All about Sunuwar

१८ औं आदिवासी दिवासको उपलक्ष्यमा बृहत् साँस्कृतिक कार्यक्रम

सुनुवार डट ओआरजि समाचारदाता
१७ साउन, यालाखोम । नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला समन्वय समितिले १८ औं आदिवासी दिवास भव्यतासाथ वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको । वातावरण मन्त्री डा. केशवमान शाक्यले कार्यक्रमको उद्घाटन गर्दै सबै जातिय पहिचानसहितको संघीयताको लागि आदिवासीको आ-आफ्नो पार्टी खोलेर मोर्चाबन्दी गर्नु पर्ने विचार राख्नु भयो । उक्त कार्यक्रममा शिवा मुखियाले सेरेम फू कोइँच गीत गाउनु भएको थियो भने सपना सुनुवार र साथीहरुले जाम्शा लानि खे तामि चाइमि बोलको गीतमा नृत्यु गर्नु भएको थियो भने एलिया जिजिच र साथीहरुले आदिवासी गीत प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा तामु, शेर्पा, याक्खा, तामाङ, नेवार, मगरका विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *