All about Sunuwar

सुनुवार सेवा समाज प्लेततिको अन्तर गाउँ नृत्य प्रतियोगिता सम्पन्न

चुप्लु दामलोच ।
१४ माघ, डाँडागाउँ प्लेतति, रामेछाप ।
सुनुवार सेवा प्रीति गाउँ समिति स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा खुला अन्तर गाउँ विकास समिति स्तरीय सांस्कृकित नृत्य प्रतियोगिता एवम् वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०६८ माघ १४ गते सुनुवार सेवा समाज प्रीति गाउँ समितिको आयोजना दोस्रो दिनको कार्यव्रmम सम्पन्न भएको छ । सो प्रतियोगितामा सरस्वती मा.वि सुनुवार घारा (शोतधारा), प्लेतति पाँचले प्रथम पुरस्कार पाउन सफल भएको छ भने दितीय, तृतीय, सान्त्वना क्रमशः तिलौरी खोला माइक्रो हाइडोरो पावर, प्लेतति पाँच, सुनुवार सेवा समाज –आयोजक) प्लेतति ८ र नवा सिर्जना युव क्लब प्लेतति ३, ग्युदु भएका छन् । जम्मा ९ टिम सहभागी प्रतियोगितामा अमृत सुनुवार, दिपा सुनुवार, र नवीन सुनुवारको निर्णायक मण्डलले ६ विभिन्न विधामा नम्बर दिएर प्रतिस्पर्धीहरुलाई नम्बर दिएका थिए ।
प्रथम पुरस्कार तीन हजार नगद, प्रमाणपत्र, टारफि, दितीय पुरस्कार दुई हजार, टारफी, प्रमाणपत्र, एक हजार नगद, टारफि, पारमान पातरा, र पाँच सया नगद र पारमान पातरा पारदान गरिएको थियो भने उक्त नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्य कलाकार यशोदा सुनुवारलाई घोषण गर्दै निर्णायक मण्डलका अमृत सुनुवारले व्यक्तिगत रुपमा सरप्राइज पुरस्कार घोषणा गरेका थिए भने ललितपुर सुनुवार सेवा समाजका कोषाध्यक्ष श्याम सुनुवारले व्यक्तिगतरुपमा एक हजार नगद पुरस्कार दिएका थिए ।
कार्यव्रmमको सुरूवातमा पहिलो दिनको सेन्ट–अप परीक्षाका कारणले उपस्थित हुन नसकेका चण्डेश्वरी उच्च माध्यमिक विद्यालयका कलाकारहरूले पहिलो दिनको पहिलो चरणको खुला गीतको प्रस्तुति दिएर कार्यव्रmमको सुरूवात ग¥यो । कलाकारहरूले हाम्रो त चण्डेश्वरी मा वि मा गीतको बोलमा आकर्षक पारामा प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध बनाउन सफल भएका थिए ।
यसपछि दोस्रो प्रस्तुतिमा दोस्रो सत्रको दोस्रो प्रस्तुतिको रूपमा तिलौरी माइव्रmो हाइड्रोपावर ः गीतको बोल मन परेरै हो कि…. जमदार बा’को आँगैनमा भन्ने गीतमा आकर्षक नृत्य प्रस्तुत गरी दर्शकलाई समेत उत्साहित बनाएर आफ्नो प्रतियोगीता प्रस्तुत गर्न सफल भएका थिए ।
कार्यक्रमको तेस्रो पालोमा सुनुवार सेवा समाज प्रीति गाउँ समितिका कलाकारहरूले रामेछापको जुनार… बोलको गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै दोस्रो चरणको प्रतियोगितामा आफ्नो उत्कृष्ट दाबोदारी प्रस्तुत गर्नुभयो ।
चौथो पालोमा प्रगतिशिल युवा संस्था, प्रीति– ४ को तर्फबाट मलाई मन परेसि… गीतको बोलमा आकार्षक नृत्य प्रस्तुत गर्दै प्रतियोगितामा आफ्नो उत्कृष्ट स्थानको लागि दाबेदारी प्रस्तुत गरेर मञ्चबाट बाहिरिनु भो ।
यसैगरी कार्यक्रमको बीचबीचमा विभिन्न कविता, चुट्किलाहरू सुनाएर कार्यक्रमलाई अझ उत्कृष्ट र आकर्षक बनाउन सहयोग गरिरहनुभउको थियो । कार्यक्रमको बीचमा विभिन्न किसिमका आकर्षक गीतले अप्रतियोगी नृत्यहरू पनि प्रस्तुत गरी कार्यक्रमलाई रौनकता बढाइ रहनुभएको थियो । अप्रतियोगी नृत्य प्रस्तुत गर्ने व्रmममा कार्यक्रम हेर्न जानुहुने कलाकार सेरेम (रविना) सुनुवारले प्रतियोगी सुचिना सुनुवारलाई जोडी चयन गरी आफ्नो अप्रतियोगी नृत्य प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध पार्न सफल हुनुभयो ।
दोस्रो चरणको कार्यव्रmमलाई बिट मार्ने व्रmममा चण्डेश्वर उच्च माध्यमिक विद्यालयका कलाकारहरूले हामी चण्डेश्वरी… बोलको मौखिक गीत र बाजागाजा बजाएर दर्शकदिर्घालाई ध्यान केन्द्रित गर्न सफल हुनुभयो ।
यसपछि अप्रतियोगी नृत्य प्रस्तुत गर्ने व्रmममा श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरू मनोज सुनुवार, अशोक सुनुवार र खेमराज खत्रीले परम्परागत र आधुनिकताको समिश्रण गरी ए बाउ, भात खाना आऊ… भन्ने बोलको गीतमा आकर्षक किसिमको कोरियोग्राफी सहित उत्कृष्ट पाराले कमेडी नृत्य प्रस्तुत गरी दर्शकदिर्घालाई उत्साहित तुल्याउनु भयो ।
यसैव्रmममा अघिल्लो सत्रको कार्यक्रमलाई सकाएर तेस्रो चरणको प्रतियोगिताको लागि कार्यक्रमको उद्घोष गर्दै उद्घोषकद्वय चन्द्रकुमार सुनुवार र कोइँच्बु काःतिच (उत्तमकुमार सुनुवार) ले चरण प्रवेश गराउनुभयो ।
तेस्रो चरणको पहिलो प्रस्तुतिमा सुनुवार संघ, प्रीति– ९, बल्खिँका कलाकारहरूले सुनुवार भाषामा आइँकलि नइ कोःशो रिश्शाँमि छ डाँडामि कोःशो छ…. बोलको प्रत्यक्ष प्रस्तुति गर्दै आफ्नो प्रस्तुतिको दाबेदारी प्रस्तुत गर्नुभयो ।
तेस्रो चरणको दोस्रो प्रस्तुति आफ्नो दाबेदारी प्रस्तुत गर्दै श्री कालिकादेवी निम्नमाध्यमिक विद्यालयका साना–साना विद्यार्थी भाइबहिनीहरूले सेलो भाकाको कम छैन कम छैन हे आप्पाको छोरो कम छैन भन्ने बोलको गीतमा आफ्नो आकर्षक नृत्य प्रस्तुत गर्दै आफ्नो दाबेदारीलाई यथावत् राख्दै चरणको अन्त गर्नुभयो ।
तेस्रो प्रस्तुति बेँसी गाउँ लिखु समाजका तर्फबाट पानैमा खाने सुपारी दाना, ताछेर खाने मुला चाना… गीतको बोलमा अमर सुनुवार, उषा सुनुवार, धनविव्रmम सुनुवार र मनिषा सुनुवारले समावेशी र एकतावद्ध जनाउने हिसाबले तामाङ वेषभुषामा सजिएर आफ्नो नृत्य प्रस्तुत गरी आफ्नो स्पार्धाको चरण पार गरी निर्णयको प्रतिक्षाका लागि दर्शकदिर्घामा बसेर रहनुभएको थियो ।
चौथो प्रस्तुतिमा प्रगतिशिल युवा क्लवका कलाकार अस्मिता बस्नेत र रमिला भण्डारीको जोडीले सुनुवार महिला समाजद्वारा उत्पादन एवम् रेकर्ड गरिएको सुनुवार भाषाको तमि चइमि  (छोरी बुहारी) सी.डी.बाट आकर्षक नृत्य प्रस्तुत गरी भाषाप्रतिको सचेतना जनाउँदै विदा हुनुभयो ।
पाँचौ व्रmममा श्री सरस्वती माध्यमिक विद्यालय, सुनुवार धारा, प्रीति– ५ का कलाकारहरूले दुम्जा डाँडाको… बोलको गीतमा उत्कृष्ट तामाङ वेषभुषामा डोको–नाम्लो सहित आकर्षक कोरियोग्राफीमा आफ्नो नृत्य प्रस्तुत गर्नुभयो ।
छैठौँ व्रmममा श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयका तर्फबाट तेस्रो प्रस्तुतिको रूपमा गोपाल मगराँतीले रेकर्डेट संगीतको तालमा सुन खानीमा सुन छैन… भन्ने बोलको गीत प्रस्तुत गरी दर्शकलाई नचाउन सफल हुनुभयो ।
कार्यव्रmमको बीचमा प्रतियोगी कलाकारहरूको तयारी अवस्थामा रहेको हुनाले टुङना र डम्फु बजाउँदै… बोलको गीतमा सविता सुनुवार र बविता राई अप्रतियोगी नृत्य प्रस्तुत गरी दर्शकदिर्घालाई झुम्याई नै रहनुभयो ।
सातौँ प्रस्तुतिको व्रmममा तिलौरी खोला माइव्रmोहाइड्रो पावरको तर्फबाट लासाको दरबार चाइनामा… गीतको बोलमा तीन जोडा युवायुवतीले सामूहिक नृत्य प्रस्तुत गरी कार्यक्रमको अन्तिम स्पार्धालाई बिट मार्नुभयो ।
कार्यक्रमको अन्तिम हुनुअघि मकरसिं तामाङले बडो सटिक पाराले हाँस्य ब्याङ्ग्या प्रस्तुत गरी दर्शकलाई रमाइलो प्रदान गर्नुभयो । कार्यक्रमको अन्तिम चरणमा सुनुवार सेवा समाज गाउँ समितिको तर्फबाट सोलुको माइच्याङ…. बोलीको गीतमा चित्रमाया सुनुवार, मिनमाया सुनुवार, सिमा सुनुवार, सन्तोष सुनुवार, बिमल सुनुवार र तेजबहादुर सुनुवारले अन्तिम चरणको अन्तिम प्रतिस्पर्धामा आफ्नो स्पार्धा पेश गरी कार्यव्रmमलाई निर्णायकहरूको जिम्मा लगाउनु भयो ।
कार्यव्रmम समापनको अवसरमा छोटोमिठो मन्तव्य राख्ने व्रmममा चण्डेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक भरतप्रसाद सुवेदीज्यूले आफ्नो मन्तव्य व्रmममा विभिन्न खालको रीतिरिवाज र संस्कृतिको समिश्रणले नै देशको विविधताको सौन्दर्य बढाएको कुरा राख्नुभयो । मन्तव्यको व्रmममा प्रीति गाउँको प्रतिष्ठाको रूपमा रहेको र सम्पूर्ण गाउँवासीलगायत छिमेकी गाउँहरूको समेत आस्थाको केन्द्र रहेको शाँदार (चण्डी) गुठीका अध्यक्ष श्री हेमराज सुनुवारले पनि आफ्नो मन्तव्य राख्नुभयो ।
सो कार्यक्रमको लागि सुनुवार सेवा समाज केन्द्रीय अध्यक्षले साउण्ड सिस्टम सौजन्य गर्नु भएको थियो ।

4 Comments to सुनुवार सेवा समाज प्लेततिको अन्तर गाउँ नृत्य प्रतियोगिता सम्पन्न

  1. milan sunuwar says:

    यो जुन कार्यक्रम धेरै रोचक छ | तर अन्तर गाऊ प्रतियोगिता भनेर खाली प्रितीको कलाकार ले मात्र भाग लिएको
    देखियो ?तेसैले किन यस्तो भएको हो?कृपाय:यसको उत्तर दिनु हुन्छ कि?

  2. milan sunuwar says:

    यो जुन कार्यक्रम धेरै रोचक छ | तर अन्तर गाऊ प्रतियोगिता भनेर खाली प्रितीको कलाकार ले मात्र भाग लिएको
    देखियो ?तेसैले किन यस्तो भएको हो?कृपाय:यसको उत्तर दिनु हुन्छ कि?

  3. Hari says:

    नमस्कार > कार्यक्रम रोचक छ स्कुलको नाम मात्र छ कुन जिल्ला र कुन गबीस को होला कृपया थाहा पाउनु पाय राम्रो हुन्ठुयो होलाकी?

  4. Hari says:

    नमस्कार > कार्यक्रम रोचक छ स्कुलको नाम मात्र छ कुन जिल्ला र कुन गबीस को होला कृपया थाहा पाउनु पाय राम्रो हुन्ठुयो होलाकी?

Leave a Reply

Your email address will not be published. Required fields are marked *