All about Sunuwar

कोइँच विद्यार्थीले वाषिर्क पात्रो र्सार्वजानिक गर्दै

सुनुवार डट ओआरजि समाचारदाता
३ चैत्र, यालाखोम । हिन्दु ज्योतिषशास्त्रानुसारको नयाँ वर्ष२०६९ को उपालक्ष्यमा सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले यही चैत्र ४ गते भोलि शनिवार वाषिर्क कोइँच भित्तेपात्रो र्सार्वजानिक गर्ने भएको छ । कोइँचहरुको आफ्नै नयाँ वर्ष हिन्दू ज्योतिषशास्त्रको माघ महिनको समयमा ङारिच महिनाबाट शुरु हुन्छ । अहिले येले थोचे ५०७२ चलीरहेको छ । तर प्रशासनिकरुपमा राज्यले अझै पनि एक धर्म, एक जाति, एक संस्कृति र एक भाषालाई वढावा दिई रहेको हुँदा वैशाख महिनालाई नै नयाँ वर्षो पहिलो महिना मान्न आम नेपाली विवश छन् । जसको कारण कोइँचहरु आफैं पनि आफ्नो नयाँ वर्षवारे अनभिज्ञ देखिन्छन् । मुख्यतः कोइँचको आफ्नै पेवा सञ्चार नभएको हुँदा पनि यस्तो भएको हो । प्रकाशित सो वाषिर्क पात्रोले कोइँचहरुले मान्ने विभिन्न चाड तथा महत्वपूर्न तीथिमितिहरु रहेको हुँदा कोइँच पहिचान स्थापित गर्न महत्वपूर्न भूमिका निर्वाह गर्नेछ । कोइँच पहिचान खुल्ने गरी साथीहरुले मिहीनेतको साथ पात्रो निर्माण गरेका छन् । यसै सर्न्दर्भमा केही विचार मन्थन होस्, छलफल रहोस, अन्तरक्रिया होस् भनेर शुभकामना आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम पनि राखेका छौं, सुविस अध्यक्ष सुदिप सुनुवारले बताउनु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रम भोलि शनिवार, चैत्र ४ गते, दिउँसो ११. बजे सुनुवार सेवा समाजको भवन हल कोटेश्वरमा हुँदै छ । यस कार्यक्रममा सहभागी हुन सम्पूर्न विद्यार्थी तथा कोइँचहरुलाई सुनुवार विद्यार्थी समाजले हार्दिक अनुरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *