All about Sunuwar

खुशी मिसिएको पिडा : हार्दिक समावेदना

चुप्लु दामलोच
२० फागुन, यालाखोम । कतै विश्वकै सहासी, कतै विश्वकै रोमञ्चक यात्री भनेर दर्ुइ नेपालीको विश्वव्यापी खुशीको समाचारसँगै पीडा पनि मिसिना पुगेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा गत जेठ सुनुवार सेवा समाजको झण्डा फहराउँदै बंगालखाडीसम्म यात्रा गरेका दर्ुइ नेपाली मध्ये सानोवाबु सुनुवारको बुबाको १८ फागुनमा असमायिक मृत्यु भएको छ । सहासी कोइँच युवा सानोवाबुलाई परेको यो दुःखद घडीमा सम्पूण् शोकसन्तप्ता परिवारलाई विभिन्न संघसंस्था तथा शुभचिन्तकहरु (चुप्लु समाज, दर्ुद डट कम, सुनुवार डट ओआरजि, सुनुवार सेवा समाज, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, सुनुवार विद्यार्थी समाज, क्युइँतबु कल्याण कोष, कोइँच बु काःतिच, पाम सुनुवार, समीर मुखिया सुनुवार, नारायण सोङना सुनुवार, रणवीर सुनुवार, अतित मुखिया, खडोस सुनुवार, मनप्रसाद सुनुवार) ले परमपरमेश्वर इँगिहोपोले धर्ैयता तथा दुःख सहन गर्ने शक्ति प्रदान गरुन भन्ने हार्दिक समावेदना प्रकट गरेका छन् ।
यस धर्तीबाट विदा भएका पवित्र आत्मले चिर शान्ति पाओस् । केर लाँ मलाचा लाल लाँ लाचा । लाल लाँ मालाचा बुइशशि लाँ लाचा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *