All about Sunuwar

Archives

now browsing by author

 

हार्दिक अपिल !

दोलखा जिल्ला हावा गाउँ विकास समिति वडा नं. ७ निवासी आशा सुनुवार सिकिस्त बिरामी भइ नोबेल अस्पताल सिनामंगलमा उपचार गराइरहेकोले अत्याधिक रक्तस्राव भएको कारण B+ रगतको आवश्यकता भएकोले B+ (बी पोजिटिभ) रगत हुने सुनुवार दाजुभाइ दिदीबहिनीहरुबाट कृपया सहयोग गर्नुहुन निम्ति विनम्र अनुरोध छ ।
सम्पर्क: भरतबहादुर सुनवार, 9807626444

वल्लो किरात स्वायत्त प्रदेशको लागि तात्तिन लाग कोइँचहरु

सुनुवार डट ओआरजि समाचारदाता ।
३० जेठ, नयाँ बानेश्वर । करिब करिब निरास भएका आदिवासी जनजातिहरु आजको धर्ना कार्यक्रमले केही आशाको सञ्चार गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा २०७१ साल जेठ ३० गते शुक्रवार वृहत् रुपमा धर्ना कार्यक्रम सफल भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषद्का अध्यक्ष मनप्रसाद सुनुवारले धर्ना कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै अगामी आन्दोलन सशक्त बनाउन सहयोग पनि अपिल गर्नु भयो ।
५० भन्दा बढी कोइँच सुनुवारहरुको उपस्थिति रहेको महासंघको सदस्य संगठन सुनुवार सेवा समाज जत्तिकै अन्य सदस्य संगठनको सहभागिता न्यून देखिन्थ्यो । तर सुनुवार सेवा समाजको कार्य समिति तथा विभागमा पदासिन हुन जति खिचातानी गरिन्छ त्यत्तिकै कोइँचको मानवाधिकार सुनिस्चित गर्ने आन्दोलनमा सरिक भएको भने देखिएन । सुनुवार सेवा समाजकका सबैलाई फोन तथा मेसेज गरे पनि केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार, प्रथम उपाध्यक्ष रणवीर सुनुवार, महासचिव समीर मुखिया सुनुवार, कोषाध्यक्ष उत्तमकुमार सुनुवार, सदस्य तथा संस्कृति तथा अनुसन्धान प्रमुख अमृत सुनुवार, सदस्य मोहन सुनुवार बाहेक अन्य सदस्यको उपस्थित नभएको गुनासो संस्थाका तर्पmबाट सूचना प्रवाह गर्ने कर्मचारीले बताएका छन् । टंककुमारी सुनुवार, बुद्धिबहादुर सुनुवार बाहेक अन्य सदस्य तथा पदाधिकारी उपत्यका भित्र भए पनि उपस्थिति भएको देखिएन ।
सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अबको आन्दोलन सशक्त बनाउन सबैलाई सहयोग गर्न तथा समाजले आव्हान गरेको आन्दोलनमा सरिक हुन अनुरोध गर्नु भएको छ ।
सुनुवार विद्यार्थी समाजका कोषाध्यक्ष छविराज सुनुवारले अब आदिवासी जनजातिको आरक्षणको कोटामा पाउने सुविधाको लागि सुनुवार सेवा समाजले गर्ने सिफारिसमा पहिचान विरोधीहरुलाई सिफारिस नगर्न तथा सुनुवार सेवा समाजको सिफारिस वेगर कतै पनि आदिवासी जनजातिको कोटामा सुविधा उपाभोग गरिएको भेटिए रद्द गर्नु पर्ने विचार पनि राख्नु भयो ।
हुन पनि समाज अन्य कोइँचले आन्दोलनको सहयोग गर्न आव्हान विभिन्न सञ्चार माध्यममा नकरात्मक टिप्पणी गर्नेहरुका अभिलेख राखी सामाजिक बहिस्कार तथा आदिवासी जनजातिको सिफारिसमा कढाइ गर्न जिल्ला तथा गाउँ समितिहरुलाई निर्देशन दिन आन्दोलनकर्मीहरुले सुनुवार सेवा समाजलाई माग गरेका छन् ।
आन्दोलनमा सहभागी कोइँचहरु
मनप्रसाद सुनुवार, रणवीर सुनुवार, समीर मुखिया सुनुवार, उत्तमकुमार सुनुवार, अमृत सुनुवार, मोहनकुमार सुनुवार, गोपाल सुनुुवार, आशिस सुनुवार, शोभा सुनुवार, सागर सुनुवार, हेम सुनुवार, सुवास सुनुवार, विवेक सुनुवार, रमिला सुनुवार, मुना सुनुवार, सामुयल सुनुवार, चन्द्रप्रकाश सुनुवार, रमेश सुनुवार, असोक सुनुवार, तिलक सुनुवार, मनबहादुर सुनुवार, छविराज सुनुवार, कृष्ण सुनुवार, कान्छाराम सुनुवार, सरिता सुनुवार, जंगमाया सुनुवार, फत्तमाया सुनुवार, प्रविन सुनुवार, सविता सुनुवार, सूर्यप्रकाश सुनुवार आदि …

वृहत धर्ना कार्यक्रममा सहभागी बनौं !!

आदिवासी जनजातिको आह्वान !
पहिचान सहितको संघीय संविधान !!

यही २०७१ जेष्ठ ३ गते शुक्रबार १ बजे
संविधान सभा भवन बानेश्वर जाऔं !
वृहत धर्ना कार्यक्रममा सहभागी बनौं !!

१.   संवैधानिक व्यवस्थाअनुसार मन्त्री परिषद्को मनोनयन गर्ने २६ सिटमा संविधानसभामा छुटेका आदिवासी जनजाति समुदायबाट तुरुन्त मनोनयन गर ।
२.  राज्य पुःसंरचना आयोग र राज्यशक्ति बाँडफाँड समितिले सिफारिस गरे अनुसारको राज्यको पुःनसंरचना गर ।
३.  आदिवासी जनजातिको अधिकारसम्बन्धी आइएलओ १६९ तुरुन्त कार्यान्वयन गर ।
४.  आदिवासी जनजाति जिन्दावाद ।
५.  हाम्रो आन्दोलन जारी छ ।

सुनुवार सेवा समाज
केन्द्रीय समिति

नेपाल आदिवासी जनजाति महासंघ

संघीय परिष द्सचिवालय

सुख, समृद्धि तथा शान्तिको कामना गर्दै शाँदार पिदारको शुभारम्भ

कोइँचबु काःतिच

बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातिय मुलुक नेपालका आदिवासी जनजाति किरात कोइँचहरुले सुुख, समृद्धि तथा शान्तिको कामना गर्दै किरातीहरुको महान चाड शाँदार पिदारको शुभारम्भ गरेका छन् । के बालक, के युवा, के वृद्ध सबै शाँदार पिदार गर्न उत्साहित र अल्हादित देखिन्थे आप्mनो महान चाड मनाउन पाउँदा । कुनै समय लिखु, खिम्ती नदी वरपरका भूभागमा मात्र मनाइने यो आदिवासी चाड अहिले विश्वव्यापी बनेको छ । हङकङदेखि बेलायतसम्म यस चाडको रौनक समानरुपमा चढेको छ । शाँदार पिदारको उपलक्ष्यमा कोइँच पुख्र्यौली भूमिमा मात्र होइन कोइँच बसोबास गरेको अन्य भूमिमा पनि विभिन्न कार्यक्रम गरिएको थियो । यस बर्ष पनि पाँचथर, इलाम, झापा, सर्लाही, सिन्धुली, ललितपुर, दोलखा, रामेछाप, सोलु, ओखलढुंगामा भव्यरुपमा शाँदार पिदार गरिएको छ । सुनुवार सेवा समाजका महासचिव समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजिका पाम सुनुवार र सुनुवार सेवा समाज ललितपुरको सामुहिक नेतृत्वमा ललितपुर, हात्तिवनको शाँदार ग्योरमा पिदार गर्दै घर घर सुरो चोअतेक कार्यक्रम जारी राखिएको छ पुख्र्यौली भूमिमा जस्तै । अन्य स्थानमा भने सरकारले दिएको विदाको उपयोग गर्दै एक दिन शाँदार ग्योरमा पूजा आराधना गरी शाँदार पिदार मनाइएको छ । पाँचथर, इलाम, सर्लाहीमा भने शाँदार पिदार गर्नको साथै अन्य कार्यक्रम पनि गरियो । सुनुवार सेवा समाजका कोषाध्यक्ष उत्तमकुमार सुनुवारबाट सुनुवार सेवा समाज, जिल्ला समिति, पाँचथरको भवन उद्घाटन गरियो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यमा सुनुवार सेवा समाज पुवा मझुवा इलाममा विभिन्न खेलकुद प्रतियोगिता तथा नृत्य प्रस्तुत् गर्नको साथै कोइँच संस्कार र संस्कृतिको संरक्षण तथा विकासका उपय र सुधार वारे अन्तरक्रिय समेत गरियो । सर्लाहीमा जिल्लाको विभिन्न आदिवासी जनजातिहरुको समुपस्थितिमा साँस्कृतिक कार्यक्रम प्रस्तुत् गरियो । किरातीहरुको प्रतिनिधिमूलक संस्था किरात सामन्वय समितिको विशेष पहलमा नेपाल सरकारले २०५८ साल देखि किरात चाड मनाउनेहरुका लागि मंसिरे पूर्णिमालाई विदा घोषणा गरेपछि देश विदेशमा किरात चाडको विस्तार भएको हो ।

काँकडभित्ताका सुनुवारहरु संस्कारका लागि जागे

imageओआरजी सम्वाददाता ।
काँकडभित्ता, झापा, बैशाख २८ । सुनुवार सेवा समाज काँकडभित्ता नगर समितिद्वारा शाँदारसिल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रशिक्षण कार्यक्रम बैशाख २२–२६ गतेसम्म भव्य रुपमा सम्पन्न भएको थियो ।
सुनुवारहरुको मौलिक संस्कृति जगेर्ना गर्नका लागि काँकडभित्ताका सुनुवारहरुको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा सुनुवारहरुको प्रगतिका लागि भाषा, संस्कृतिको विकासमा कसरी जोड दिने भन्ने कुरामा वृहत छलफल भएको थियो । छलफल कार्यक्रममा जिल्ला समितिसँग समन्वय गरेर केन्द्रीय समितिसँग संस्कृति संस्कार जगेर्नाका लागि अगाडि बढ्ने कुरा नगर समितिका सचिव तीर्थ सुनुवारले बताए ।
सुनुवारहरुको संस्कार र संस्कृति कसरी जगेर्ना गर्न सकिन्छ भनेर नगर समितिका पदाधिकारीहरुबीच वृहत छलफल भएपछि प्रशिक्षक झिकाएर प्रशिक्षण दिने निधो गरेको र यसलाई आगामी दिनमा निरन्तर दिने कुरा नगर समितिका संयोजक गोपाल सुनुवारले बताए । साँच्चै संस्कृतिको जगेर्ना गर्ने जाँगर सुनुवारहरुमा भए आफ्नो भेषभूषा र संस्कारलाई जोगाउनुपर्ने अति जरुरी रहेको र यसैले नै सबै सुनुवारहरुलाई एउटै घेरामा बाँधेर अगाडि बढेको खण्डमा विकास हुने कुरा प्रशिक्षक तथा सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कोषाध्यक्ष श्याम सुनुवारले बताए ।
कार्यक्रममा काँकडभित्ता नगर समितिका सुनुवारहरुको वृहत उपस्थिति रहेको र आगामी शाँदारपिदारमा शनिश्चरेस्थित हुने शाँदारपिदारमा भव्य रुपमा उपस्थिति जनाउने कुरा नगर समितिका अध्यक्षले बताए । कार्यक्रमको संयोजन गोपाल सुनुवारले गरेका थिए भने प्रमुख प्रशिक्षक सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कोषाध्यक्ष श्री श्याम सुनुवारको आतिथ्यमा सम्पन्न भएको थियो ।

सुनुवार सेवा समाजको रजत वर्ष कार्यक्रम समापन

25th-celebrationसुनुवार डट ओआरजि समाचारदाता
२५ वैशाख, कोटेश्वर । पहिचान र समानताको लागि प्रतिवद्धता नारा सहित सुनुवार सेवा समाज रजत वर्ष समापन भएको छ । यस अवसरमा सुनुवार सेवा समाजका संस्थापक, सुनुवार सेवा समाजलाई योगदान पुराउनु हुने महानुभावहरु कल्याण कुमार कार्की, डा. दोर्ते ब्लोचर्स, डा.लाल रापचा, चम्पक सुनुवार लगायत व्यक्तिहरुलाई सम्मान गरियो । साथै किरण मुखिया, बुद्धिबहादुर सुनुवार, जंगबहादुर सुनुवार युके लगायत सुनुवार समाज हङकङ, किरात सुनुवार सेवा समाज युके, सुनुवार सेवा समाज कतारलाई कोइँच पहिचानको वारेमा अमुल्य योगदान दिनु भएको हुँदा सम्मान गरियो ।
यसै अवसरमा जुरिच युनिभर्सिटीका एसोसियत प्रोफेसर डा. वर्नर एग्लीलाई मानर्थ सदस्यबाट सम्मान गरियो ।
साथै सुनुवार सेवा समाजको वार्षिक साधारण सभा पनि १३ जिल्लाको प्रतिनिधिको समुपस्थितिमा सम्पन्न गरियो ।

सूचना ! सूचना !! सूचना !!!

सुनुवार सेवा समाजको २५औं वर्ष (रजत महोत्सव) को समापन समारोह यही २०७१ बैशाख २५ गते बिहीबार १२ः३० बजे केन्द्रीय भवन कोटेश्वरमा सम्पन्न हुन गइरहेको हुनाले सम्पूर्ण सुनुवार दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछ ।

सुनुवार सेवा समाज
केन्द्रीय समिति