All about Sunuwar

इलाममा सुनुवार संस्कृतिलाई पर्यटनसित जोडिँदै

-मिलन मुखिया
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सिमान्तकृत वर्गका किरात सुनुवार समुदायको धार्मिक, भाषिक, साँस्कृतिक पक्षलाई पर्यटन व्यवसायसित जोडेर लैजानुपर्ने बताउनु भएको छ । इलाम नगरपालिका, वडानम्बर ३, पुवामझुवाको चैतेस्थित सुनुवारहरुको धार्मिकस्थल “ष्याँदर ग्योर” परिसरमा निर्मित “कोइँच मुल्केम खिँ” (सुनुवार साँस्कृतिक संग्रहालय भवन) को उद्घाटन गर्दै आइतबार सो वताउनु भएको हो । कार्यक्रमको उद्घाटन समारोहमा उपमेयर सुशीला नेम्बाङसमेत उपस्थित हुनुहुन्थ्यो । दुई तले संग्रहालय भवन नगरको २१ लाख २५ हजार रुपैंया र बाँकी स्थानीयको योगदानगरी कूल २५ लाख रुपैयाँमा निर्माण भएको जानकारी दिइएको छ । चैतेमा अवस्थित सुनुवार समुदाय पाटेनागी पर्यापर्यटन क्षेत्र अन्तर्गत प्रबेशद्धारको रुपमा रहेको छ । सुनुवारहरुको आफ्नै भाषा, लिपी, धर्म, संस्कृति, रीति र परंपरा भएकाले सोको विकास र प्रबद्र्धन गर्दै पाटेनागी पर्यटनसंगै जोड्न चाहेको मेयर बस्नेतको भनाई छ ।“यो सुरुवात मात्र हो ।” मेयर बस्नेतले अगाडि भन्नु भयो,“ हामी यस समुदायको साँस्कृतिक विकासमा थप कामहरु गर्दै जानेछौं ।” त्यसै गरी आइतबार नै मेयर बस्नेत र उपमेयर नेम्बाङले वडानम्बर ३, पुवामझुवास्थित वीणापाणी मावि परिसरमा निर्मित नयाँ दुई तले चार कोठे विद्यालय भवनको पनि उद्घाटन गर्नुभएको छ भने अध्यक्षता वडाअध्यक्ष तिर्थ गुरुङ्गले गर्नुभएको थियो। सो भवन सहित वडानम्बर १ को जनता आधारभूत विद्यालय र वडानम्बर ९ को भगवती माध्यमिक विद्यालयमा एकै खालको भवन जम्मा ९४ लाख ४१ ह्जार, आठसय १८ रुपैंयामा बुद्धिष्ट निर्माण सेवाले ठेक्का पारी निमार्ण सम्पन्न गरिएको हो । यसअघि वडाकै जल्केनीस्थित सानो पुवा खोलामा निर्मित मोटरेबल पुलमा तरेर उद्घाटनसमेत गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कालीबहादुर भुजेल, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख प्रेम गौतम, इन्जिनिय दिपक प्रसाद गुरागाँई, कार्यपालिका सदस्य पृथसिंह सुनुवार, सुनुवार सेवा समाजका प्रतिनीधि, पाटेनागी पर्यटन समिति समिति प्रतिनिधी, नगर पर्यटन प्रबद्र्धन समिति प्रतिनिधी, बिद्यालय प्रतिनीधि, वडा प्रतिनीधि लगायतको उपस्थिती थियो । इलाम नगरपालिकाले वडामा गरेका थुप्रै काममध्ये यी दुई पनि मुख्य काम भएको स्थानीयको भनाई छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *