Articles
now browsing by category
Articles
कोइँच संस्कृतिमा खुकुरी
अतीत मुखिया कोटेश्वर
कोइँच (सुनुवार) भाषामा खुकुरीलाई चुःब भनिन्छ । चु को अर्थ काँढा र ब को अर्थ भएको भन्ने हुन्छ । चुःब शव्द चलनचल्तिको भाषा हो । मुग्दुमि भाषामा चुःबलाई दाबे वा खारे भनिएको पाइन्छ । दाबे भन्नाले फलाम बाहेकका कुनैपनि धातुहरुबाट निर्मित कर्दभन्दा केही ठूलो खुकुरी हुन्छ भने खारे भन्नाले फलामबाट निर्मित खुकुरी जस्लाई चलनचल्तिको भाषामा चुःब भनिन्छ । कोइँच मुग्दुममा हसिया र खुकुरी बिषेशत सुन, चाँदी, तामा, पित्तल र काँसबाट बनाइने कुराको उजागर गरिएको पाइन्छ । ससि मुग्दुममा उल्लेख भएका सलाकमा इँगि खुर्मि र दुमा खुर्मि को उल्लेख पाइन्छ । इँगि खुर्मि भन्नाले सर्वव्यापी परमात्मा इँगिले चलाउने हसिया हो जो सुन र चाँदिको हुन्छ । सुनको हसियालाई सुनाखुर्मि र चाँदि तथा पितलको हसियालाई रुपाखुर्मि, ह्रोँपाखुर्मि भनिएको पाइन्छ । दुमा खुर्मि भन्नाले पुर्खाहरुले चलाउने हसिया जो तामा, पितल, फलाम जस्ता धातुहरुबाट बनेका हुन्छन जस्लाई आमखुर्मि, वामखुर्मि आदि नामका हुन्छन् । यसरीनै खुकुरीको उल्लेख पनि मुग्दुममा भएको पाइन्छ । मेग्यो मुग्दुमको खलो र मुइलि मुग्दुमको पिदारहरुमा उल्लेख भएअनुसार तोष्यखारे, मामाखारे, दामाखारे, फुल्पिङखारे, दावेखारे , सुनाखारे, रुपाखार,े ह्रोँपाखारे भनेर बिभिन्न प्रकारका खुकुरीहरुको उल्लेख गरिएको पाइन्छ । कोइँच मुग्दुमि ब्यक्तिहरुले आजसम्मै पनि मुग्दुमि कार्यगर्दा पितल र तामाका हसिया एवं कर्दहरु खेलाउने गरेको पाइन्छ । यसरी खेलाइने कर्द कोइँच मुग्दुम अनुसार कुनैपनि नाअ्सो (मुग्दुम जान्ने मुग्दुमि व्यक्ति)को मृत्यु भएमा मृत नाअ्सोले खेलाउने खारे (स्यानो खुकुरी वा कर्द) नयाँ बन्ने उत्तराधिकारी नाअ्सोलाई विधिपूर्वक नबुझाएसम्म मृतकको लास सतगतका लागि उठाउन मिल्दैन । यो परम्परा आदिमकाल देखिकै प्रथाकारुपमा कोइँच समुदायमा चलिआएको पाइन्छ । Read More
कठमाण्डौंमा पनि घर घरमा सुरो बडीने
sunuwar.org सम्बाददाता।
कठ्माणडौं, १९ जेष्ट। सुनुवार सेवा समाजको सकृयतमा काठ्माण्डौमा ष्यादर पिदार गरेको झन्डै १० बर्षा पछाडी काठ्माण्डौ उपतेकामा सुनुवारहरुको घर घर घुमेरा सुरो बड्ने सस्क्रीतिको थालनी भयको छ । ललितपुर सु से सले ष्यादर पिदारको दिन ललितपुर जिल्लाका सुनुवारहरुको घर घरमा पुगेर सुरो थन्कौने कार्यक्रमको सुरुवात गरेपछि कठ्माण्डौ उपतेका छेतरिय समितिले यहि सनिबार कठ्माण्डौ बासि सुनुवारको घर घरमा पुगेर सुरो थनकौने जन्कारी क उ क्ष समितिका सचिप प्रेम कुमार सुनुवारले दिनुभयो । कोइन्च सुनुवारहरुले ष्यादार पिदार गर्दा उनिहरुको पुर्खा र बतबर्ण र प्रक्रीति सङा अनिकाल नलागोस बाली सपृयोस धन सम्पतीमा सह बसोस भन्ने कमना गर्दै प्रक्रीति सङ्ग सह ( लक्षिन) घर घरमा हुल्ने चलन छ।
किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा तेश्रो ष्याँदर २०६७
[singlepic id=546 w=300 h=220 float=left]सुनुवारहरुको माहन चाडँ षाँदर सारा विश्व भरि छरिएर बसेका सुनुवारहरुले आ-आफ्नै किसिमले उल्लास पुर्वक मनाए । यसै पावन अवसरमा किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा युकेमा बसोवास गर्ने कोइंच किरांतहरुले पनि आ-आफ्नै किसिमले मनाए। जुन तपाईहरुले याहँ हेर्नसक्नुहुन्छ ।Click here for photos
किराँतहरुको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै टुडिखेलमा ..
[singlepic id=537 w=320 h=240 float=center]
२९ मे २०१०: किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित टुडिखेलमा हर्ष उल्लस सगँ मनाइयो ।Click here for more photos
किराँत सामुदायको महान चाड उभौली
[singlepic id=458 w=300 h=220 float=left]२७ मे २०१०, ललितपुर, नेपाल; किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित हातिवन मन्दिरमा उल्लासमय ढङ्गले मनाइयो । विभिन्न किराँत पुजारी ( नाँसो, नाक्सो आदि ) हरुले आफ्नो इष्ट देवी देवताहरुको पुजा-आजा गरि सम्पुर्ण मानव जातिको सुख र सम्वृद्दिको लागि वरदान मागे । विहान सबेरै देखि आफ्ना देवी देवताको दर्शन गर्न किराँत समुदायका भक्तजनहरुको घुइँचो लागेको थियो । किराँतहरु प्रकृति पुजक हुन, उभौलि पर्वको दिन बर्षा भएमा त्यो सालभरिको लागी शुभ साइत हो भन्ने जनविश्वास किराँतहरु माझ अझै छ । Click here for more photos
२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …..
[singlepic id=406 w=300 h=220 float=left]२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा,सम्पूर्ण किरात दाजुभाइ तथा दिदिबहिनी ले सारा विश्व भरि उल्लास पुर्वक मनाइ रहेका छन् । यसै पावन अवसर मा काठमान्डु उपत्यका मा बसोवास गर्ने सम्पुर्ण किरांत समुदायले ललितपूर स्थित हातिबन को षाँदर, साकेला, चासोक ताङनाम चोसोवा मन्दिर मा उपस्थित भै शुभकामना आदान-प्रदान गर्नका साथै आफ्ना इष्ट देवी देवता को पुजा गरि ष्यादर, साकेला, चासोक ताङनाम सिली गारिरहेका छन । कोइंच किरांत को ष्यांदर सिली तस्विर हरु यहां हेर्न सक्नु हुन्छ : Click here for more photos
सु.से.स., जि.स, ललितपुरको पहिलो प्रयास “बुल्फे थुल्तेक” कार्यक्रम
[singlepic id=404 w=320 h=240 float=left]ताल्चिखेल, ललितपुर्; सुनुवार सेवा समाज, ललितपुर ले यही २०६७ साल को ष्यांदर सिलि पर्व मनाउने कार्यक्रम् अन्तर्गत “बुल्फे थुल्तेक्” कार्यक्रम् को आयोजना गर्यो । कार्यक्रम् साँझ को समय भएतापनि उपत्यकाका कोइंचहरुको को बाक्लो उपस्थिति थियो। गाउँ घर मा “बुल्फे थुल्तेक्” अनिवार्य भएतापनि उपत्यकामा यो नै पहिलो पटक भएको खुलासा आयोजक समिति, ललितपुर ले गर्यो । २०६७ सालको कोइंच ष्यांदर पर्व यहि जेष्ठ १३ गतेका दिन भब्य रूपमा मनाइदैछ ।Click here for more photos