व्यवस्थापकको जिम्मेवारी सम्हालेका अनुभवी टिम व्यवस्थापक हुनुहुन्छ । उहाँ अहिले कोइँचकै एक खेलकुद क्लब हुनुपर्छ भनेर  हिमालयन बुल्स क्लब स्थापना गर्न लागी पर्नु भएको छ । उनको टिम व्यवस्थापन तथा नेतृत्व क्षमतालाई तत्कालिन समयमा सबैले प्रशंसा गरेका थिए । उनको खुबी भनेको खेलाडीहरुको आत्मबल बढाई खेल समयमा विन तनाव खुशी बनाएर जसरी पनि यो खेल मैल जित्नु पर्छ भनि तन मनले तयार पार्नु नै हो ।
कोइँच खेलाडी र अग्रजहरुको चासो
हुन त आदिवासी कोइँचमा रणवीर सुनुवार जस्ता नेपालका पहिलो अन्तराष्ट्रिय जेम्नेस्टिक खेलाडी मात्र होइन कि एसियन जज समेत रहेको दक्षिण एसिया बडीविल्डीङ खेलका उपाध्यक्ष घनश्याम मुखिया, नेपाल ह्याण्डबल संघको सदस्य तथा बक्सिङ तथा ह्याण्डबल खेलाडी तथा प्रशिक्षक प्रकाश सुनुवार, राष्ट्रलाई पदक दिलाईसकेका सुटिङ खेलाडी माया सुनुवार, स्क्वास खेलाडी भावना सुनुवार विभिन्न मार्सल आर्टका प्रशिक्षक तथा खेलाडी कोइँच समाजमा छन् । नविनकुमार सुनुवार (हाल ः हङकङ) ले धेरै कोइँच युवालाई मार्सल आर्ट (जुडो) खेलबाट रोजगारी समेत दिलाएका थिए भने ताराबहादुर सुनुवारले कोइँच गाउँ गाउँ पुगेर कोइँच युवाहरुलाई कराते (सितरीयो) खेलाडी बनाएका थिए । मोहन सुनुवारले त एक ताका सुनुवार जुडो क्लब सञ्चालन नै गरेका थिए । तै पनि कुनै पनि खेलकुदमा कोइँचको व्यवसायिक निरन्तरता भने भएको देखिन्न । कोइँच गाउँमा बर्सेनी लाखौं सम्पत्ति खर्चेर फुटबल खेलाइँदै आइए पनि त्यसको दुरदर्शी दृष्टिकोण अर्थात् सपना नभएको हुँदा कुनै पनि उपलब्धि अहिलेसम्म हात लागेको छैन ।
हुन त व्रिटीश, इण्डियन तथा नेपाल आर्मी र सिङ्गापुर, इण्डियन तथा नेपाल पुलिसमा आवद्ध धेरै कोइँचहरु कुनै न कुनै खेलसँग सम्बद्ध छन् । तर उनीहरुको प्रतिभा प्रस्फुटन हुना पाएको छैन । सेवा निवृत्त भए पछि खेलकुदमा समय दिन सकिरहेका छैनन् । न त उनीहरुले खेल क्षेत्रमा दिएको योगदानको रेकर्ड राखिएको छ ?
अब पुनः सामुयल सुनुवार जस्ता अनुभवी व्यवस्थापक खेलकुद क्षेत्रमा जागेका छन् । यो आगामन सुखद हुन सक्ने धेरै कोइँचले आशा गरेका छन् । अहिले कोइँचको फुटबल टिमको लागि जर्सीको पनि व्यवस्था गरीसकेका छन् । कोइँचको रङ रातो र सेतो भएको हुँदा सोही रङलाई कोइँचको जर्सीमा प्रयोग गरेको उनको भनाइ छ । उनको यस अभियानमा समीर मुखिया सुनुवार, उत्तमकुमार सुनुवार थपिएका छन् ।
‘आशा गरौं यो जोस र जाँगर नसेलाओस् । क्षणिक नहोस् । कोइँचहरुको बानी एक पटक तात्तिने अनि सेलाउने हुन्छ । हुन त राज्यको संस्कृति नै त्यस्तो छ । तर असफल दृष्टिकोण अगाडि सरेर कामको गोहो नकोरौं । खेलकुदबाट पनि समाज र समुदायलाई अगाडि बढाउन ठूलो योगदान हुने छ । हाम्रो साथ सधैं रहने छ ।’ अग्रज खेलाडीहरु घनश्याम मुखिया र रणवीर सुनुवार कोइँचको खेलकुदप्रतिको जोसलाई सफलताको कामना गर्छन् ।
अर्को खेल लिम्बुवानका लिम्बु र कोइँचहरु वीच हुने पनि व्यवस्थापनको जिम्मेवारी सम्हालेका सामुयल, समीर मुखिया र उत्तमकुमार सुनुवारले जानकारी गराएका छन् । यसरी सबैसँग मैत्री खेल खेल्दा कोइँचको पहिचानलाई सबैसामु पैmलाउने र सबै जातजातिसँग सौहार्दपूर्ण सम्बन्ध निर्माण गर्नु रहेको पनि जानकारी दिँदै अब खेलकुद क्षेत्रमा लागेका कोइँचहरुको अभिलेख राखेर पुस्तिक निकाल्ने प्रयास गरिने बताएका छन् । यसको लागि सबैले आफ्नो बायोडाटा र खेल विवरण, खेलमा सहाभागी भई खेलेको डेटा उपलब्ध गराइदिन पनि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *