All about Sunuwar

सुनुवार सेवा समाज प्रीति गाउँ समितिको दुई दिने भव्य कार्यक्रम

सुनुवार सेवा समाज प्रीति गाउँ समिति रामेछापको आयोजनामा खुला नृत्य तथा गायन प्रतियोगिता एवम् चिठ्ठा उपहार कार्यक्रम सम्पन्न भयो । कार्यक्रम नयाँ वर्ष २०६८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नको लागि आयोजना गरिएको कुरा प्रीति गाउँ समिति रामेछाप सुनुवार सेवा समाजका अध्यक्ष एवम् कार्यक्रमका आयोजक अध्यक्ष श्री सन्जीतकुमार सुनवारले बताउनुभयो । कार्यक्रम यही २०६८ साल वैशाख ४ र ५ गते गरी दुई दिन गरी सम्पन्न भयो ।
खुला नृत्य तथा गायन प्रतियोगितामा प्रीति गाउँका ७ वटा कलाकार समूह एवम् क्लवहरूबाट प्रतिनिधित्व गरिएको थियो । आयोजक टोलीबाट सुनुवार सेवा समाज कलाकार समूह, प्रीति– ७, तिलौरी खोला माइव्रmो हाइड्रोपावरका कलाकार समूह शोअ्तखोला– प्रीति–५, नव सिर्जना युवा क्लब, ग्युःदु– प्रीति–३, उद्देश्य युवा क्लब, गैरीखर्क– प्रीति–७, त्रिवेणी युवा क्लव, झिङामाइलि– प्रीति–४, बेंसीटोल जोशिला युवा क्लव, चिलउने– प्रीति–५, दिव्यज्योति युवा क्लव, क्याःदालु (थालनागि), प्रीति–७ हरूको सहभागिता रहेको थियो । खुला नृत्य तथा गायन प्रतियोगितालाई मौखिक गायन तथा नृत्य, सेला नृत्य र लोक दोहोरी नृत्य गरी तीन चरणको प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमको नतिजा २०६८ साल वैशाख ५ गते (कार्यक्रमको दोस्रो दिन) चिठ्ठा कार्यक्रमको उपहार नतिजा कार्यक्रमसँगै नतिजा प्रकाशन गरी नगद, शिल्ड तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने तिलौरी माइव्रmो हाइड्रोपावरका कलाकार टोलीले नगद रू. १५००।–, शिल्ड र प्रमाण–पत्र तथा कार्यक्रमका प्रमुख अतिथि एवम् केन्द्रिय अध्यक्ष मनप्रसाद सुनुवारबाट नगद रू. १०००।– प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल सुनुवार सेवा समाज प्रीति गाउँ समितिका कलाकार समूहले नगद रू. १२००।–, शिल्ड र प्रमाण–पत्र तथा प्रमुख अतिथिबाट नगद रू. १०००।– प्राप्त गर्नुभयो । यसैगरी दोस्रो स्थान प्राप्त गर्ने कलाकार समूहलाई कार्यक्रमका अतिथि एवम् सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कोषाध्यक्ष श्याम सुनुवारले कार्यक्रमलाई सरल र उत्कृष्ट किसिमले भव्य रूपमा आयोजना गर्दै आफ्नो कलाकारिता पनि भव्य रूपले आफ्नो जातिय भेषभुषामा प्रस्तुत गर्नुभएकोले प्रोत्साहन स्वरूप नगद रू. १५००।– प्रदान गर्नुभयो । तृतीय स्थान प्राप्त गर्ने उद्देश्य युवा क्लव, गैरीखर्क–प्रीति– ७ का कलाकार समूहले नगद रू. १०००।–, शिल्ड तथा प्रमाण–पत्र प्राप्त गर्न सफल हुनुभयो । यसैगरी सान्त्वना एवम् चौथो पुरस्कार नव सिर्जना युवा क्लव, ग्युःदु–प्रीति– ३ का टोलीले नगद पुरस्कार रू. ५००।– तथा प्रमाण–पत्र प्राप्त गर्नुभयो ।
नृत्य तथा गायन प्रतियोगिताको लागि निर्णायक टोलीमा चण्डेश्वरी उच्च माध्यमिक विद्यालय प्राथमिक विद्यालय शाखाका इन्चार्ज राजेन्द्र लामिछाने– संयोजक, पूर्व गाउँ विकास समितिका उपाध्यक्ष लोकबहादुर सुनुवार– सदस्य र शिक्षिका एवम् समाजसेवी दीपा सुनुवार– सदस्य रहनुभएको थियो ।
यसैगरी नतिजा प्रकाशन एवम् चिठ्ठा उपहार कार्यक्रमको उपहार विजेतालाई उपहार नतिजा प्रकाशन गर्ने कार्यक्रमको बीच–बीचमा नृत्य प्रस्तुत गरी कार्यव्रmमलाई मनोरञ्जन दिनुभएको थियो । चिठ्ठा कार्यव्रmमको उपहार विजेताहरूमा प्रथम पुरस्कार १४ इन्चको रङ्गिन टेलिभिजन विजेता सुश्री काजी मोक्तान, द्वितीय पुरस्कार डि.भि.डि.डेक वेदबहादुर कार्की, तृतीय पुरस्कार मोवाईल फोन सेट महेश सुनुवार, चौथो पुरस्कार मेमोरी क्यासेट विजेता विन्दा सुनुवार, पाँचौं पुरस्कार डिजिटल घडी अन्जना सुनुवार, छैठौं पुरस्कार भित्ते घडी दिपेश सुनुवार, सातौं पुरस्कार टेबल घडी मनोज सुनुवार, आठौं पुरस्कार हाते घडी भरत बस्नेत, नवौं पुरस्कार हाते घडी सानु सुनुवार तथा दशौं पुरस्कार हाते घडी सोमबहादुर लामिछानेले प्राप्त गर्नुभयो ।
कार्यक्रममा शुभकामना एवम् मन्तव्य व्यक्त गर्ने व्रmममा केन्द्रिय अध्यक्ष एवम् प्रमुख अतिथि मनप्रसाद सुनुवार, केन्द्रिय महासचिव एवम् अतिथि खडोस सुनुवार, सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कोषाध्यक्ष एवम् अतिथि श्याम सुनुवार, श्री चण्डेश्वर उच्च माध्यमिक विद्यालयका प्राचार्य धनराज लामिछाने, श्री चण्डेश्वर उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खुलाल, श्री सरस्वती माध्यमिक विद्यालय, सुुनुवार धाराका पूर्व प्रधानाध्यक्षक सूर्य जेस्पुचा सुनुवार, श्री सरस्वती माध्यमिक विद्यालय, सुनुवार धाराकै व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व गाविस अध्यक्ष हेमराज सुनुवार, चण्डेश्वर उच्चा माध्यमिक विद्यालय प्राथमिक विद्यालय शाखाका इन्चार्ज राजेन्द्र लामिछाने, सोही विद्यालयका शिक्षक ध्रवहरी उपाध्यक्ष, सिसाखानी प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु सुनुवार, आमा समूह सञ्जालका अध्यक्ष सुनमाला सुनुवार, मिलनचोक युवा क्लवका अध्यक्ष रामचन्द्र खुलाल, सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री चन्द्रबहादुर सुनुवारहरूले आ–आफ्नो मन्तव्य एवम् शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा मिलन चोक युवा क्लव प्रीति– ८ का अध्यक्ष रामचन्द्र खुलालले– आफूले काठमाडौंमा क्याम्पस अध्ययनरत रहँदा एकजना सुनुवार मित्र पनि थिए । एकदिन पढाई भइरहँदा क्याम्पसका शिक्षकले तपाईंहरूलाई कतिवटा भाषा आउँछ ? भन्ने प्रश्न गर्नुभयो र ती सुनुवार दाइलाई तिम्रो भाषाबाट “नमस्कार” भन्दा के भन्नुपर्छ ? भनि प्रश्न गर्नुभयो तर उहाँले केही जवाफ दिनसक्नु भएन । उहाँलाई शिक्षकले के हो ? आफ्नो भाषा नै नआउने भनेपछि तिमी त व्रmस हो कि क्या हो ? भन्ने समेत प्रश्न गर्नुभयो । ती दाइले होइन भन्नुभयो । यो शब्दले मलाई सधैं खुलदुली मच्चाई रह्यो र गाउँमा आउँदा सुनुवार भाषाबाट नमस्कार भनेको त “नमसेवल” पो रहेछ । पहिले–पहिले प्रीतिमा शाँदार (चन्दी) हुँदा अग्रज सुनुवारहरूले फाटेको र टालेको सुरूवाल भए पनि आफ्नै मौलिक भेषभुषामा नाचेको देख्थेँ तर आजभोलिका सुनुवारहरूले त्यसलाई बिर्सिएर सर्सराउँदो जिन्स प्यान्टमा टालेर र कोट्यारा धुजा पारी झर्लाङझुर्लुङ पहिरन लगाएको देख्दा अब सुनुवारहरू लोप हुन लागेका त हैनन् ? भन्ने लागेको अनुभव बताउनुभयो । यसैगरी उहाँले आउँदो राष्ट्रिय जनगणना २०६८ कार्यक्रममा सबै सुनुवार समुदायले आफ्नो नाम, जात, थर, धर्म र भाषामा सचेत भएर आफ्नो जनगणना आफ्नै उपस्थितिमा लेखाउनु र लेखाउन लाउन अनुरोध गर्नुभयो । कोही व्यक्तिले अर्काको घरको परिचय भन्नु हुँदैन र नभन्नु होला । कोही पनि गणकहरूले एउटै घरमा बसेर सात वटा घरको गणना सम्पन्न गर्ने काम नगर्न चेतावनी दिनुभयो । एक व्यक्तिले अर्को व्यक्तिको परिचय भन्ने हक कसैलाई पनि छैन । सकेसम्म त्यही गणकलाई साथसाथ लगाएर प्रत्येक घरमा पु¥याउने काम गर्नुहोस् । जोकोही व्यक्तिले गणक आउँदा आफ्नो घरको रहनसहन, आय विवरण, धनसम्पत्ति नलुकाई यथार्थ विवरण दिनुहोस् । जुन कामले लोप हुन लागेको सुनुवार जातिको सही तथ्याङ्क आउन सकोस् भन्दै आफ्नो शुभकामना मन्तव्य अन्त गर्नुभयो ।
मन्तव्य एवम् शुभकामना व्यक्त गर्ने व्रmममा सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक सूर्यबहादुर जेस्पुचा सुनुवारज्यूले सुनुवार जातिको आफ्नो भेषभुषा, गहना, सांस्कृतिक रीतिरिवाजहरू लोप हुँदै गइरहेको अवस्थामा सुनुवार सेवा समाज प्रीति गाउँ समितिले यस्तो कार्यक्रम आयोजना गरी पुनः समाजलाई झक्झक्याउने अभियानको थालनी गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो र अबका दिनमा सुनुवार जातिहरूले आफ्नो जातिय पहिचानको लागि भेषभुषा, रितिरिवाजलाई अंगाल्नुपर्ने सुझावहरू दिनुभयो ।” मन्तव्यकै क्रममा उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेमराज सुनुवारले “यस्ता कार्यक्रम आयोजना गरेर आफ्नो लोप हुन लागेको भाषा र भेषभुषालाई व्यँुउताउने काम भएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्दछ भन्नुभयो ।” आमा समूह सञ्जालका अध्यक्ष सुनमाला सुनुवारले “हामी सुनुवार को हौं भन्ने परिचय यस खुला नृत्य तथा गायन सांस्कृतिक प्रतियोगिताले पुष्टि गरेको बताउनुभयो ।” चण्डेश्वरी उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् नेकपा (माओवादी) का पूर्व गाविस इन्चार्ज प्रेमबहादुर खुलालले “म भाषण धेरै जान्दिन र अहिलेको अवस्थामा भाषणभुषणले काम नगर्ने भएको हुनाले शुभकामना व्यक्त गर्दछु ।” चण्डेश्वर उच्च माध्यमिक विद्यालयका प्राचार्य धनराज लामिछानेले “यस प्रीति गाउँका जिमीपुर्खी सुनुवारहरूले नयाँ वर्षको अवसरमा यस्तो कार्यक्रम राखेको पहिलो पटक भएकोमा यसले निरन्तरता पाओस् र सुनुवार सेवा समाज फैलियोस्, फुलोस् भन्न चाहन्छु” भन्दै धनराज लामिछानेले शुभकामना व्यक्त गर्नुभयो । अर्का शिक्षक धु्रवहरि उपाध्यायले “यो खुला सांस्कृतिक नृत्य भन्ने कार्यक्रम राखिए तापनि ब्यानरमा जनगणना २०६८ सचेतना अभियान भन्ने उल्लेख भएको हुनाले यसको उद्देश्य परिपूर्तिका लागि यो सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हुनसक्छ” भन्दै आफ्नो शुभकामना व्यक्त गर्नुभयो । यसैगरी सिसाखानी प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु सुनुवारले “मैले सुनुवार सेवा समाज गाउँ समितिले खुला नृत्य तथा गायन सांस्कृतिक कार्यक्रम तथा चिठ्ठा कार्यक्रम राखेको जानकारी सहित पत्र प्राप्त भएकोले आफ्नो विद्यालयको पठनपाठन ४ बजेसम्म भए तापनि यसलाई २ घन्टा मात्र सुचारू गरी कार्यक्रममा आइपुगेको बताउँदै यत्तिका ठूलो भव्य कार्यक्रम आयोजना गरिसकेपछि आयोजक सुनुवार सेवा समाज प्रीति गाउँ समितिले कुनै पनि सञ्चार माध्यमहरूमा सूचना प्रसारण नगर्नुलाई आधुनिक युगसँग समन्वय नगरेको हो कि भन्ने सन्देह गर्दै सुनुवार सेवा समाज केन्द्रीय समितिद्वारा सुनुवार भाषा पाठ्यपुस्तक लेखेको भन्ने जानकारी प्राप्त हुन आए तापनि यसलाई हामीले गाउँठाउँका विद्यालयमा कसरी पठनपाठन गराउने हो भन्ने अन्यौलमा रहेको बताउनुभयो ।”

राष्ट्रिय जनगणना सचेतना अभियान र वल्लो किरात स्वयत्त प्रदेशको जनजागरण अभियान
सुनुवार सेवा समाज प्रीति गाउँ समितिले दुई दिने कार्यक्रमको अवसर पारेर केन्द्रीय कार्यसमितिको उद्देश्य र वल्लो किरात स्वायत्त राज्यको अवधारणाहरू प्रस्तुत गर्ने कार्यक्रम समेत समावेश गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् केन्द्रिय अध्यक्ष मनप्रसाद सुनुवारले शुभकामना व्यक्त गर्दै सुनुवार समुदायले आगामी दिनमा लगत्तै सुरू हुने राष्ट्रिय जनगणना २०६८ कार्यक्रममा सबै सुनुवार समुदायले आफ्नो नाम, जातमा कोइँच सुनुवार, थरमा पुरुष महिलाले आफ्नो जन्म थर, धर्ममा किरात र भाषामा पहिलो भाषा सुनुवार र दोस्रो भाषामा वाहिङ लेख्न अनुरोध गर्नुभयो । जनगणना सुरू हुँदा प्रत्येक मुली घरमा नै रहनु होला । गणक आएन भने पनि बोलाएर घरमा नै ल्याउनु होला । गणकले प्रश्न गर्दा जो साक्षर छैनन् उहाँहरूलाई सुनुवार सेवा समाज गाउँ समितिका पदाधिकारीहरूले सहयोग गरी आफ्नो यथार्थ विवरण, धनसम्पत्ति, रितिरिवाज, संस्कार संस्कृति र धनसम्पत्तिको विवरण दिन सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो ।
मन्तव्यकै सिलसिलामा सुनुवार सेवा समाज केन्द्रीय समितिले विभिन्न किरात समुदायको जातिहरूसँग समन्वय र हातेमालो गर्दै “वल्लो किरात स्वायत्त राज्य” को अवधारणा अगाडि सार्दै अब बन्ने नेपाल लोकतान्त्रिक गणतन्त्र राज्यको संविधानमा वल्लो किरातलाई सम्वोधन गराउन पहल भइरहेको बताउनुभयो । वल्लो किरात स्वायत्त राज्यलाई स्थापित गर्न प्रत्येक गाउँका सुनुवार दाजुभाइ मात्र नभई गैर किरात दाजुभाइहरू समेत लाग्नुपर्ने बताउनुभयो । वल्लो किरात स्वायत्त राज्य भनिए तापनि यो ऐतिहासिक तथ्यको आधारमा अगाडि सारिएको हो । यसको शासन सत्ता भोगचलन र विकास निर्माणका कुरामा कुनै पनि जातजातिलाई पछि नपार्ने जानकारी दिनुभयो । बरू अहिलेसम्म राज्यको तर्फबाट छायाँमा पारिएका समुदाय समेतको पहिचान खुल्ने र विकास निर्माणको कार्यमा सहज बन्ने जसले यथाशिघ्र समुन्नत समाजको निर्माण हुने कुरा बताउनुभयो ।
शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा केन्द्रीय महासचिव एवम् अतिथि खडोस सुनुवारले सुनुवार भाषा पाठ्यपुस्तक पठनपाठन गर्ने प्रक्रियाको बारेमा आधिकारिक जानकारी गराउनु भयो । “सुनुवार जातिले अहिलेसम्म राज्यलाई कहिल्यै पनि मागेन, बरू राज्यले मागेअनुरूप दिइ रह्यो, निरन्तर दिइ रह्यो तर उल्टै राज्यले सुनुवार जातिलाई नामेट् पारी नामनिसाना नै हराउने चेष्टा ग¥यो । त्यसैको प्रतिकात्मक स्वरूप सुनुवार समुदायले आफ्नो गाउँ–गाउँबाट रितिरिवाज, संस्कार संस्कृतिलाई उजागर गर्दै राज्यलाई यसै मार्फत धक्का दिनुपर्दछ” भन्दै “यस्तो कार्यक्रमले वल्लो किरात स्वायत्त राज्यको मागलाई समेत सवल र सफल पार्ने बताउनुभयो ।” जनगणनाको बारेमा “अहिलेसम्म राज्यले राष्ट्रिय जनगणना कार्यक्रमको नामाकरण गरी जनगणना कार्य त ग¥यो तर ती सबै मिथ्य साबित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *