All about Sunuwar

Archives

now browsing by author

 

कम्युनिष्टले खोस्याे काङ्ग्रेसले दियो : नारा र व्यवहारमा फरक ।

–कोइँचबु काःतिच ।
नेपाल कम्युनिष्ट पार्टीको केपी ओली सरकारले खोसेको विदा काङ्ग्रेस गठबन्धनकाे देउवा सरकारले पुन दिएको छ । काङ्ग्रेस नेतृत्वकाे गठबन्दन देउवा सरकारले आदिवासी जनजातिकाे चाडहरुलाइ राष्ट्रिय चाडकाे मान्यता दिँदै २०७९ सालदेखि पुनः सार्वजानिक विदाको रुपमा स्वीकृत गरेको छ । झट्ट बाहिरबाट हेर्दा प्रगति उन्नतिको कुरा गर्ने अग्रगामी कुरा गर्ने कम्युनिष्टहरुले आदिवासीको वाकलता गर्ने राजनीतिक पार्टी देखिए पनि व्यवहारमा भने आदिवासीको अधिकार खुम्चाएर वर्गीय कुरा गर्दै बढी जातिवादी र नव दलाल पूँजीवादी पार्टी भएको प्रमाणित गरेर देखाए ।

जनता समाजवादी पार्टीबाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठको सिफारीसमा उक्त विदा पुन प्राप्त भएको उहाँको फेसबुक पेजमा पढ्न पाइएकाे थियाे । तर यसभन्दा अगाडि पनि मन्त्री परिषदमा सिफारीसकाे लागि लगिएकाे विदाहरु कटाैती भएका थिए । यसैले राजपत्रमा सुचना प्रकाशन नभएसम्म सरकारको निर्णयलाई आधिकारीक मान्ने गरिँदैन र आदिवासीहरु पनि विश्वास्त हुन सकेका थिएनन् । तर पार्टीगत जस लिने होडबाजी भयाे भनेर नै गृह्य मन्त्तालयले सार्वजानिक विदाको भ्रम वारे विग्याप्ति समेत जारी गरेकाे थियाे ।
जे होस अब अर्को सरकार आदिवासीकै वाकलता गर्ने सरकार भएमा वा आएमा हाम्रा चाडहरुले सरकारबाट निरन्तर राष्ट्रिय चाडको मान्यता पाउने र सार्वजानिक विदा पाइने देखियो । पुनः सन्कहा सरकार सत्तामा पुगे आदिवासीले पाएको कानुनानुसारको अधिकार पनि खोसिने रहेछ भन्ने चेत सबैमा जाग्नुपर्ने देखिएकाे छ । यसैले राजनीतिक पार्टी छान्दा पनि व्यावहारिक र अव्यवहारिक, मुखमा रामराम वगलीमा छुरा गर्ने पार्टीहरुलाई चिनेर मात्रै छान्नु पर्ने देखियो । अब विचार पुराउन पर्ने भाे कि पार्टीहरु छान्दा कसकाे हितमा पार्टीले काम गरीरहेकाे छ भन्ने कुरामा सबैले सोच्नुपर्ने देखिएकाे जानकारहरुको अभिव्यक्ति पढ्न र सुन्नमा आएको छ । सार्वजानिक विदामा के कस्तो राजनीति हुने गर्दोरहेछ भन्ने कुरा सबैले भाेग्नु भयाे । अब जरुरी छ कि आउँदाे चुनावमा गल्ती गर्नु हुँदैन विवेककाे प्रयाेग गर्नुपर्छ । आदिवासीहरु पाे कहिले जाग्लन जानकारहरुको भनाइ रहेको छ ।

सम्वत २०७९ सालको सार्वजनिक विदा सम्बन्धी सूचना

इलाममा सुनुवार संस्कृतिलाई पर्यटनसित जोडिँदै

-मिलन मुखिया
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सिमान्तकृत वर्गका किरात सुनुवार समुदायको धार्मिक, भाषिक, साँस्कृतिक पक्षलाई पर्यटन व्यवसायसित जोडेर लैजानुपर्ने बताउनु भएको छ । इलाम नगरपालिका, वडानम्बर ३, पुवामझुवाको चैतेस्थित सुनुवारहरुको धार्मिकस्थल “ष्याँदर ग्योर” परिसरमा निर्मित “कोइँच मुल्केम खिँ” (सुनुवार साँस्कृतिक संग्रहालय भवन) को उद्घाटन गर्दै आइतबार सो वताउनु भएको हो । कार्यक्रमको उद्घाटन समारोहमा उपमेयर सुशीला नेम्बाङसमेत उपस्थित हुनुहुन्थ्यो । दुई तले संग्रहालय भवन नगरको २१ लाख २५ हजार रुपैंया र बाँकी स्थानीयको योगदानगरी कूल २५ लाख रुपैयाँमा निर्माण भएको जानकारी दिइएको छ । चैतेमा अवस्थित सुनुवार समुदाय पाटेनागी पर्यापर्यटन क्षेत्र अन्तर्गत प्रबेशद्धारको रुपमा रहेको छ । सुनुवारहरुको आफ्नै भाषा, लिपी, धर्म, संस्कृति, रीति र परंपरा भएकाले सोको विकास र प्रबद्र्धन गर्दै पाटेनागी पर्यटनसंगै जोड्न चाहेको मेयर बस्नेतको भनाई छ ।“यो सुरुवात मात्र हो ।” मेयर बस्नेतले अगाडि भन्नु भयो,“ हामी यस समुदायको साँस्कृतिक विकासमा थप कामहरु गर्दै जानेछौं ।” त्यसै गरी आइतबार नै मेयर बस्नेत र उपमेयर नेम्बाङले वडानम्बर ३, पुवामझुवास्थित वीणापाणी मावि परिसरमा निर्मित नयाँ दुई तले चार कोठे विद्यालय भवनको पनि उद्घाटन गर्नुभएको छ भने अध्यक्षता वडाअध्यक्ष तिर्थ गुरुङ्गले गर्नुभएको थियो। सो भवन सहित वडानम्बर १ को जनता आधारभूत विद्यालय र वडानम्बर ९ को भगवती माध्यमिक विद्यालयमा एकै खालको भवन जम्मा ९४ लाख ४१ ह्जार, आठसय १८ रुपैंयामा बुद्धिष्ट निर्माण सेवाले ठेक्का पारी निमार्ण सम्पन्न गरिएको हो । यसअघि वडाकै जल्केनीस्थित सानो पुवा खोलामा निर्मित मोटरेबल पुलमा तरेर उद्घाटनसमेत गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कालीबहादुर भुजेल, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख प्रेम गौतम, इन्जिनिय दिपक प्रसाद गुरागाँई, कार्यपालिका सदस्य पृथसिंह सुनुवार, सुनुवार सेवा समाजका प्रतिनीधि, पाटेनागी पर्यटन समिति समिति प्रतिनिधी, नगर पर्यटन प्रबद्र्धन समिति प्रतिनिधी, बिद्यालय प्रतिनीधि, वडा प्रतिनीधि लगायतको उपस्थिती थियो । इलाम नगरपालिकाले वडामा गरेका थुप्रै काममध्ये यी दुई पनि मुख्य काम भएको स्थानीयको भनाई छ।

 

काेइँच भाषा लगायत विश्वका सात जना आदिवासी कविहरुकाे कविता वाचन हुँदै।

-काेइँचबु काःतिच (उत्तम)
आदिवासी भाषाकाे दिगाे विकास दाेश्राे अन्तराष्ट्रिय प्राज्ञिक मञ्च कार्यक्रममा यस वर्षकाे आदिवासी भाषाहरुमा साहित्य गतिविधिहरु विषयक अन्तराष्ट्रिय अन्तरक्रियात्मक कार्यक्रम भाेलि विहान काेरियामा हुँदै छ । याे कार्यक्रम युट्युबबाट लाइभ स्ट्रिमिङ हुँदै छ । काेरियाका जेजु र हङग्येओङ भाषाका साथै नेपाल लगायत विश्वका पाँच आदिवासी कविहरुकाे कविता कविसँग सम्बन्धित आदिवासी समुदायका १० आदिवासी श्रष्ट्राहरुले कविता वाचन गर्नेछन् । नेपालबाट आदिवासी काेइँचकाे कवि शाेभा सुनुवारले कार्यक्रममा काेइँच साहित्यकाे गतिविधिका वारेमा १० मिनेट बाेल्नुहुने छ । मेक्सिकाेबाट कवि अलेजान्द्र ससिल सान्चेज चानले मायातान भाषा, गाेटेमालाबाट कवि मिगुएल एन्जेल ओक्सलाजले माया काक्चिकेल भाषा, नाइजेरियाबाट निएरी वाङारिँले गिँकुँयुँ भाषा र केन्याबाट काेला टुबाेसुनले याेरुबा भाषाकाे साहित्यिक गतिविधिवारे बाेल्नु हुने छ । काेरियाकै दुइ आदिवासी भाषा जेजु र हङग्येओङका वारेमा भने कवि काङ डुक ह्वान र साेङ सि येओनले बाेल्नु हुने छ । विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र समेत प्रस्तुत रहने छ । याे कार्यक्रम संयुक्त राष्ट्र संघले घाेषणा गरेकाे विश्व आदिवासी भाषा दशकलाइ सहयाेगी हुने गरी प्रारम्भ भएकाे छ ।

कार्यक्रमकाे युट्युब लाइभ स्ट्रिमिङ लिंक
Day 1: https://youtu.be/8Qe1ww0jlvk (November 25 / 10:00 KST)
Day 2: https://youtu.be/1R4S7RIiZTA (November 26 / 11:00 KST)

कविहरुः
알레한드라 사실 산체스 찬 (시인)
Alejandra Sasil Sánchez Chan (Poet)
마야딴어(Maayat’aan)로 문학하기
Indigenous Literature Activities #1. Maayat’aan
미겔 안헬 옥슬라흐 쿠메스 (시인)
Miguel Angel Oxlaj Cúmez (Poet)
마야 카치켈어(Maya Kaqchikel)로 문학하기
Indigenous Literature Activities #2. Maya Kaqchikel
발표 3 쇼바 수누와르 (시인)
Shobha Sunuwar (Poet)
수누와르어(Sunuwar)로 문학하기
Indigenous Literature Activities #3. Sunuwar
응제리 왕가리 (시인)
Njeri Wangarĩ (Poet)
기쿠유어(Gĩkũyũ)로 문학하기
Indigenous Literature Activities #4. Gĩkũyũ
콜라 투보순 (시인)
Kọ́lá Túbọ̀sún (Poet)
요루바어(Yorùbá)로 문학하기
Indigenous Literature Activities #5. Yorùbá
강덕환 (시인)
Kang Duk Hwan (Poet)
제주어로 문학하기 – 우화 외 9편
Indigenous Literature Activities #6. Jeju language
송시연 (시인)
Song Si Yeon (Poet)
함경도어로 문학하기 – 마선 외 9편
Indigenous Literature Activities #7. Hamgyeong language

मुन्दुम ट्रेलकाे गन्तव्यद्वारकाे साल्पा स्तम्भ उद्घाटन

-रमेश राइ ।
मुन्दुम ट्रेल को प्रवर्धनमा निरन्तर लागि पर्नु हुने नेपालको 77 जिल्ला साइकल मार्फत् भ्रमण गरिसक्नु भएको तेज प्रसाद पराजुली ( एभरेष्ट बाबु) ले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेल गाउँदेखि ट्रेकिङ र साइकल मार्फत् हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गर्दै सिलिचुङ टपसम्म साइकल पुर्याएर मुन्दुम ट्रेल लाई प्रवर्द्धन गर्न सफलता प्राप्त गर्नुभएकाे भलिपल्ट अर्थातर 2078 मंसिर ३ गते मुन्दुम ट्रेलको मुख्य गन्तब्य साल्पा पोखरी नजिक साल्पासिलिछो गाउँपालिका द्वारा स्वीकृत DPR गुरुयोजना मुताबिक साल्पा कल्याणकारी कोषको लगानीमा ” साल्पा स्तम्भ” विधिवत् रूपमा साल्पा विकाश बैंकको अध्यक्ष टंक राई ज्यूबाट उत्घाटन सम्पन्न भयो।
उक्त कार्यको प्रराम्भीक चरणदेखि निर्माण चरणको अन्तिमसम्म मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको अध्यक्ष रमेश राईबाट सम्पूर्ण संयोजन गर्नुभएको थियो। साथै उत्घाटन समारोहको कार्यक्रम उहाँले सञ्चालन गर्नुभएको थियो। साल्पा स्तम्भको डिजाइन तथा स्थलगत निर्माणमा प्राज्ञ नारदमनी हार्तम्छाली ज्यूले गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व निर्माण समितिका अध्यक्ष मछिन्द्र राई ज्यूले गर्नुभएको थियो भने कार्यक्रमलाई साल्पासिलिछो गाउँपालिका वडा नं ५ का अध्यक्ष शिवकुमार राई ज्यूले साल्पा सिलिचुङ प्रवर्द्धन तथा विकाश समितिका अध्यक्ष श्रीकुमार राई ज्यूले सम्बोधन गर्नुभएको थियो।
तस्वीर : रमेश राइ ।

स्मृति चौतारोमा पनि युवायुवातिकाे आकर्षण

सोम सुनुवार, इलाम।
अचेल धेरै युवा युवतिको रोजाईमा पर्ने गरेको छ यो बिश्राम स्थल । बसेर गफ गर्न, सेल्फी खिच्न, चियाबारी र प्राबिधिक शिक्षालयको पृष्ठभूमीसहित निस्किने गरी तश्बीर खिच्न ।
स्थानीय त आउने नै भए। मेचीमार्ग भएर यात्रा गर्ने उत्साही र थकित यात्रुसमेत फराकिलो रमिते गोलाईमा बाइक/गाडी उभ्याएर उक्लिन्छन् सजिलो र आकर्षक सेल्फी चौतारोमा। इलाम नगरपालीका-१, साखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटदेखि केही तल छ यो चौतारो।
स्वर्गीय जतनमाया लुहुन राईको स्मृतिमा श्रीमान-गिरीबहादुर राई, छोराहरु-रमेश, प्रकाश, दिनेश, सन्तोष र बुहारीहरुले सो चौतारीको निर्माण गर्दिनु भएको हो। जतनमायाले बिस २०७७ साल साउन २२ गते यस धरतीबाट सदाका लागि छुट्टी लिनु भएको थियो। त्यहाँ चौतारो बनाई छ महिनापछि अर्थात २०७७ सालको माघ २२ गते शुक्रबारको दिन उदघाटन गरिएको हो।
“बिश्राम स्थल” नाम दिइएको सो सेल्फी चौतारोको उद्घाटन स्वर्गीय राईको मृत आत्माको शान्तिको कामना गर्दै गरिएको थियो। उहिले ढुङ्गे चौतारो बनाइथ्यो। काठको फलैचा थापिन्थ्यो। पैदल यात्रु र भरीयाका लागि खुब राहत मिल्थ्यो। तर पछिल्लो दुई/तीन दशकयता भने त्यस्ता चौतारा-फलैचाको महत्व उति रहेन।
यस्तो अवश्थामा पिल्लर, स्ल्याभमाथि ट्रष्ट, रेल्लिङ्ग अनि ओतकालागि छानोसमेत हालेर बनाइएको शुलभ चौतारी साच्चिकै आतर्षणाको केन्द्र बनेको छ। मेची मार्गको छेवैमा अवस्थित सो स्मृति चौतारीमा तपाईं पनि एकछिन निस्किने हो कि?
तश्बीर : लेखक आफैं

पहिलाे युद्ध साहित्य पुरस्कार पाउनुहुने केदार संकेतलाइ

यात्रा स्पर्शका अभियान्ता केदार संकेत सुनुवारकाे अफगानी रणमैदानले यस वर्षकाे युद्ध साहित्य पुरस्कार २०७८ प्रदान गरिने भएकाे छ । प्रत्येक दुइ वर्षमा वितरण गरिने गरी स्थापित युद्ध साहित्य पुरस्कार काेषकाे ५० हजार राशीकाे पहिलाे पुरस्कार अफगानी रणमैदान उपन्यासलाइ २०२२ मा एक भव्य समाराेह आयाेजना गरी प्रदान गरिने छ ।
संकेतकाे सैनिक पेशामा आबद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरु अफगानी रणमैदानमा समेटिएकाे छन् । उहाँका ‘आफै जलेको देश’ र ‘संकेतका कविताहरू’ (कवितासंग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), पैयुँका फूलहरू (हाइकु संग्रह), ‘अफिम फुल्ने देशमा’ (खण्डकाव्य), ‘ताँ गो तेकेरे नुङ’ (कोइँच–सुनुवार मातृभाषाको कवितासंग्रह) र ‘बुद्धल्यान्ड टु स्विजरल्यान्ड’ (नियात्रा) प्रकाशित छन् ।

नजिकको देउता हेला : नोब्लाले झस्कायो ।

–कोइँचबु काःतिच
जब हामी (सुनुवार सेवा समाज सचिवालय समूह) कोइँच किपटीय मुखिया तथा पुर्व प्रधानपञ्च चन्द्रबहादुर सुनुवारको प्रस्तर सालिक अनवरनको लागि रामेछापको लिखुतामाकोशी १ सा्ब्ला कुपिन्डे पुगियो अनयसै फर्किँदा नोब्रा लेक हुँदै फर्किने सल्लाह भयो ।

कार्तिक ३० गते । जगमनेडाँडामा मुखिया चन्द्रबहादुरको सालिक अनुवरण बजार बसेको थियो । उहिले एकराते बजारको सम्झना गराउँथ्यो । सबै सहभागीहरु नाचगानमा स्वःस्फुर्त सहभागी थिए । तस्वीरमा भेटी चढीरहेकै थियो । अझै पनि मुखियाप्रति आस्था घटेको थिएन । वास्तवमा कोइँचको मुखिया अन्य मुखिया जस्ता शोसकी मुखिया थिएनन् । धेरैको सोँचाइ हुन्छ मुखिया भनेको रैती मारा हुन्छन् । तर वास्तममा मुखिया शब्दमा घोत्लिनु अलिकति न्याय हुन्छ होला । मुखिया चार किसिमको पाइन्छ १. थर मुखिया : तराइको विन, कुमाल, मगर (सुनेको) को थर मुखिया हुन्छ । २. मालअड्डा अर्थात् सरकार अफिसको मुखिया : सरकारी काम गर्ने मालअड्डामा मुखिया पद हुनेगर्छ अहिले यो पद खारेज भइसक्यो । ३. ठेकेदार वा छपेली मुखिया : अहिलेको पार्किङ शुल्क उठाउने वा बालुवा खनी निकाल्ने ठेकेदार जस्तै जग्गाको तिरो (कर) उठाउने छपेली मुखिया । यी मुखियाहरुमा जनताप्रति कुनै उत्तरदायित्व हुँदैन । काेइँच किपटमा आएर मुखिया बनेका अन्य जातिकाे मुखिया वा अन्य ठाउँका मुखिया । ४. किपटीय मुखिया : परापूर्वकालदेखि जंगल खोरिया फाँडेर मानिस बस्न लायक बनाउने आदिवासी पहिलो बासिन्दाको सुरक्षा र व्यवस्थापन गर्न समुहले चुनेको चक्रीय प्रणाली अनुसार नीति नियाम कार्यान्वयन गराउने किपटीय मुखिया । यस्ता मुखियाले नराम्राे जनता मारा काम गरे दाजुभाइ मिलेर मुखिया खाेसेर अरुलाइ सुम्पिने परम्परा छ । काेइँच किपटीय मुखिया निरंकुश र हैकमी बन्न पाउँदैनन् । उनीहरु माथि संस्कृति निरन्तरताकाे दायित्व पनि थपिएकाे हुन्छ । त्यसकाे अवशेष अझै प्लेत्तिमा शाँदार गर्दा गुठेर राँगा  बस्नेतले बाँधी दिने चलन छ । चन्द्रबहादुर तीनै किपटीय मुखिया थिए । यसैले उनीमाथि गाउँलेको सम्मान देखिन्थ्यो ।

चिसो सिरेटो चल्दै थियो । जम्मा भए गाउँले दाजुभाइ नाचीरहेका थिए । सुनुवार सेवा समाजका उपाध्यक्ष र महासचिव कार्यक्रमबाट नोब्रा हुँदै फर्पु घरतिर लाग्नुभयो । त्यसरी उहाँहरुको आगमन र प्रस्थान २६ सय मिटर अग्लो नोब्राबाट भएपछि हामी (रणवीर सुनुवार, शोभा सुनुवार र मेरो) पनि त्यही बाटो समाउने कि भन्ने कुरा भयो । तर हामीसँग मोटरसाइकालको साथसाथै स्कुटर थियो । कच्ची भर्खरै खनेको लेकको बाटो । त्यसमाथि कोही मानिस नहिड्ने जंगलको ठाउँ । तर हामीलाई कोइँच किपटको दृश्यपान गर्नुथियो । उपाध्यक्ष अमृतले मंसिर १ गते विहानै अध्यक्षलाइ खबर गर्नुभयो “बाटो एकदम सही छ । एकघण्टामा फर्पु आइपुगिन्छ । मोटरसालकलमा चाहिँ एक दुइ ठाउँ कुपिण्डेबाट उकालो आउँदा नोब्रा निस्किनुभन्दा तल ओर्लिनुपर्छ तर स्कुटर चाहिँ के हुन्छ मलाइ अलिकति भेउ भएन ।” त्यसपछि हामीलाई जोश आयो । एकदुइ ठाउँ मात्रै हो भने बोकेर पनि स्कुटर कटाउँछौं । Read More