All about Sunuwar

Notice Board

now browsing by category

 

सूचना

किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०६८/१/३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको प्रारम्भिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न बिषयहरु उपर छलफल तथा निर्णय गर्ने गरी बस्ने भएको हुदा संपूर्ण शेयर सदस्यज्यूहरुलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइ सकिएको छ । यदि पत्र प्राप्त नभए यसै सूचनालाई समेत आधारमानि कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

साधारण सभा हुने मिति, स्थान र समय :
मिति    : २०६८ जेष्ठ २१ (४ जुन २०११)
स्थान    : सुनुवार सेवा समाजको भवन, कोटेश्वर, काठमाडौ ।
समय    : बिहान ठिक ११ बजे ।

छलफलका विषयहरु :
१.     संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
२.     कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र कार्यक्रमहरु माथि छलफल र पारित  गर्ने ।
३.    आर्थिक वर्ष ०६८:०६९ का लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण सम्वन्धमा ।
४.     सञ्चालक समितिको निर्वाचन सम्वन्धमा ।
५.     प्रथम बार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्नका लागि शेयरधनीहरु र संचालकको तर्फ बाट प्रतिनीधि छनौट गर्ने  ।
६.     विविध ।

जय सहकारी ।

सञ्चालक समितिको आज्ञाले

विमला सुनुवार
सचिव

हार्दिक अनुरोध

सुनुवार सेवा समाजको २४ औं स्थापना दिवसको उपलक्ष्यमा स्वर्गीय क्याप्टेन लालबहादुर सुनुवार तथा उहाँको धर्मपत्नी लालमाया सुनुवारको स्मृतिमा दोश्रो पुरुष तथा महिला बुद्धिचाल प्रतियोगिता तथा कोइँच (सुनुवार) भाषा, धर्म–संस्कृति सम्बन्धि कार्यशाला गोष्ठी हुँने हुँदा सम्पूर्ण कोइँच (सुनुवार) दाजुभाई दिदीबहिनीहरुलाई सहभागी हुन सुनुवार सेवा समाज हार्दिक अनुरोध छ ।
नामवली दर्ता अन्तिम मिति : २०६८ जेठ २१, साँझ ५ बजेसम्म  ।
फरम पाइने स्थान : सुसेस कार्यालय कोटेश्वर । फोन : ०१४१५४०८५
प्रतियोगिता सञ्चालन हुने मिति : २०६८ जेठ २३ गते, ११.०० बजेदेखि
दर्ता शुल्क : रु. १०० मात्र
पुरस्कार राशी
प्रथम : रु. १,५००
द्वितीय : रु. १,०००
तृतीय : रु. ५००
सुनुवार सेवा समाज, केन्द्रीय समिति, काठमाडौं ।
प्रायोजक : लाबलामा सुनुवार स्मृति कोष, गुप्तेश्वर १ रामेछाप ।

आदिवासी जनजनति संयुक्त संघर्ष समितिको अपिल

जेठ १२ गतेका दिन सबै घटक संगठनहरु तेकिएको स्थानबाट आ–आफ्ना झण्डा, व्यानर, भेषभूषामा बाजगाजा सहित अपरान्ह १२:०० बजे जम्मा भई संविधानसभा भवन नयाँ बानेश्वरमा १ वजे पुग्ने र आमसभामा तथा जनप्रर्दशनमा सहभागी हुने ।
नेट : सुनुवारहरुको कोटेश्वर तिनकुनेमा १२ वजे भेला हुने

षाँदर पिदारको हार्दिक निमन्त्रणा !!!

यहि आउँदो २०६८।२।३ गतेका दिन किराँत सुनुवारहरुको महान पर्व उभौली “षाँदर पिदार” परेको हुदा उक्त पर्वमा सपुर्ण सुनुवार दाजु भाई तथा दिदी बहिनीहरुलाई ललितपुर अवस्थित सानो हातिवनमा र नखिपोटमा हार्दिक आमन्त्रण गर्दछौ ।

सुनुवार सेवा समाज
केन्द्रीय कार्यलय, काठमाण्डौं

रोजगार कोष सेवा र तालिम र रोजगार

रोजगार कोष सेवा र तालिम र रोजगार सेवाद्वुारा आयोजना गरिने आयमूलक विभिन्न तालिम लिन इच्छुक महानुभावहरुलाई यथा शिघ्र आवेदन फारम भर्न सुचना प्रकाशित गरिन्छ ।
नेट ः
१. तालिम लिन चाहने व्यक्ति कक्षा १० भन्दा कम
२. आदिवासी जनजनति महिला पुरुष हुनुपर्छ
३. उमेर १६ वर्ष देखी ३५ सम्मको हुनुपर्दछ
४. आफूले चाहेको नजिकको तालिम केन्द्रमा तालिम लिनसकिनेछ
५. तालिम अवधीभर भत्ताको ब्यबस्था हुने छ
६. तालिम पश्चात तुरुन्त रोजगारको ब्यबस्था मिलाउने छ ।
७. कामकय बिबरण तथा फारम भर्नका लागि सुनुवार सेवा समाज, काठमाण्डौंमा सम्पर्क गर्र्नुहोल ।

हार्दिक निमन्त्रणा !!!

पुस्तक बिमोचन कार्यक्रम !

कबि “आँकला” (राम कृष्ण सुनुवार) र कथाकार “सिर्सेलि” (टंक राम सुनुवार) का नयां पुस्तक बिमोचन हुन गैरहेकोले यहाँहरु सम्पुर्ण वन्धु-वान्धवहरुको गौरवमय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

स्थान: नेपाल एकेडेमी,
मिती: चैत्र ७, २०६७ (मार्च् २१, २०११),
समय: १:३० अपरान्ह ।

सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको सुचना

यही २०६७-१०-७ गते शनिवारका दिन देखि सुनुवार सेवा समाज जिल्ला समिति ललितपुर द्वुरा किरात सुनुवार भाषा सन्चालन गर्ने हुदा इच्छुक सुनुवार दाजुभाई तथा दिदी बहिनीले सम्पर्क सम्बन्धित सस्था समक्ष सम्पर्क राखुहोला ।
सम्पर्क नं: ९७४१०८३८८७