All about Sunuwar

आदिवासी दिवसमा सेरेम फुको लाइभ सो

सुनुवार डट ओआरजि समाचारदाता दोमोका दारशो सेरेम फु कोइँच भाषाको गीति एल्बम भोलि नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला सामन्वय परिषदद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा लाइभ सो हुने भएको छ । राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजित सो कार्यक्रममा शिवा मुखिया र सन्ध्या सुनुवारले उक्त गीति एल्बमका गीत गाउने भएका छन् । चुप्लु समाज र सुनुवार डट ओआरजिले कोइँच युवा युवतिलाई लक्षित गरेर उत्पादन गरिएको कोइँच गीति एल्बममा नौ वटा गीत समावेश गरिएको छ । सो एल्बममा बर्थ डे गीत, बच्चा फकाउने गीत, बाल गीत, अहिले चलेको उत्तराधुनिक गीत, परम्परागत लोकगीत समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *