All about Sunuwar

सुनुवार सेवा समाजको २३औं स्थापना दिवस सम्पन्न

ओआरजी संवाददाता,  २५ जेष्ठ, २०६८ । सुनुवार सेवा समाजको २३औं वार्षिकोत्सव आज सुसेस भवन कोटेश्वरमा भव्यताका साथ सम्पन्न भयो । सो कार्यक्रममा सुनुवार जातिमा वर्षभरिमा मनाइने विभिन्न चाडपर्वको बारेमा एक प्रस्तावित खाका प्रस्तुत गरियो ।
चाडपर्वका बारेमा प्रकाश पार्दै केन्द्रीय सदस्य उत्तम सुनुवारले वर्षभरिको बाह्र महिनामा मनाइन चाडपर्वहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो । कार्यक्रमका अतिथि ले. मानबहादुर सुनुवारले सुनुवार कोइँच जातिको किपटबारे प्रकाश पार्दै अहिलेको संक्रमणकालमा आफ्नो पुख्र्यौली किपटको रक्षा गर्दै मुलुक संघीयतामा प्रवेश गर्न लागेको अवस्थामा वल्लो किराँत राज्यको माग अपरिहार्य भएको बताउनुभयो । हाल चालु जनगणनामा आफ्नो पहिचान नगुमाउन सबै सुनुवारहरुलाई स्पष्ट रुपमा धर्म र जात उल्लेख गर्नसमेत आग्रह गर्नुभयो ।
सुसेसका भूतपूर्व अध्यक्ष श्री लोकप्रिय सुनुवारले किरात चाडपर्वहरुको समीक्षा गर्दै सुनुवार जातिलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उधौली उभौलीलाई अझ परिष्कृत र भव्य बनाउनुपर्नेमा जोड दिनुभयो ।
सुसेसका संस्थापक सदस्य श्री टीकाराम मुलिचाले विगतका तीतो अनुभवहरु र भोगाइले नै यस संस्थाको स्थापना ऊर्जा थपेको स्मरण गर्दै स्थापनापश्चात आजसम्म भएका प्रगति र उतारचढावको समीक्षा गर्नुभयो । साथै संस्थाको संस्थापक अध्यक्ष स्व. देवीबहादुर सुनुवारको स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभयो । सुनुवारका चाडपर्वहरुबारे प्रकाश पार्दै उहाँले विभिन्न अवसरमा मनाइने चाडहरु व्यवस्थित र परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । विभिन्न चाडपर्व तथा शुभजन्मोत्सव साथै अन्त्येष्टि कार्यमा प्रयोग गरिने सामग्रीहरुको विस्तृत जानकारीमूलक पुस्तिका बनाउनुपर्ने सुझाव दिनुभयो ।
संस्थाका संस्थापक सदस्य श्री गुञ्जबहादुर सुनुवारले संस्थाको २३औं स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण सुनुवारवन्धुलाई बधाई दिँदै, किरात सुनुवारको चाडपर्वहरु अझ स्पष्ट र परिष्कृत हुनुपर्ने बताउनुभयो । सुनुवारको चाडपर्वहरुलाई लिखित रुपमा मात्र टिप्पणी नगरी यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिनुभयो । वार्षिक तालिकामा उल्लेखित उत्सवहरु संस्था स्वयंले आयोजना नगरे तापनि सहभागिताको लागि विशेष जोड दिइ आयोजनामा सहयोग पु¥याउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा “लाबलामा” स्मृति दोस्रो महिला तथा पुरुष बुद्धिचाल प्रतियोगिताका विजयी खेलाडीहरुलाई अतिथि तथा संस्थापक सचिव गुञ्जबहादुर सुनुवार, संस्थापक कोषाध्यक्ष टीकाराम मुलिचा र संस्थापक सदस्य तीर्थबहादुर सुनुवारले नगद पुरस्कार तथा प्रमाणपत्र संयुक्त रुपमा प्रदान गरियो । उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम रिजन सुनुवार, दोस्रो तेजेन्द्र सुनुवार र तेस्रो मानबहादुर सुनुवार हुनुभएका थिए भने महिलातर्फ प्रथम झनकुमारी सुनुवार, दोस्रो मालती सुनुवार तथा तेस्रो उर्मिला सुनुवार भएका थिए ।
कार्यक्रमका अन्त्यमा संस्थाका अध्यक्ष श्री मनप्रसाद सुनुवारले विभिन्न त्रुटी र अवरोधका बाबजुद पनि सुसेससका २३औं स्थापना दिवस भव्यताका साथ सफल भएको पुष्टि गर्दै आगामी दिनहरुमा अझ भव्य र व्यवस्थित बनाउँदै लाने प्रण गर्दै कार्यक्रम समापन गर्नुभयो ।

4 Comments to सुनुवार सेवा समाजको २३औं स्थापना दिवस सम्पन्न

  1. Bapuns Sunuwar Koinch says:

    सु से स लै हार्दिक बधाई छ बर्सिक उत्सब लै सफल पर्नु भएकोमा र आगामी दिनमा पनि अझ यो भन्दा व्यापक रुप मा सफल पर्नु होला भन्दै सुभकामना ब्यक्त गर्दा छु / जशारी हुन्छा बिस्वोमा चिनियोस सुनुवार कोइंच मुलबाशी भनेर येही मेरो प्राथना छ इश्वोर संग / चेर्दुम

  2. –पेरो says:

    क्यावत् ! स्वोघोषित सुनुवार सेवा समाज, केन्द्रीय समितिका पदाधिकारीहरुलाई जसले संस्थागत रुपमै आफ्ना पितृहरुको स्मरण गर्ने कार्यको शुरुवात गरेकोमा ।

    सुनुवार सेवा समाजको आगामि कार्यक्रमहरु पनि आफ्नो विवाहको सालगिराह र पुत्रम पुत्रीहरुको जन्मदिनको उपलक्ष्यमा आयोजना गरिनु समय सापेक्ष र सान्दर्भिक समेत देखिन्छ ।

    १६ जनाको शुभ विवाहको सालगिराह र कम्तीमा २ पुत्रपुत्रीको जन्म दिवस संस्थागतरुपमै मनाउने गरेपछि तीन वर्षेकार्यकाल खर्लप्पै । वाह ! क्या दुरदर्शि योजना !

    अनि क्यावात् ! संस्थालाई सामूहिक कार्य भन्दा पारिवारिक गुनगानमा उकास्ने, स्वयम यस्ताखालका कार्यक्रममा सरिकहुने र गज्जक परेर अतिथि वन्ने सुनुवार वुज्रुकहरुलाई ।
    चेरेलिल !

    –पेरो

  3. ग्युरो says:

    पेरोको स्वघोषित सुनुवार सेवा समाज भन्ने प्रतिक्रिया सम्बन्धमा
    यस सुनुवार डट ओआरजिका नियामित पाठकहरु मध्ये म पनि हुँला भन्ने लाग्छ । यस भित्तोमा टाँसिएको प्रतिक्रिया मध्ये सुनुवार सेवा समाज, खस बाहुनलाई जिम्म लगाएर हामी नीति निर्माण र अन्तिम निर्णय दिने, नेतृत्व क्षमता नभएको आदिवासी सुनुवार हौं भनि प्रमाणित गर्न खोजेर आम सुनुवारको वेइज्जेत गर्ने पाँच जना सुनुवार (क्रमशः माबर सुनुवार, जो आपै तीन वर्षे कार्यकालमा पाँच पटक मात्र केन्द्रीय वैठकमा उपस्थित देखिएका केन्द्रीय समितिका सदस्य, उनकै कार्यकालको महासचिवको प्रतिवेदनमा उल्लेख छ र उनकै कार्यकालका अध्यक्ष टंकराम सुनुवारले आठौं सम्मेलनका प्रतिनिधिहरुलाई जवाफ दिँदा सातौं कार्यसमितिको कार्यकाल असफल भएको सार्वजानिक रुपमा स्वीकार गरिसकेका छन्), विष्णु सुनुवार -जो काठमाडौं क्षेत्रीय उपत्यका क्षेत्रिय समितिका पूर्व सचिव रहेका तर कार्यकाल पुरा नगरी वीचमै छाडेका र तत् पस्चात कतै सक्रियता नदेखिएका र विधानता गठन हुन नसक्ने र गठन गरिएको रेकर्ड नरहेको दुई घर सुनुवार भएको बिलन्दू गाविसका सुनुवार सेवा समाजका प्रतिनिधि बनेका, प्रकाश सुनुवार, जसले गाउँमा या केन्द्रमा सुनुवार सेवा समाजको लागि कतै कुनै काम र सहयोग नगरेका, दिपक सुनुवार भनिने दलबहादुर सुनुवार जो गाउँमा नाकमुख नदेखाएका र सुनुवार सेवा समाजमा पनि यस भन्दा पहिला कतै उपस्थित नदेखिएका हाल मलेसिया गएर फर्के पनि काठमाडौंमै सोलर पसल थापेर बसेका, उदयबहादुर सुनुवार, सिर्थौलीका जसले यसभन्दा अगाडि कतै कुनै सरसहयोग गर्न चासो) हरुका बुई चढेर प्रतिक्रिया दिने प्रतिक्रियाकार पेराको प्रतिक्रिया पढ्दा हाँसो उठ्यो र कोइँच भाषामा भन्दा चिनेको र नजिक भए उनको विचारलाई सम्मान गर्दै फोर पिश-शा हाइच-चा मन लाग्यो । खुबै वैधानिकता खोक्ने पेरो जीले आफु गरेको अवैधानिक कार्यहरुलाई पनि मध्येनजर गरेर लेख्दा, बोल्दा र सुन्ने सुनाउने गर्दा राम्रो हुने थियो । उनी साँच्चिकै sunuwar हो भने मेरो चुनौति छ, देखाउन कोइँचको भाषा, धर्म-संस्कृति, कला-साहित्यका संरक्षण गरेर sunuwarको सेवा गर्न सुनुवार सेवा समाज नै चाहिन्छ ? चित्त नबुझ्ने विकल्प पनि प्रस्तुत गर्न सक्नु पर्‍यो नि ? अरुलाई दोष दिएर चोखिन खोज्नु र सुनुवार सेवा समाजको उद्देश्यलाई नबुझेर वा नबुझे जस्तो गर्नु सरासर आम कोइँचलाई भ्रममा पार्नु हो । यति ती पाँच जना सुनुवारले भनेकै ठीक हो भने किन तत्कालीन कार्यसमिति मौन बस्यो ? किन पाँच जना सुनुवारको कुरा ठीक हो भने सल्लाहकारहरु चुपचाप बसे ? कि वर्तमान एमाले जस्तो सर्वसम्मतिको नारा खोजेर बहुमतिय प्रणालीलाई वेवास्ता गर्दै -यही ओआरजिमा पढे अनुसार) २१७ जना प्रतिनिधिको समर्थनलाई माटोमा मिलाउन खोजेको हो ?
    यस वेबसाइडको समाचार पढेपछि मलाई त खुशी लाग्यो- अहिलेसम्मको रेकर्ड अनुसार संस्थापक सचिव गुञ्जबहादुर सुनुवार, संस्थापक कोषाध्यक्ष टिकाराम मुलिचा, संस्थापक सदस्य तीर्थ बहादुर सुनुवार लगायत यहाँ मौजुद चौथो कार्यकाल अध्यक्ष ः इश्वरकिरण सनुवार, पाँचौं कार्यकाल अध्यक्ष ः लोकपि्रय सुनुवार, छैटौं कार्यकाल अध्यक्ष ः मानबहादुर सुनुवरको उपस्थिति त देखियो । रहृयो सातौं कार्यकाल अध्यक्षको अनुपस्थिति । संस्थापक अध्यक्ष वित्नु भयो उपस्थित हुने कुरै भएन । दोश्रो र तेस्रो कार्यकालका अध्यक्ष नेपालमा हुनु हुन्न । अब को बाट वैधानिकता पाउनु पर्ने हो कुन्नि ? कि आठौं सम्मेलनमा हाम्रो सातौं कार्यकाल असफल भएको हो त्यो स्वीकार्छु भनेका अध्यक्षबाट घोषणा भएपछि मात्र सर्वसुनुवार घोषित २३ औं सुसेस वाषिर्कोत्सव भएको मानिने हो । अध्यक्षले हामी असफल भयौं भन्दा तत्कालीन कार्यक्रममा उद्घोषाकको जिम्मा लिनु भएका सचिव मनबहादुर सुनुवार अझ प्रष्ट पार्नु भएको थियो- अध्यक्षले भनिसक्नु भयो सातौं कार्यकाल असफल भयो भनेर अध्यक्षले भने पछि हाम्रो भन्ने कुरा केही रहेन तर यहाँ उपस्थित प्रतिनिधि साथीहरुलाई थाहा नै छ यो समितिले के के काम गर्‍यो भनेर यहाँहरु नै निणर्ायक व्यक्ति हुनुहुन्छ यहाँहरुलाई सफल भएको लाग्छ भने हामी सफल भएको ठान्ने छौं यहाँहरुलाई असफल भएको ठान्नु हुन्छ भने असफल भएको ठान्ने छौं ।
    के यसमा रुन्चे बहस चलाईरहनु उचित होला र ?

    -आठौं सम्मेलनको प्रतिनिधि तथा प्रत्यक्षदर्शी ग्युरो ।

  4. prakashsunuwar says:

    ‘ …. कार्यक्रमका अन्त्यमा संस्थाका अध्यक्ष श्री मनप्रसाद सुनुवारले विभिन्न त्रुटी र अवरोधका बाबजुद पनि सुसेससका २३औं स्थापना दिवस भव्यताका साथ सफल भएको पुष्टि गर्दै आगामी दिनहरुमा अझ भव्य र व्यवस्थित बनाउँदै लाने प्रण गर्दै कार्यक्रम समापन गर्नुभयो ।’

    यो पछिल्लो प्याराग्रफ्ले चै अलिक नमज्जा लाग्यो मलाई — अरु सबै ठिकै लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *