All about Sunuwar

Archives

now browsing by author

 

सिङ्गापुर पुलिस फोर्सबाट रेडियो लिखुलाई सहयोग

radioचुप्लु दाम्लोच ।
२९ कार्तिक, काठमाडौं । पहिचान र विकासको लागि सञ्चार आदिवासी जनजाति रेडियो ः रेडियो लिखुलाई सिङ्गपुर पुलिस फोर्समा कार्यरत कोइँचहरुले आर्थिक सहयोग गर्नु भएको छ । आज सुनुवार सेवा समाजको भवनमा सिङ्गपुर पुलिस फोर्सका इनिस्पेक्टर टिकाराम जेस्पुज सुनुवारले सुनुवार सेवा समाजका अध्यक्षलाई सो सहयोग रकम हस्तारन्तरण गर्नु भएको छ । यो रकम रेडियो लिखुको स्थायी स्टुडियो भवन बनाउन खर्च गरिने रेडियो लिखुले जनाएको छ । यसभन्दा अगाडि बेलायतमा रहनु भएका कोइँच, हङकङमा रहेका स्वेच्छ वचत समूहका कोइच र ब्रुनाइमा कार्यरत कोइँचहरुले सहयोग गर्नु भएको थियो । हामीलाई कोरिया, मलेसिया, कतारमा रहनु भएका कोइँचहरुले पनि रेडियो लिखुको स्तरोन्नतिको लागि सहयोग गर्ने बचन दिनु भएको छ । विश्वभरी छरिएर रहेका पवित्र कोइँच मनहरुको सहयोग रहेमा रेडियो लिखुले विस्तारै अनलाइन मार्फत विश्वव्यापी आफ्नो सेवा विस्तार गर्ने छ, रेडियो लिखुका प्रबन्ध निर्देशकले बताउनु भयो ।

 

विस्तृत सहयोगदाताको नामसहितको विवरण

 

rakam

दुइ वर्षा नै लाभांश वितरण : सुनुवार सहकारी

sahakariसुनुवार डट ओआरजी समाचारदाता ।
२९ कार्तिक, काठमाडौं । हाम्रो लक्ष्य यहाँहरुकेा सुनौलो भविश्य मूल नारासहित कोइँचहरुले पहिलो पटक सामुहिक आर्थिक कारोवार गर्नको लागि स्थापित सुनुवार समाज ऋण तथा वचत सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्न सफल भएको छ । आज दोश्रो वाषिर्क साधारण सभामा र्सार्वजानिक गरेको लेखा परिक्षण प्रतिवेदनानुसार यस वर्षचार लाख तीन हजार आठ सय अन्ठानब्बे रुपैया त्रिचालीस पैसा आम्दानी गरेको छ । अकुपाई कोइँच ल्याण्ड सोँचसहित सुनुवार सेवा समाज आठौं सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले कोइँचहरुमा छरिएर रहेको अर्थलाई एकै ठाउँमा जम्मा गरी कोइँच युवायुवतीहरुलाई रोजगारी दिने ठूला व्यवसाय स्थापना गर्ने साथै सो व्यवसायको प्रचार प्रसार तथा आदिवासी जनजातिको भाषा, धर्म, कला संस्कृतिको संरक्षण गर्न पहिचान र विकासको लागि सञ्चार आदिवासी जनजाति रेडियो लिखु ९१.३ मेघाहर्ज स्थापना गर्ने अभियान अगाडि सारको थियो ।
सुनुवार समाज सहकारीको सदस्य हुन सुनुवार सेवा समाजको सदस्य हुन अनिवार्य छ । शुरुमा ३६ जना सुनुवार सेवा समाजका सदस्यहरु मिलेर स्थापित सहकारी संस्थाको हालको सदस्य ११२ जना पुगेको छ भने ४ जना कर्मचारीलाई रोजगारी दिएको छ ।
आसार मसान्तसम्मको शेयर पूँजी बीस लाख बयासी हजार पाँच सय छ भने संस्थाको विभिन्न कोषमा तीन लाग तेइस हजार एक सय अठार रुपैंया चौहत्तर पैसा छुटाइएको छ । त्यसै गरी उनन्तीस लाख सतासी हजार नौ सय सतचालीस रुपैया चैसट्ठी पैसा सदस्यहरुलाई ऋण लगानी भएको छ । नेपाल सरकारलाई असी हजार सात सय उनन्तीस रुपैया उनन्सत्तरी पैसा कर दाखिला गरेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले अगामी दिनमा कोइँच जेहेन्दार विद्यार्थी हौसला नगद पुरस्कार, जेष्ठ नागरिक सदस्य सम्मान, उत्कृष्ट तथा असल ऋणी पुरस्कार प्रदान गर्ने योजना अगाडि प्रस्तुत गरेको छ ।
यस वर्षजम्मा त्रिचालीस लाख तेत्तीस हजार चार सय एक रुपैयाँ अठार पैसाको कारोवार भएको छ ।
अध्यक्ष विश्वकिरण सुनुवारले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ, सुनुवार कोइँच समुदाय आर्फैमा अल्पसंख्यक पिछडीएको वर्गमा पर्ने समुदाय हो । यसैले राज्यको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक एवं व्यवसायिक जस्ता कुनै पनि क्षेत्रमा सुनुवार जातिको पहुँच नपुगेकै कारण राज्यबाट उपलब्ध हुने कुनै पनि कार्यक्रमबाट सोझा, सिधा कोइँचहरु सधैं वञ्चित हुनु परेको पाइनछ । यसैले अबको समय भनेको कोइँच समुदायमा पनि हर क्षेत्रमा समूहगत रुपमा सहकार्य गर्दै आफ्नु समुदायको प्रगति एवं उन्नतिको पथमा लम्कनु आम सुनुवार शेयर सदस्यहरुको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सहकारी नियम परिधी भित्र रहेर आफ्नो आर्थिक कारोवार सुरु गरेको यो सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो दोस्रो साधारण सभा यहाँहरु माझ भव्यताका साथ मनाउने शुभ अवसर प्राप्त गरेको छ ।

र थाँति ब ताँति : ओखलढुङ्गाका राजनीतिकर्मीहरुको भेला

सुनुवार डट ओआरजि
महेश कोर्मोचाको आयोजनामा आज धुम्वराही सूर्य क्याटरिङमा विकासको लागि भेला भएका छन् । यो छलफल कार्यक्रम जिल्लाका सरकारी कार्यालय प्रमुखसँग बसेर जिल्लामा पनि आयोजना गर्ने जनकारी राम कार्कीले बताउनु भयो । सो कार्याक्रममा सभासद् यज्ञराज सुनुवारले रातो कितावमा कुन कुन विकास योजना परेको छ पढेर सुनाउनु भएको थियो भने सभासद् रामहरी खतिवडाले पार्टी र जाति भन्दा माथि उठेर ओखलढुंगाको विकासको लागि मरिमेट्ने बताउनु भयो । ओखलढुङ्गाको चारै जना सभासद् र जिल्ला विकास समितिको पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।

लाज लाग्ने, अचम्म लाग्ने ,जान्नै पर्ने अनि भन्नै पर्ने कुरा

– जीवन सुनुवार किरात

कोइंच (सुनुवार) हरुले अरु समुदायको धर्म-सस्कार
चाडपर्ब ,सस्कृतिलाई त धुमधामले अनि हर्षपूर्ण
तरिकाले मान्ने गर्दछन l मानिस सामाजिक
प्राणी भएकोले सबै संग सास्कृतिक सहिष्णुता राख्नु
राम्रो उदाहरण हो यो सुनुवार समुदायको l
उदाहरणको लागि परदेश गएका सुनुवारहरु दशैँ मान्नलाई
आफ्नो गाउठाउँ/ स्वदेश फर्किने गर्दछन महिनौ दिन
देखि बिदा मिलाएर l यो एउटा उदाहरण मात्र
हो दशैंको l तर लाज लाग्ने कुरा के भने सुनुवार जातिले
आफ्नो मौलिक धर्म-सस्कार चाडपर्ब, सस्कृतिलाई कहिलै
धुमधाम तरिकाले मनाउने गरिएको पाइएन
केहि सुनुवारहरु र सिमित ठाउँहरुमा बाहेक l हुन त
नजिकको तिर्थ हेला भन्ने उखान तेसै बनेको होइन होला l
अचम्म लाग्ने कुरा कति सुनुवारहरुलाई आफ्नो मौलिक
धर्म-सस्कार चाडपर्ब ,सस्कृति के के हुन् भनेर थाहा नै छैन
l यो स्वयम् उनीहरुको दोष भने हैन किनभने एक त अग्रज
पुर्खाहरुले नया सन्ततिलाई आफ्नो सस्कार हस्तान्तरण
गरेनन भने ,कति सुनुवारहरु आफ्नो मौलिक किपट भूमिबाट
बसाई सरेर अन्यत्र जादा आफ्नो धर्म-सस्कार, सस्कृति नै
लोप भएको देखिन्छ र कतिले जानेर पनि बुझ पचाएर
जानीजानी बिर्सेकाछन् l तर जान्ने पर्ने कुरा के भने
अहिले नेपालका हरेक जातजातिको आफ्नो मौलिक
चाडपर्बलाई नेपाल सरकारले राष्ट्रिय
चाडको रुपमा मान्यता प्रदान गरेको छ र सो दिन
नेपालभर सार्बजनिक बिदा हुने गर्दछ l राष्ट्रिय
चाडको रुपमा मान्यता पाएको हामी सुनुवारहरुको चाड
कैले पर्छ भनेर सोधने गर्दछन अहिले पनि कतिपय
सुनुवारहरुले l राष्ट्रिय चाड भने पछि प्रत्येक
क्यालेण्डरमा लेखेको हुन्छ कुन महिनामा कुन चाडपर्ब
पर्छ भनेर l अनि भन्नै पर्ने कुरा दशैं, तिहार, रामनवमी,
कृष्णजन्माशठामी, होलि, चैते दशैं ,क्रिशमस, बुद्धजयन्ती,
छठ, लोछार ,शिवरात्रि जनैपूर्णिमा, तीज
आदि चाडपर्बहरुको सुनुवारहरुले राम्रै ख्याल
राखी धुमधाम मनाउने गर्दछन तर आफ्नो मौलिक महान
चाड सालिवा श्यादर (उभौली), रापवा श्यादर
(उधौली) लगायतक अन्य चाडपर्बलाई कुनै ख्याल गर्दैनन्
त कतिले हेयको दृष्टिकोनले हेर्ने गर्दछन l अब हेर्नु यो छ
कि जहाँ-जहाँ उधौली मनाउने गरिन्छ त्यहा यो आउदै
गरेको रापवा श्यादर (उधौली) लाई कति सुनुवारहरुले
धुमधाम संग मनाउने चेस्ठा गर्दछन ? कति सुनुवारहरु
आफ्नो मौलिक चाड मनाउनलाई
आफ्नो थातथलोमा फर्कनेछन् ? र कति सुनुवारहरु
परदेशबाट स्वदेश फिर्नेछन ? पराइतिर
पोइला जाने,अर्काको सस्कृतिमा आँखा चिम्लेर सति जाने
प्रकृति नत्यागे सम्म हामी हाम्रा सस्कृतिमा गौरब
गर्न सक्दैनौ ,हामी परपर जाने र परपरकाले
हाम्रामा घर बनाउने क्रम बढ्दै जादा हामि एक दिन
सुकुम्बासिमा परिणत हुनेछौ l आउदै
गरेको किरातीहरुको महान चाड रापवा श्यादर
(सुनुवार), चासोक ताङ्गनाम (लिम्बु) ,चासुवा (याक्खा),
साकेला (राई) को सु-अवसरमा सम्पूर्ण
किरातीहरुमा मेरो शुभ-कामना छ l नम्सेवल /सेउ-
चेरेदुमिन…!


– निक्-अवाक् कोइंच (सुनुवार) ग्रुप -Nik-Awak Koinch (sunuwar) Group

हर्दिक समाबेदना

bhanu bubaस्वा. गडुल बहादुर सुनुवार


जन्मा १९९० स्वर्गारोहण २०७१


सुनुवार सेवा समाज शाखा दोह, कतार प्रमुख सल्लाहाकार भानु सुुनुवारको पिता ज्यु गडुल बहादुर सुनुवारको असामायिक स्वर्गारोहण भएको आज १३औ दिन पुण्य तिथिमा दिवनगत आत्माको चिरशान्तिको कामना गर्दै भाबपूर्ण श्रदाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछु ।

सुनुवार सेवा समाज शाखा
देहा, कतार

हार्दिक श्रद्धाञ्जली

bhanu buba

हाम्रा परम मित्र साहित्यकार भानु सुनुवारका पुजनीय पिता गडुलबहादुर सुनुवार, रामेछाप जिल्ला रामपुर ८ को ८१ वर्षको उमेरमा असामायिक निधन भएको हुँदा उहाँको आत्मको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
चुप्लु समाज, सुनुवार डट ओआरजि परिवार

निषेध (छेकाबार)

-काःतिच

म कलाकार होइन

म लेखक होइन

म पत्रकार होइन

न त म चित्रकार

न म अधिकारकर्मी हुँ

न त समाजसेवी

न काम नलाग्ने डुलुवा ।

तर, म

कलाकारहरुको सल्लाहकार !

लेखकहरुको समालोचक !

पत्रकारहरुको सहकर्मी !

चित्रकारहरुको सहयात्री !

अकिकारकर्मीहरुको टेको !

समाजसेवीहरुको कार्यकर्ता !

घरको लागि काम नलाग्ने डुकुलट्ठक भाँड !

उफ !

मेरो पहिचानमा धर्मसंकट !

रिङ-ने दा !

मेरो पहिचान ढाकेर पलाएका ऐजेरुहरु –

खराने !

उदीम !

माने !

रिट्ठे (तिसुप रिस्से) !

उत्तम !

सेके !

सुनुवार भाई !

कोइँचबु काःतिच !

काले बन्ठा !

डुकुलटठाक भाँड !

अखिरी म के हुँ ?

सोच्छु को हुँ ?

गम्छु कहाँको हुँ पटक-पटक

र, सच्याउन सुझाउँ भन्छु –

“ए हजुर ! मेरो पहिचानमा

पहिरो गएको छ

भल बढी आएको छ

ठूलो अँधीवेहरी चलेको छ

म जे होइन त्यही बनाइएको छु

म जे हुँ, जे छु, जहाँ छु

मलाई राम्ररी था’छ

मेरो खुबी

मेरो हैसियत

मेरो रङ्गरोगन

मेरो चालचलन

मेरो जीवनशैली

मेरो खानपान लवाइखवाई

मेरो पुखाको कथा व्यथा

मेरो पुखाको थाँतथलो …

मैले मेरो बारेमा केही बोलेकै छैन

मैले मेरो बारेमा कसैलाई भनेकै छैन

मैले मेरो बारेमा अरुलाई सुनाउन पाएकै छैन”

खोइ, मलाई बोल्ने, भन्ने, सुनाउने मौका दिएको ?

……………

तिसुप, काःत, चुप्लु -ओखलढुगा)