All about Sunuwar

जिरेलहरु जागे वल्लो किरात स्वायत्त प्रदेशको लागि

ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङ, वल्लो किरात स्वायत्त प्रदेश दोलखा सम्मेलन उद्घाटन गर्दै

चुपलु दामलोच
२२ चैत, जिरी । जिरीका आदिवासी जिरेलहरु आफ्नो पुख्र्यौली थलोको पहिचानसहितको संघीय नेपालको पुनसंरचना नभए हतियार पनि बोक्न तयार हुने घोषणा गर्दै वल्लो किरात स्वायत्त प्रदेशको लागि एक जुट भएका छन् । प्रमुख अतिथि आदिवासी जनजाति सभासद ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात हायु समाज, सुरेल उत्थान समिति, नेपाल थामी समाज, किरात जेरो रादु समाज, किरात बाहिङ मुलुखिमहरु ऐक्यवद्ध भइ आन्दोलित भएको अवस्थालाई मनन् गदैं ककसको अवधारणपत्रमा सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्नेर् भनि संविधान सभामा पेश गरेको बताउँदै आदिवासी जनजाति पहिचानसहितको जातिय स्वायत्त राज्य घोषणा नभए सडक आन्दोलनमा उत्रन आम आदिवासी जनजाति तयार हुन आब्हान पनि गर्नु भयो । उहाँले अगाडि थप्नु भयो, ‘आदिवासी जनजातिको कुम टेकेर राजनीति गर्न खोज्ने कुनै पनि त्यस्तो व्यक्तिगत स्वार्थको लागि राजनीति गर्नेहरुले आदिवासी जनजातिहरुले सामाजिक वहिस्कार गर्नु पर्छ । आदिवासी जनजाति भएको नाताले सभासद हुने, पार्टर्ीी महत्वपर्ूण्ा पद ओगट्ने तर आदिवासी जनजातिको पक्षमा चुः पनि नबोल्ने सभासदहरुलाई अब जनताले कारवाही गर्नु पर्छ । तिनीहरु आदिवासी जनजाति खोल ओडेका खस बाहुन हुन्, जतिसुकै मीठा नारा वा भाषण दिए पनि आदिवासी जनजाति नझुक्किनुस् । अहिले जुनसुकै पार्टर्ीीोस् खस-बाहुन एक भएको अवस्था छ । इतिहासबाट केही सिकेर वर्तमानमा चेत्नु पर्दछ ।’
जिरेल बुद्धिजीवि धनबहादुर जिरेल, टेकबहादुर जिरेल, सुमनकृष्ण जिरेलले आदिवासी जिरेललाई नसोधी जिरेलको भूमिलाई कुनै पनि राजनीतिक पार्टर्ीीाफुखुशी भागवण्डा गरेमा राजनीतिक पार्टर्ीीले जिरेल जनताको विश्वास गुमाउने छन् । संविधान सभाबाट बनेको संविधानले स्थायी शान्ति हुन्छ भन्ने कल्पना गर्नु मात्र कोरा कल्पना हुने छ । यस्ताखाले प्रवृतिले झन द्वन्द्व निम्त्याउने छ ।
सभासद शान्ति जिरेल र दालकुमारी सुनुवारले संविधान सभामा जुनसुकै समय पनि वल्लो किरातको कुरा उठाइरहेको भए पनि वल्लो किरातबाट प्रतिनिधि गरेका अन्य सभासदले आफुलाई खिल्ली उडाएको बताउँदै त्यो खिल्ली हामी सभासद शान्ति र दालकुमारीको नभई आम वल्लो किरातवासीको भएको हुँदा त्यस्ता वल्लो किरातको इतिहास मेट्न खोज्ने सभासदहरुलाई अब आदिवासी जनजाति कोइँच, जिरेल, सुरेल, बाहिङ, जेरो, थामीले कारवाही गर्नु पर्ने धारणा प्रस्तुत गर्नु भयो ।
सल्लाहकार अतित मुखिया र मानबहादुर सुनुवारले जिरेल, थामी, कोइँच, बाहिङ, हायु, जेरोको ऐतिहासिकता तथा त्यससँग गाँसिएको पुख्र्यौली थलो र उनीहरुको मौलिक अधिकारको बारेमा बोल्नु भएको थियो भने परिषदका उपाध्यक्ष तथा दोलखा-रामेछाप संयोजक युवराज जिरेलले आदिवासी जिरेल, कोइँच, थामी, हायु र सुरेलको पुख्र्यौली भूमिमा पछिबाट आएका फिरन्ते खसबाहुनलगायत अन्य जातिले उनीहरुको शक्तिलाई कम आँकलन गरेको खण्डमा त्यसले गम्भिर दर्ुघटना निम्त्याउने धारण प्रस्तुत गर्दै कार्यक्रममा उपस्थित अतिथि तथा आदिवासी जनजातिहरुलाई स्वागत गर्नु भएको थियो ।
परिषदका अध्यक्ष मनप्रसाद सुनुवारले वल्लो किरात संघीय राज्य परिषदले प्रधानमन्त्री, संविधानसभाको सभाध्यक्ष, सबै राजनीतिक पार्टर्ीी्रमुख, राज्यपुनःसंरचना समिति, राज्यपुनः संरचन आयोगमा वल्लो किरातको अवधारणा प्रस्तुत गरिसक्दा पनि वल्लो किरातवासीको आवाजलाई वेवास्ता गरिएको हुँदा अब गाउँस्थरीय कार्यक्रमलाई तीव्र बनाइँदै लगिएको जानकारी गराउनु भयो । स्थानीय संचारमाध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेको दोलखा जिल्ला स्थिति जिरी उच्चमाविको सभाहलमा भएको सो भेलाले अमृतबहादुर जिरेलको अध्यक्षतामा १९ सदस्यीय वल्लो किरात संघीय राज्य परिषद, दोलखा जिल्ला तदर्थ समिति पनि गठन गरेको छ ।

One Comment to जिरेलहरु जागे वल्लो किरात स्वायत्त प्रदेशको लागि

  1. thari kayaba says:

    नमसेवल , जेव , एक थुकि सुकि हजार थुकि नदि, येा द्वन्दातमक भैातिक बादि कथनले अबस्य मुर्त रूप लिने छ, स्याब्बास सम्पूर्ण किरात बन्धु सबइलार्इ ।

    हामी जित्ने छैाँ,
    हामी जित्ने छैाँ ,
    एक दिन,
    हेा हेा हृदय देखि विश्वास गर्छैां
    हामी जित्ने छैाँ
    एक दिन,
    We shall over com
    We shall over com
    We shall over com some day
    we do belive in deep heart
    We shall over com some day .

Leave a Reply

Your email address will not be published. Required fields are marked *