Archives
now browsing by author
जोतिने क्रम यथावत : यत्ति हो भूमिका मात्र बद्लियो ता पनि मनखुश
-कोइँचबु काःतिच
२०५८ सालमा । औंलामा गन्न सकिन्थ्यो, नेपाल सरकारले फोल, शाँदारलाई राष्ट्रिय चाड घोषणा गर्दा शाँदार पिदार गर्ने र शाँदार सिल नाच्ने कोइँचहरु । पटक पटक लेखियो, दिनको दर्ुइ सय ज्याला दिएर शाँदार नाच्न कोइँच बन्न नसकेका सुनुवार जुटाउनु पथ्र्यो । त्यो पनि मै हुँ भन्ने हुने खाने र कोइँच बन्न नसकेका जागिरे सुनुवारहरु आउँदैनन् थे । तत्कालीन अवस्थामा गलैँचा मजदुर र निर्माण कार्यमा संलग्न कोइँचहरुलाई बटुल्नु पर्दा उनीहरुको दैनिक ज्यालाको मोल तिर्नु पथ्र्यो । कोइँच भेषभूषा त कसैले लगाउँदैन थे । यसो भनौं कोइँच भेषभूषा लगाउन लाज मान्थे पाखे, गवाँर र पिछडिएको मान्छेको दर्जा पाइने डर थियो ।
२०६६, ६७ सम्म नखीपोट, टुँडिखेलमा उभिनु वाध्येता नै थियो म लगायत, लोकप्रिय, अतीत मुखिया र अन्य साथीहरुलाई । कसैले ढोल बजाउन जान्दैन थिए त कसैले ढोल ताल जाने पनि देशवाली पारा निकाल्थे । अरुले कसरी मनोरञ्जन लिन्छ भन्दा पनि यसरी बजाउनु पर्छ भनेर देखाउने घमण्ड हुन्थ्यो र एकलकाँटे बन्ने चलन थियो । हुन त अझै पनि त्यो चलन यदाकदा छ । यसैले सबैले जान्ने सरल ताल र नाच्न मिल्ने ताल सामान्यीकरण गर्न जरुरी थियो । जो रहोसे र रमाइलो गर्न मन गर्थे उनीहरुलाई शाँदार गीत आउँदैन थ्यो । यसैले उनीहरुलाई शाँदारको कोइँच गीत गाउँन पनि आफु युवा पुस्ताहरुको वीचमा उप|mीनु पथ्र्यो । केटीहरु नाच्नु हुँदैन भन्ने हिन्दू धर्मको प्रभाव र चलन गाउँको शाँदारमा छ । यसैले संस्कृति विस्तारको लागि ढोल नबजाइ केटीहरुले कसरी नाच्ने भनेर नाचको चाल सिकाउन पनि आपै+m नाच्नु पथ्र्यो हौसाउन ।
दिखासिखी गर्न र मुलाधारमा छिर्न अनेक उपय रचियो । धेरै पत्रकार साथीहरुलाई शाँदार पिदारमा बोलाएर लेख्न अनुरोध गरियो । कतिपय मिडिया हाउसमा चिनेको नाताले कोइँच बु र शाँदार सम्बन्धि आर्टिकल लिएर धाइयो । शाँदार पिदार आवोस्, आदिवासी दिवास आवोस्, कुनै पनि राष्ट्रिय महोत्सव आवोस् आज सञ्चार माध्यममा कभर वा त एयरपेनल फोटो कोइँचको आउनुका पछाडि चिने जानेका कतिपय आदिवासी जनजाति पत्रकार साथीहरुका भूमिकालाई हामीले बिर्सनु हुँदैन ।
आज परिस्थिति बद्लिएको छ । सबैले प्रश्न गर्छन् – खोइ डे्रस ? कहिल्यै देख्दिन त तपाईँले ड्रेस लगाएको मैले। कहिले कुटनीतिक गाली पनि खानु पर्छ, जो अगुवा उही बाटो हगुवा ?
तर यी गाली, यी प्रश्नले केही हदसम्म खुशी तुल्याउँछ । रिस उठ्दैन । यसो भनौं अब कसैको गाली, व्याङ्ग्याले रिस नउठ्ने भइए छ । Read More
कोइँचहरुको शाँदार पिदार सम्पन्न तर जातीय विभेद यथावत
-कोइँच बु काःतिच
२८ मंसिर, काठमाडौं । सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यमा नाअसो कान्छाराम सुनुवारले साङ पोल्दै उद्घाटित कोइँचहरुको शाँदार पिदार सम्पन्न भएको छ । काथमादौं तुँदीखेल अपभ्रंशरुप काठमाडौं टुँडीखेलमा किराती कोइँच र र्राईहरु मिलेर यस वर्षो रापवा शाँदार पिदार -उँधौली) परम्परागत वाद्यवादन ढोल झयाम्टा बजाएर धुमधामसँग शाँदार पिदार मनाए । कोइँच पहिलो महिला कलाकार सारा तुनिच (दर्ुगा सुनुवार) को टोलीले पहिलो पटक शाँदार पिदारमा फेस पेन्टीङ अभियान चलाएका थिए । प्रायः जसो कोइँच युवायुवतीहरुले आफ्नो गालामा नेपालको झण्डा पेन्ट गरेर कोइँच लेखाएका थिए भने शेमशेमतुली पादामतुली पेन्ट गरेर आइ लभ कोइँच लेखाएका थिए ।
गत वर्षएक घेरामा मात्र कोइँच युवा युवति नाच्थे भने यस पटक दर्ुइ घेरामा नाचेका थिए भने कोइँच व्यवासायीहरुले शाँदार पिदारको शुभकामना आदानप्रदानको लागि व्यानार सौजन्य गरेका थिए । नाच स्थल पुरै कोइँच व्यवसायीहरुको शुभकामना व्यानारले भरिएको थियो । कोइँच भेषभूषा र त्यसको प्रयोगको अपव्याख्या तथा गलत प्रयोग भएको हुँदा जानकारीको लागि सूचना केन्द्र पनि स्थापना गरिएको थियो ।
गत वर्षजस्तै यस वर्षपनि कोइँचहरुले घर घरबाट खाजा ल्याएर टुँडीखेल पुरै बिस्कुन बनेर राता पहेँा बनेर खाजा खाएको दृश्यले पुनः कोइँच गाउँको शाँदार पिदारको झझल्को दिईरहेको थियो । अधिकांश कोइँचहरु आफ्नै भेषभूषामा थिए । कतिपयले फोटो खिचेर फेसबुकमा रङ्गीनाकै लागि पनि कोइँच भेषाभूषा लगाएर नाच्नु भन्दा पनि फोटो खिच्नमै व्यस्त देखिन्थे ।
काठमाडौं जिल्लाको आयोजनामा सम्पन्न सो शाँदार पिदारमा कार्यक्रमको अन्तमा प्रहरी हस्तक्षेप भएपछि कोइँच युवाहरु आक्रोसित हुँदै जाइलागे पनि खासै अप्रिय घटना भने भएन । हामी यो देशको नागरिक हामीले हाम्रो परम्परागत चाड मनाउन रमाइलो गर्न नपाउने – आफ्नो चाड मनाउन पनि पुलिसको अधिनमा बस्नु पर्ने – प्रश्न उठाइरहेका थिए । प्रहरी हस्तक्षेपपछि आम कोइँच युवयुवतिहरुले वल्लो किरात जिन्दावाद नारा समेत लगाएका थिए ।
सुसेस काठमाडौं सचिव आशिष सुनुवारले प्रहरीलाई हाम्रो चार्डपर्वमा अनावश्यक हस्ताक्षेप नगरीदिन डि्यटी अफिसरलाई जानकारी गराएपछि प्रहरी फर्केका थिए भने सुसेस अध्यक्ष गोपाल सुनुवारले हामी आफ्नै भूमिमा दोस्रो दर्जाको नागरिक बनेर बाँच्नु पर्दाको पिडा पोख्दै अगाडि भने, यो देश हाम्रो पनि हो भन्ने भावना हामी कोइँचहरुमा हुनुमा कुनै अर्थ राख्दैन । आज दिनभरी हामीले खर्च गरी गरी हाम्रा कोइँच दाजुभाई दिदीबहिनीलले आइ लभ नेपाल भनेर फेस पेन्ट त गरेउँ तर एकल जातीय खस बाहुन सरकार र राज्यले हामीलाई यो देशको काम नलाग्ने मर्ुख भोटे भनेर दोश्रो दर्जाको नागरिकको व्यवहार गर्छ । हिन्दूहरुको चाड पर्वमा राज्यले लगानी गरेर सुरक्षा प्रदान गर्छ तर हामीले मनाउने चार्डपर्वमा चिँ ल ल रात परेउ चाँडो उठाउ भनेर हस्ताक्षेप गर्छ । संस्थागत रुपमा पर्ूव जानकारी दिएर मनाइएको चार्डपर्वमा त यस्तो छ । सामान्य नागरिकले कसरी मान्छन् त हिन्दूइतर धर्म संस्कृति ? खोइ कहाँ छ धर्म निरपेक्ष ? खोइ कहाँ छ जातिय समानता ? खोइ कहाँ छ समावेशी ? खोइ कहाँ छ मानवाधिकार ?
लुम्दे लगायत सन्सारभरी शाँदार पिदार सम्पन्न ।
– सुनुवार डट ओआरजि समाचारदाता
२० मंसिर । विश्व मानव समुदायको कल्याणार्थ धुमधामसँग परम्परागतरुपमा पोइँब, नाअसोहरुले प्रकृति र पित्री पूजा गर्दै रापवा शाँदार पिदार सम्पन्न भएको छ । एक जमनामा कोइँचभूमिभित्र मात्र शाँदार पिदार सिमित थियो । अहिले नेपालमा मात्र होइन विश्वभरि शाँदार पिदार विचरणमा छ । आज लुम्देमा सुनुवार सेवा समाज इलम-पाँचथर सर्म्पर्क समितिका अध्यक्ष बुद्ध सुनुवारको आयोजनामा भव्यरुपमा रापवा शाँदार पिदार सम्पन्न भयो । त्यस्तै गरी काठमाडौं, कतार, हङकङ, बेलायतमा शाँदार पिदार सम्पन्न भएको छ ।
जब २०५८ सालमा किरात चाड शाँदार पिदार, चासोक तङनम, चोसुवा, उँधौलीले राष्ट्रिय चाडको मान्यता पायो, सँग सँगै किरात चाड मनाउने परम्परा विश्वव्यापी हुँदै गयो । आदिवासी जनजाति कोइँच, र्राई, लिम्बु, याक्खाहरुले आफ्नो परम्परा, भाषा, धर्म, कला, संस्कृति संरक्षण सर्म्बर्द्धन गर्न निरन्तर लागि परेको छन् । किराती भाषा, धर्म, कला, संस्कृति जोगाउनकै लागि विभिन्न किरातजन्य संघसंस्था पनि थपिएका छन् । तर पुख्र्यौली थाँतथलोमा किरात चाड मनाउने खाँटी परम्परा भने लोप हुँदै गइरहेको छ । समयको परिवर्तनसँगै आधुनिकीकरण हुँदै गएको छ ।
यसको मूल कारण भने गोर्खा साम्राज्यको विस्तारसँगै १८६२ देखि कोइँचको किपट हरण गरी भूमि माथिको सामुहिक अधिकार खोसिए पछि कोइँच गाउँको परम्परागत संस्कार-संस्कृति खुम्चिँदै जानेक्रममा झन् १८८२ सालमा जबर्जस्ती हिन्दू धर्म लादिएको हुँदा आदिवासी जनजाति कोइँचहरुले लोपोन्मुख अवस्थामा गुज्रनु परेको हो । भूमि सुधार ऐन २०१३, परिच्छेद २२ धारा ३ क मा किपट सम्बन्धी व्यवस्थामा १) किपट जग्गामा रैकर सरह फार्छर्ेेाजिनामा गर्न सकिनेछ, २) किपट जग्गामा रैकर सरह मालपोत ठेकिनेछ भन्ने व्यवस्था गरेपछि हिन्दू धर्मको पर््रवर्द्धन कोइँच भूमि भयो र आफ्नै धर्म, कला-संस्कृति प्रति व्यवास्ता बढ्यो ।
ता पनि वर्षा दर्ुइ पटक शाँदार पिदार मानिदै आएको छ । अहिले शाँदार पिदारले विश्वव्यापी यात्रा गरिरहेको अवस्थामा धेरै संस्कृत्रि्रेमीहरुका लागि भने शाँदार पिदार भनेको के हो – किन मान्ने – कसरी मान्ने – कति दिन मान्ने – अनेक कौतुहल भने जागीरहेको छ तर मर्ूतरुप लिन सकेको छैन ।
पर्ूर्वी नेपाल, कोइँच भूमि ओखलढुंगा, सोलु, रामेछाप, सिन्धुली, दोलखा, उदयपुर जिल्ला वरीपरि छरिएर रहेका कोइँचहरुले हर्र्सोल्लास र उल्लासमय रुपमा मान्ने शाँदार पिदारको ऐतिहासिक थाँतथलो हो वल्लो किरात भूमि ।
आफ्नै बलबुताले परम्परागत् आदिवासी जनजाति धर्म-संस्कृति जेनतेन जोगाइ राखेका कोइँचहरु पनि र्राई लिम्बु, याक्खा जस्तै किरात चाड मान्न महिना दिन अगाडिदेखि शाँदार पिदारको विशेष तयारीमा जुट्छन् ।
शाँदार पिदारको अघिल्लो दिन दुमो गुइँ गुइँ, गुदुल्मा-बुप्थेलको सिँगारपटारको साथसाथै सेसेञ्जरि फु, होल्फा-गिल्फा, फोअÞका संकलन गरिन्छ । शाँदार पिदारको अघिल्लो रात ; सागुन, कास पिदार गरी दुसुर अर्थात् महामारी रोगव्याधि फाल्न र शाँदार देयि जगाउन कोइँचहरु नाअÞसोको घरमा जम्मा भएका हुन्छन् ।
सबै कोइँच गाउँमा बेलुकी नाअÞसो घरमा सागुन, कास गरेर फर्के पछि चफोनिफोहरु सबैको घर घरमा पोँद खामे, चिरो तयार गरिन्छ । ङोल बनाइन्छ । बली दिने पशुपंक्षीलाई पानीपाति गरिन्छ । धुपदुवार गरिन्छ । र, खाना खाएर ङोल, सोली बोकेर ढोलझयाम्टा बजाउँदै नाच्दै शाँदार ग्योरको बाटो लागिन्छ ।
शाँदार पिदार आदिवासी जनजाति कोइँचहरुको धेरै चाडहरु मध्ये अति व्यवस्थित चाड हो । यसैले आ-आप\mनो मर्यादाक्रममा सबैभन्दा अगाडि ङोल, त्यसपछाडि तोःलो अनि दुमोदुमोचहरुसहित हातमा दुनशेर लिइ ठाउँ ठाउँमा देयिलोकिहरुलाई चढाउँदै शाँदार ग्योर जाने गरिन्छ । ग्योर जाँदा लगिने ङोल कोइँच गाउँ अनुसार फरक फरक भए पनि खिँचीको ङोलमा भने रातोसेतो ख्येदार मात्र होइन ख्याँगु पिदारमा जस्तै बोकिपातको क्याःता पनि झुण्डाइन्छ ।
मुइँलि दुमो सबैभन्दा अगाडि शाँदार ग्योर पुग्नु पर्दछ । त्यसपछि सुरी दुमो, सुरोम दुमो, बादेम दुमो, राब दुमो, वाअÞशि दुमो, लाल लाँको मेसेल-मि, शेन-मा दुमो शाँदार ग्योरमा प्रवेश गर्छ । अन्तिममा शाँदार ग्योर परिसरमा महिलाको प्रतिनिधि दुमा मुइलि दुमोको प्रवेश हुन्छ । दुमा दुमोचलाई देखेपछि जत-ना दुमोचहरुको तडकभडक, चुरीफुरी, अर्थात् फूर्ति बढो रोचक लाग्दछ । दुमा दुमोचहरु नखरा देखाउँदै फर्किन खोज्छन् । अन्ततः जत्ना दुमोले दुमा दुमोलाई पकाएर शाँदार ग्योरमा भित्र्याउनु पर्दछ । यसरी जात्ना र दुमा दुमो भेट हुँदा सबै श्रद्धालु भक्तजनले फुल अक्षेता चर्ढाई पूजा-आराधना, मान सम्मान गर्दछन् । दुमोचहरुले पनि एकार्काको दुमोमा फूल अक्षेत चढाइ ढोकाढोक गर्ने गर्दछन् । जात्ना र दुमा दुमो एकापसमा भेट हुँदा भक्तजनहरुले चढाएको फूल अक्षेताले जात्ना र दुमा दुमो दुबैलाई लागे चिताएको कुरा अर्थात् भक्तजनको मनोइच्छा पुरा हुने जनविश्वास रहि आएको छ । आदिवासी जनजाति कोइँचहरुको महान् चाड शाँदार पिदारको आत्म नै दुमो हो । यसैले कोइँचहरु शाँदार सिलमा शारीरिक चाल, गीतको सूर लय भन्दा पनि दुमोको ताललाई महत्व दिने गर्दाछन् । कोइँच अग्रजहरु दुमोको ताल सुन्ने विक्तिकै दुमोचहरु कहाँ के गर्दै छन् – भन्ने कुरा नहेरी नदेखी भन्न सक्दछन् ।
सबै दुमो शाँदार ग्योरमा प्रवेश गरेपछि पार्मो पिदार, शेन्मा पिदार, वाअशि पिदार, हामतिम पिदारसँगै विभिन्न पशुपंक्षीको बली दिने क्रम जारी हुन्छ । अन्य गाउँको शाँदार पिदारमा अघिल्लो राति नै बुल्फे पिदार गरी गुथि पशु राम्बा दोतेक काम शुरु गरे पनि खिँचीमा भने बली दिने गुथि पशु शाँदार ग्योरमै दोथाइन्छ ।
विभिन्न देवदेवी तथा पर्ूखाको पूजा आराधना गर्दै विश्व मानव कल्याणको कामना मुख्या लक्ष्य रहेको कोइँचहरुको महान चाड शाँदार पिदारमा बाली -सुरोम) पिदार, हुग्रो थुनेर मृत मानिसको आत्मलाई कुविचार, भूत, पिशाचबाट छुटाउने बुल्नु पिदार, एकोपेको पिदार, भेडा बली दिई गरिने आमारसाही डामारसाही शेन्मा पिदार खिँचि शाँदार ग्योरमा मात्र गरिन्छ ।
शाँदार पिदार मात्र साँस्कृतिक क्रियाकलाप मात्र होइन यसले समाजमा भाइचारा र अपासी सद्भावको केन्द्रविन्दू पनि हो । यो चाड कोइँचले आयोजना गरे पनि आम मानव समुदायकोको साझा चाड हो । अन्य जातजातिको साँस्कृतिक चाड पर्वमा जस्तो भेदभाव शाँदार ग्योरमा गरेको पाइँदैन । सुख, शान्ति, समृद्धि, सदभावको लागि सबै चाफोनिफो मिलेर पिदार गरिसकेपछि शाँदार ग्योरमा नाअÞसोको हातबाट साहा लिने टिका थाप्ने चलन रहेको छ ।
शाँदार ग्योरमा पिदार गरि सकेपछि घर घर पुगेर सुरो पुर्याउने जिम्मा नाअÞसोको हुन्छ । तर हिजोआज नाअÞसो, पोइँबो, ग्याँमिको उपस्थितिको कमी महशूस गर्न सकिन्छ । नयाँ नाअÞसो बन्न कोइँच युवाहरु अनिच्छुक देखिन्छन् भने पुराना नाअÞसोहरु बुढा भएर गाउँ घुम्ना सकीरहेका छैनन् । साथै राजनीतिक तथा धार्मिक विचलनको कारण आदिवासी जनजाति कोइँचमा नाअÞसोहरुको सामाजिक आर्थिक संरक्षण अझसम्म हुना सकेको छैन ।
एकापसमा राग, द्वैश, वैमनस्यता, कलह नहोस् भनी अझै पनि कोइँचहरु घर घरमा उपद्रो गर्दै शाँदार नाच्दै घुमे पनि केही भन्दैनन् । सबैले रमाइलो नै अनुभूत गर्छन् । यसैले ख्यालख्यालमै चार इन्च उखान चरितार्थ भएको हुन सक्छ । तर यस्तो रमाइलो, परम्परा, चलन र संस्कृतिलाई गोर्खा राज्यले अन्य राज्यहरुलाई आफ्नो उपनिवेश बनाउँदा वल्लो किरातलाई पनि राज्य मात्र होइन सामाजिक, सांस्कृतिक तथा भाषिक सम्मिलन गर्यो ।
बहुल जाति, भाषा, धर्मको जति सुकै ठूलो ढोङ फुके पनि व्यवहारिक रुपमा एकल भाषिक, धार्मिक, साँस्कृतिक तथा एकल जातीय राष्ट्र नेपालमा आदिवासी जनजाति कोइँचहरुले दर्ुइ शताव्दि पर्ूवदेखि आप\mनो विशुद्ध आदिवासी संस्कार संस्कृति मान्नबाट विमुख हुनुपरेका थिए र छन् । किरात धर्मको लागि कुनै साथ सहयोग नभए पनि हिन्दु धर्मको लागि भने वाषिर्करुपमा राज्यको कोषबाट करोडौं बजेट विनियोजन हुँदै आएको छ । दिन दिनै किरात धर्म-संस्कृतिका संरक्षक नाअÞसो, पोइँबो, ग्याँमि लोपोन्मुख अबस्थामा छन् । यसरी किरात कोइँचहरुको परम्परागत धर्म-संस्कृति विस्तारै लोपोन्मुख हुनुमा को कति दोषी हुन् त –
समय बद्लीरहेको छ । तर हाम्रो सोचाइ जाहीँको ताहीँ छ । अझै पनि हाम्रो दास मन मस्तिष्कबाट मुक्ति पाउन सकीरहेको छैनौं । हामी आधुनिक हुने क्रममा हाम्रो संस्कार-संस्कृतिलाई संशोधन गरीरहेका छौं । आफूलाई आदिवासी जनजाति भन्दै छौं तर हाम्रो संस्कार संस्कृति अन्य धर्म-संस्कृतिसँग सम्मिलन गर्न खोजी रहेको छौं । नौ वर्षपछाडि पुनःजीवन प्राप्त खिँची शाँदार पिदारले पनि हामी यस्तै यस्तै संकेतको सू-सुचित गरीरहेको आभास मिल्दछ । के हामीले आउँदो पुस्तालाई कुमारी संस्कार-संस्कृति अर्थात् खाँटी आदिवासी जनजाति कोइँच संस्कार संस्कृति हस्तान्तरण गरीरहेका छौं त –
हार्दिक समावेदना
केर लाँ मालाचा लाल लाँ लाचा
लाल लाँ मालाचा बुइश-शि लाँ लाचा
हाम्रा सहृदयी मित्र तथा सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका अध्यक्ष रमेशकुमार ख्योम्पातिच सुनुवारको पुजनीय पिता दिलबहादुर ख्योम्पातिचको ९७ वर्षो उमेरमा असामायिक निधन भएको हुँदा उहाँको आत्मको चिरशान्तिको कामना गर्दै बुइश-शि लाँको बाटो प्राप्त गुरुन् भनि इँगिसोरिसँग पर््रार्थना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समावेदना प्रकट गर्दछौं ।
सुनुवार डट ओआरजि, चुप्लु समाज, रेडियो लिखु, चुप्लु फाउण्डेशन, दर्ुदा डट कम तथा सुनुवार सेवा समाज केन्द्रीय समिति परिवार ।
गणेश र्राईसँगको विशेष कुराकानी
शर्तविहीन आन्दोलन भएको हुँदा पद्मरत्नको नेतृत्वमा हुनलागेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा कसैको स्वार्थ छ भन्न नसकिने भनाई छ आदिवासी जनजातिको मानवाधिकार सम्बन्धि निरन्तर रिपोर्टिङ गरिरहनु भएका पत्रकार गणेश राइको । आदिवासी जनजाति नेतृत्व आदिवासी जनजातिको मानवाधिकारको मुद्दामा भन्दा पनि व्यक्तिगत र्स्वर्थमा बढी केन्द्रित देखिएका हुनाले आदिवासी जनजातिको मानवाधिकार रक्षाको लागि चालिएको आन्दोलन कमजोर भएको विश्लेषण गर्छन् र्राई । नेपाल आदिवासी जनजाति महासंघसहितको आन्दोलन भएको हुँदा वर्तमानमा विभिन्न सञ्चार माध्यमले आदिवासी जनजाति आन्दोलनमा विवाद रहेको बजारीय हल्लामा सत्यता नरहेको वताउनु हुने पत्रकार गणेश र्राईसँग आदिवासी जनजातिको मानवाधिकार सुनिस्चितताको लागि गरिने आन्दोलनको उपलब्धि के कस्तो हुन सक्छ त – यसै सेरोफेरोमा गरिएको गणेश र्राईसँगको विशेष कुराकानी मात्र आदिवासी जनजाति रडियो : रेडियो लिखु ९१.३ मेघाहर्जमा ।
र्सार्कले छोयो कोइँचलाई पनि ।
-कोइँचबु काःतिच
र्सार्क शिखर सम्मेलनको तयारी काठमाडौं जोडतोडले चलेको बेला कोइँचहरुलाई पनि कतै न कतै छोएको छ । हिजो खिम्ती, लिखु, मोलुङ, सुनकाशी वरपर मात्र सिमित उनीहरुको संस्कृतिले विस्तारै पखेटा फिँजाउने काम गरीरहेको छ । के किरात, के हिन्दू, के बौद्ध, के क्रिस्चियन जनुसुकै धर्मावलम्बी हुन् कोइँच भेषभूषालाई छाड्न सकेका छैनन् । हुँदा हुँदा अब नाटक, चलचित्र, म्यूजिक भिडियो, वृत्तचित्रमा मात्र होइन राष्ट्रिय अन्तराष्ट्रिय सभा सम्मेलनमा समेत कोइँच भेषभूषा र वाद्यवादनले आफ्नो दरो उपस्थिति जनाउन थालेको छ ।
र्सार्क सम्मेलनमा पनि खुला आकाशमूनि आफ्नो परम्परागत संस्कृति प्रस्तुत गर्ने ५० जना साँस्कृतिक कलाकार सहभागी रहने छन् । एयारपोर्टदेखि सोल्टी मोडसम्मका विभिन्न स्थानमा रहेर आदिवासी जनजाति कोइँचको परम्परागत बाद्यवादन तथा भेषभूषामा सजिएका पहिलो समूह सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपाल सुनुवारको नेतृत्वमा, दोश्रो समूह सुनुवार डट ओआरजिका सञ्चालक पाम सुनुवारको नेतृत्वमा, तेस्रो समूह सुनुवार सेवा समाज केन्द्रीय उपाध्यक्ष रणवीर सुनुवारको नेतृत्वमा, चौथो समूह सुनुवार सेवा समाज केन्द्रीय समिति सदस्य तथा संस्कृति तथा अनुसन्धान विभागीय प्रमुद अमृत सुनुवारको नेतृत्वमा र पाँचौं समूह रेडियो लिखुका प्रतिनिधि तथा विहानी कोइँच भाषा कक्षाका सहजकर्ता जीवन सुनुवारको नेतृत्वमा १०, १० जनाको समूहमा बाँडिएर र्सार्क मुलुकका राष्ट्र प्रमुखहरुलाई स्वागत गर्न उपस्थित हुने अपुष्ट जानकारी सम्बन्धित श्रोतबाट प्राप्त भएको छ । नेपाली सेनाले गर्ने सुरक्षा तथा नेपाल सरकार, संस्कृति मन्त्रालय, राष्ट्रिय नाचघरकोसाँस्कृतिक व्यवस्थापनमा विभिन्न जातजातिका भेषभूषामा सजिएका लगभग ३०० भन्दा वढी कलाकारहरुको उपस्थिति सडक किनारा, चोक चोकमा रहने छ । १० जना तामाङ कलाकार लगायत ५० जना कोइँच साँस्कृतिक कलाकारको नेतृत्व भने सुनुवार सेवा समाज केन्द्रीय समिति संस्कृति तथा अनुसन्धान विभागका सदस्य वृषमान सुनुवारले गर्ने छन् ।
गुनासोको सुनुवाई तथा सुधारको चरण
सामाजिक सञ्जालमा केही साथीहरुले आफ्नो गुनासो पोखे पछि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष तथा केन्द्रीय समिति संस्कृति तथा अनुसन्धान विभागीय प्रमुख र सुनुवार सेवा समाज काठमाडौं जिल्ला समिति अध्यक्षसहितको तीन सदस्यीय गुनासो सुनुवाइ तथा सो व्यवस्थापन जिम्मा दिइएपछि साथीहरुको गुनासोको सुनुवाईका साथै तत्काल कार्यान्वयन हुने भएको छ । ढोल झयाम्टा पुनः मर्मत तथा श्रृङ्गार गर्ने, काठमाडौं जिल्ला समितिका कोषाध्यक्ष शोभा सुनुवारको संयोजकत्वमा नेपालीहरुको महान चाड शाँदार पिदारको शुभकामना आदनप्रदान गर्ने, काठमाडौं जिल्ला सचिव आशिष सुनुवार र सहसचिव देवराज सुनुवार साथै जीवन सुनुवारको संयुक्त संयोजकत्वमा परम्परागत नृत्य व्यवस्थापन तथा प्रशिक्षण गरिने जानकारी सम्बन्धित श्रोतले जनाएको छ ।
शाँदार पिदारको आगमनसँगै कोइँच भेषभूषाको बजार बढ्दो : पचास कोइँच युवयुवति र्सार्कमा
-कोइँचबु काःतिच
शाँदार पिदार आउँदै छ यही मंसीर २० गते । धमाधम कोइँच भेषभूषाको विक्री वितरण पनि हुँदै छ । जति कोइँच भेषभूषाले बजार पाएको छ त्यत्तिकै यसको नक्कली व्यापार पनि फस्टाउँदो छ । हामीलाई सम्झना छ २०५८ सालसम्म कोइँच भेषभूषाको चर्चा थिएन । गाउँघरमा सबैले लगाउने यो पोशक बजारमा मात्र होइन गाउँमै पनि लगाउन युव वर्गहरु लजाउँथे । पछिसम्म पनि यो पोशक लगाउन लाज मान्थे । तर हिजोआज यही भेषभूषा लगाउन युवापुस्ता गर्व गर्छन् । नेपाल सरकारले किरात चाड शाँदार, चासोक, चोसुवा र उभौलीलाई सरकारी मान्यता दिँदा यसको बारेमा लेख्नेहरुको अभाव थियो । हुन त कोइँचमा अझै पनि अभाव छ । यसैले किरात चाडको परिचय भन्ने एक पुस्तिका किरात याक्थुङ चुम्लुङले अगुवाई गर्यो । तर कोही पनि यस चाड वारे लेख्न तयार भएनन् । मुस्किलले कोइँचबाट म, राइबाट जितपाल किरात, याक्खाबाट लिला रोँगु र लिम्बुबाट अर्जुन लिम्बु मिलेर किरात चाड एक परिचय सम्पादन गरियो । र, त्यसलाई बाँडियो । अझै पनि सुनुवार सेवा समाजमा त्यो पुस्तिका होलान् । भेषभूषाको त्यतिबेला खासै महत्व थिएन । शाँदार नाच्न समेत मान्छे डाक्दा दिनको रु. २०० ज्याला समेत दिनु पर्ने वाध्येता थियो ।
पछि हामीले शाँदार नाचको लागि ढोल बजाउने प्रशिक्षण चलायौं । गीत गाउने प्रशिक्षण दिइयो र केटी मान्छेलाई पनि नचाउनु पर्छ भनेर नचाइयो । अहिले शाँदार पिदार आयोजनाको जिम्मा पछिल्लो पुस्तामा आइपुग्दा समग्र कोइँच पहिचानसहित अगाडि बढेको छ । अति हर्षर खुशीको यो क्षण देख्न पाइन्छ भन्ने कल्पनासम्म पनि हामीले गर्न भ्याएका थिएनौं ।
भेषभूषामा सजिएर शाँदार नाच्ने रहर अहिले सूदुर पर्ूव हङकङदेखि पस्चिम बेलायतसम्म जोडतोडले अगाडि बढेको छ । यही भेषभूषा विकासको पनि आफ्नै कथा छ । पहिलो पटक काठमाडौंमा सुनुवार विद्यार्थी समाजले अनिवार्य भेषभूषा लगाउनु पर्ने निर्ण्र्ाागर्यो पदाधिकारी तथा सदस्यहरुको लागि । र, महिला विभागको जिम्मामा भेषभुषा उत्पादन गर्ने कार्यक्रम अगाडि बढ्यो । त्यो जटिल कामलाई तत्कालीन महिला विभागीय प्रमुख कमला सुनुवारले बढो मिहनिेतसाथ अगाडि बढाउनु भयो । र, जम्मा ९० रुपैयाको कच्चा सामाग्रीमा क्लाःतोलि बनाउना लगाउनु भयो । फेरि सक्कली हुनु पर्ने शर्तानुसार दुरुस्त पुरानो क्लाःतोलि जस्तै अर्को उत्पादन गर्न कम झन्झटिलो काम थिएन त्यो पनि त्यस्ता सिपवान आमा दिदीहरु खोजी खोजी कोइँच भेषभूषाको उत्पादन गर्नु भयो र हामी समितिभित्रका सदस्यहरुले अनिवार्य किनेर लगायौं ।
यसरी बढो विषम्र परिस्थितिबाट शुरु भएको कोइँच भेषभूषाको पुनःस्थापना वा पुनःजन्म अहिले गर्वको विषय बनेको छ । यही भेषाभुषा र बाध्यवादनको कारण मुखैमा आएको र्सार्क शिखर सम्मेलनमा र्सार्क राष्ट्र प्रमुखलाइ स्वागत गर्न ५० जना कोइँच युवायुवती कोइँच भेषभूषामा सजिएर आफ्नो बाध्यबादनसहित उपस्थित हुने भएका छन् ।
जतासुकै होस् कोइँच भेषभूषा र वाध्यवादनले सञ्चारमाध्यमको आँखा तानेको छ र विभिन्न राष्ट्रको आँखा लागेको छ । जेनेभा स्वीजरल्याण्ड गएका खिजीकाती गाविसका प्राविधिक जोडी विरकुमार सुनुवारले त्यहाँ कोइँच भेषभूषा मन पराइएकाहरुले कर गरेपछि उतै कोइँच भेषभूषा र ढोल झयाम्टा बेचेर फर्किएका थिए । त्यस्तै गरी ओएचसिआर संयुक्त राष्ट्र संघको फेलोसिपमा तीन महिना पढ्न गएका देवकुमार सुनुवारले पनि साथीहरुले अति गरे पछि कोइँच भेषभूषा उतै जेनभा, स्विजरल्याण्डमा उपहार स्वरुप छाडेर फर्केका थिए । कतारमै पनि कोइँच भेषभूषासहितको साँस्कृतिक झाँकीलाई सरकारी फेसबुक वालको टाइमलाइनमा राखिएको थियो । रेडियो नेपालकै फुलबारी कार्यक्रममा जहिले पनि टप टेनमा परिरहन्थ्यो भेषभूषासहितको गानाबजनामा । विभिन्न साँस्कृतिक झाँकी र प्रतियोगितामा कोइँच शाँदार सिल खाली हात फर्केको इतिहास छैन नेपालमै पनि ।
सुनुवार सेवा समाजका सल्लाहकार टिकाराम मुलिचा भन्नुहुन्छ, हामीले अरु केही गर्न नसके पनि कोइँच भेषभूषालाई भने पुनःजन्म दिन सके छौं । यि गोनु छैन गाँथे । गाउँमि दा नेल्लिनु जोर काः काः वा । आलपुकि दा अनसानान बाअ्बातेमे । यी ए हो नि । आँकालि दा मुलथोचे मेरेके खोदेशो वाः ग्याप्शा गेचा माल्नुङ । नभए दा गो स्कूलन मालाइनुङ । -इ मसँग छैन । गाउँमा त सबैसँग एक एक जोर कोइँच भेषभूषा हुँदो रहेछ । नानीहरु त अनसन नै बस्दा रहेछन् । इ यस्तो हो नि । मलाई त्यसको जस्तो कपडा किनी दिनु पर्यो । नभए त म इस्कूल नै जान्न ।)
किन यति गर्व गर्न लायकको हुन्छन् त आदिवासी जनजाति कला – सोचनीय पक्ष यो पनि हो ।
आदिवासी जनजातिको हस्तकला, चित्रकलामा विशेष प्यार्टन हो । सन्सारको आदिवासी जनजातिले प्रयोग गर्ने बुट्टा अर्थात चित्र उस्ता उस्तै लाग्छन् । विशेष गरी प्रकृतिसँग नजिक हुने भएको हुँदा प्रकृति, डाँडाकाँडा, जनवार, रुख पातको आकारलाई ग्राफिकीकरण गर्ने चलन आदिवासी जनजातिमा हुन्छ । कोइँचको फेनेरेल्फु, क्लाःतोलि, किप्शुर फेने, लेजेबास, माचिङ्ग बास, क्योङ, लुजेबास, सेरेम फू नाम्जामा पनि कोइँच सामिबुले पहाड, माछा, मारुको सेप्टीको बुट्टा भरेर बनाका हुन्छन् । ति पौरखी हातहरुलाई सलाम ठोक्नु पर्छ हामीले । ती उत्पादनलाई बजारीकरण गर्न सके कति आनन्द हुन्थ्यो । हामी हामी वीचमा प्रयोग गरेर मात्र आर्थिक उन्नति हुँदैन । यसलाई कोइँचपन दिँदै विश्व बजारको हाते कला व्यापारमा प्रवेश गर्नु जरुरी छ । हाम्रो अनुभव लगभग दश वर्षअगाडि चुप्लु समाजले कोइँच खानाका साथै प्लुप्से, थाक्री, पाला गे, प्लेँकाश, क्योङ र क्लाःतोलि, फेनेरेल्फु, किप्शुर फेने, लुजे बास जस्ता हस्तकलाको पर््रवर्द्धन गर्दा कसैले चासो देखाउँदैनन् थे । तर विश्व बजारमा भने यसको माग भएको थियो । हामीले उत्पादन पुराउन सकेनौ र त्यसै थच्चिनु परेउ । अब पनि नयाँ युवा पुस्ताले यतातिर सोच्नु पर्ने भएको छ । तीतो अनुभव ः शुरुमा फेनेरेल्फू र क्लाःतोलि, किप्शुर फेनेको मूल्य महँगो हुनर्ुपर्छ भनेर जिकिर गर्नेमा कलमी आफै थेँ । किनभने महँगो भए पछि यसको महत्व पनि बढी हुन्छ भन्ने तर्क थियो मेरो । अरुलाई उपहार दिँदा पनि महँगो चिज नै उपहार दिए जस्तो लागोस् भन्ने थियो । त्यसको गुणस्तर चाहिँ हुनु पर्छ भन्थेँ । तर हिजोआज गुणस्तरहिन भेषभूषालाई पनि महँगोमा बेचेको देख्दा र जताततै गुनासो गरेको देख्दा अलि नमिठो लागेकाृे छ । कतिपय ठाउँमा र कतिपय व्यक्तिले टेबुल पोस जस्तो फेनेरेल्फु पनि महँगोमा विक्री गरेको पाइयो । क्लाःतोलि पनि तानमा बुनेको पाइयो । र, लगाउनेहरुले पनि भेषभूषाको अर्थै नबुझी जताभावी लगाइएको पनि पाइयो । आदिवासी जनजातिको भेषभूषा भनेको हातले बुनेको सक्कली हुन्छ । नक्कली काम त फाल्तु बेपारीको हो । यसैले कतिपय कोइँच भेषभूषाको ज्ञान नभएका कोइँचले कोइँच भेषाभूषा कतिको सक्कली र नक्कली हो कसरी लगाउने नजिकको साथीभाईहरुलाई सोधेर मात्र किन्नु, लगाउनु उपयुक्त हुने छ ।
अबश्य पनि कोइँच भेषाभूषा संस्कार संस्कृतिको पर््रवर्द्धन हुनु हामी आम कोइँचको लागि खुशीको कुरा हो । तर दिन दिनै भेषभूषामा विकृति पनि बढ्दै छ । सक्कलीको ठाउँमा नक्कली बढ्दै छ । जताभावी लगाइएको छ । कोइँच भेषभुषाको विशेष अर्थ र महत्व हुन्छ । महत्वै नबुझी देखासेँखीमा बढ्दो सस्तो फेसनको रुपमा हलक्क बढेको ख्यातिले पछि खडेरी पनि ल्याउन सक्छ । यसैले आजै हाम्रो आदिवासी जनजातीय कोइँचपनलाई मर्न नदिन अब विशेष सचेतता पनि अप्नाउँदै जाने पो हो कि ।
