All about Sunuwar

सबै चाड सिर्जित नै हुन, तामिसामिलाई टिका लगाएर शुभाशिर्वाद दिँदै येले थोचे सम्पन्न

-कोइँचबु काःतिच
DSCN8975१ माघ, काठमाडौं । सबै चाड सिर्जित नै हुन३ । हिन्दु, क्रिस्चियन, बौद्ध, मुस्लिम धर्मका चाडहरु पनि विस्तारै मानव सिर्जित चाड नै हुन । तपाईँहरुले धेरै पर जानै पर्दैन एक दुई दशक अगाडिको पात्रो हेर्नु भयो भने पनि त्यो थाहा हुन्छ । पहिला बाहुन्नीहरुले मनाउने तीज चलनचल्तीमा थिएन । अहिले जतासुकै व्यपकता पाएको छ । गुरु पुर्णिमा, बुबा तथा आमाको मुख हेर्ने के के हो के के चाड दिनानुदिन बढी रहेको छ । तर हामी कोइँचले नयाँ चाड सिर्जना गर्नु पर्दैन पुरानै चाडलाई पुनर्जिवित गरे पुग्छ । सामिबु पिदार हामीले मान्दै आएको चाड हो । तर माघे संक्रान्तिले गर्दा गौण मात्र पारेको हो । यही अवसरमा किराती कोइँचको नयाँ वर्ष पनि पर्ने भएको हुँदा सबै कोइँँच तथा किराती दाजुभाईहरुलाई सुख, शान्ति, समृद्धिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । सुनुवार सेवा समाजका अध्यक्ष मनपरसाद सुनुवारले कोइँच सामिहरुलाई पिदार गर्दै टिका लगाएर फलाहार दिएपछि सामिबु पिदार तथा येले थोचे ५०७६को शुभकामना आदानपरदान कार्यक्रमलाई सम्बोधन गर्नु भयो ।
सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिका लागि शोभा तथा जीवनकुमार सुनुवार किरातले आयोजना गर्नु भएको शुभकामना कार्यक्रममा सुनुवार सेवा समाज केन्दरीय समितिका कोषाध्यक्ष उत्तमकुमार सुनुवारले, सामिबु पिदार कुनै नयाँ नौलो चाड नभै हामी कोइँचहरुले परम्परागत रुपमा मान्दै आएको चाड हो । हाम्रो चाडपर्वका वारेमा न त पाठयपुस्तकमा पढन पाइन्छ न त नेपाल सरकारको सम्बन्धित निकायले नै खोजविन तथा प्रचारप्रसार गरिदिएको छ । यसैले सिलाम खाने, बनतरुल खाने, फापरको बटुक खाने, स्कुसको जरा, घर तरुल खाने अनि विहानै पानीको मुलमा नुहाएर प्रकृतिको पुजागरी छोरीचेलीलाई दहीचामलको टिका लगाई दक्षिणा दिने, दाल, गेडागुडि र चामाल दिने चलन कोइँचको चलन हो । यसदिन साउने संक्रन्तिमा पर्ने राँके पिदारमा राँके फालेको सिटा वा दियालोको ठुटा बालेर खिर पकाइ खुवाउने चलन छ । कतिपय कोइँच घरमा पितृ पुजा र दान गर्ने चलन छ भने यसै दिन किराँतीहरुकोा पहिलो राजा यलम्बरको सम्झनामा मनाइँदै आएको किराती सम्वत येले नै किराती सम्बत३ भएको समेत जानकारी गराउँनु भयो ।
इतिहासविद३हरुले समेत येले सम्बत प्रथम किरात राजा यलम्बरको स्मृतिमा मानिदै आएको सम्बत भएको तथ्या पस्केको बेला सुनुवार सेवा समाजले आजभन्दा पाँच वर्ष अगाडि नै कोइँचले मनाउने वर्षभरिको चाडपर्वको सुची सार्वजानिक गरेको छ ।
गत वर्ष किराती कोइँचको नयाँ वर्ष येले थोचे भव्यरुपले मनाइए जस्तै यस वर्ष पनि सबै सुनुवार सेवा समाजको भवन कोटेश्वरमा जम्मा भएर जोर सागुन राखी साङ धुप पोली चेलीबेटी (सामि) हरुलाई टिका लगाएर खुशी साथ नाचगानसहित मनाइयो ।
शुभकामना कार्यक्रमका लागि निर्जला सुनुवार, हाँवा दोलखाले फापरको प्लुतुक फुरौला, लक्ष्मी सुनुवार दुरागाउँ रामेछापले सुँगुरको मासु फराइ, शोभा सुनुवारले जाँड र घरतरुल, जीवनकुमार सुनुवारले आलु, लालबहादुर, लेखबहादुर, इँगिहोपो, अरुण, केर लगायतका साथीहरुले अण्डा, गोपाल सुनुवार अन्य चिसो तातो पेय पदार्थ सौजन्य गर्नु भएको थियो ।
जीवनकुमार सुनुवार किरातको विशेष कार्यक्रम सन्चालनमा सम्पन्न कार्यक्रममा अगामि वर्षमा भने सबै गाउँ जिल्लामा येले थोचे तथा सामिबु पिदार मनाउन एक महिनाबाट नै के गर्ने भन्ने कार्य योजना बनाउनु पर्ने सल्लाह भएको थियो । कार्यक्रममा सुनुवार सेवा समाज केन्दीय अध्यक्षले उपस्थित चेली सामिहरुलाई टिका लगाएर दक्षिणा र पलाहार दिनुभएको थियो । दक्षिणा काठमाडौं जिल्लाले व्यवस्था गरेको थियो ।DSCN8954 DSCN8966 DSCN8969 DSCN8970 DSCN8972 DSCN8976 DSCN8977 DSCN8978 DSCN8979 DSCN8980 DSCN8987 DSCN8991 DSCN8995 DSCN9000 DSCN9003 DSCN9009 DSCN9011 DSCN9012 DSCN9021 DSCN9030 DSCN9032 DSCN9037 DSCN9038 DSCN9039 DSCN9040

Leave a Reply

Your email address will not be published. Required fields are marked *