Archives
now browsing by author
ढोलको उत्पत्ति काथा
-Koinch bu Kaatich
कोइँच पर्ूखाहरु सिकार खेल्दै जङ्गल छिर्ने व|mममा जङ्गलभित्र सिकार खोजेर हिँड्दा हिँड्दा थाकेर एउटा रूखमुनी बिसाउन पुगेछन् । संयोगबस त्यो रूख भित्रभित्रै धमिरा लागेर खोक्रिएको खयरको खोव|mो रूख -रोक-ले रावा) थियो । ती कोइँच पर्ुखाहरूले सुस्ताउने व|mममा त्यो जङ्गलमा जति-जति हावा लग्थ्यो त्यो रोक-लेबाट एक किसिमको अनांैठौ ध्वनि निस्कने गर्थ्याे । ती पर्ूखाहरूको ध्यान त्यो रोक-लेबाट निस्केको ध्वनीले आकार्षा गर्दै लगेछ । यत्तिकैमा एउटा भमरा आएर त्यो रूखको धोन्द्रोभित्र छिरेछ । भमरा छिरेपछि भमराको पखेटाबाट निस्केकोे आवजले त झनै उनीहरूलाई मन्त्रमुग्ध बनाएछ । यत्तिकैमा तिनीहरुलाई आफूले बोकेको लौरोले धोन्द्रोरूखको बहिरी सतहमा हिर्काउने बुद्धि सुझे छ । जति-जति लÝीले रूखलाई ठटाउयो उत्ति उत्ति अनौठो ध्वनीको गुञ्जन हुन्थ्यो । लगातार त्यो रोक-ले -धोन्द्रो रूख)लाई ठटाउँदा रूखबाट निस्केको ध्वनीले वारीपारीका चराचुरूङ्गी झुम्मिनका साथै दौडँदै गरेका जनावरहरू पनि टक्क अडिएर उक्त आवाज सुन्न थालेछन् । यो देखेर उनीहरुले सिकार गर्न सजिलो हुने ठानेछन् र सधैँ सिकार गर्दा त्यो रोक-लेलाई ठटाएर सिकार जम्मा गर्दै रोजि-रोजि सिकार गर्ने नयाँ तरिका अप्नाए छन् ।
सिकार गर्न सधैँ त्यहीँ ठाउँ आउनुपर्ने झन्झट मेट्न एकदिन उनीहरुले रूखलाई नै ढालेर साथै लाने विचार गरेछन् । र, धोद्रा रूखलाई अनेक तौरतरिका अप्नाएर जता-जता सिकार खेल्न जानुछ त्यतै-त्यतै रोक्लेको गिँड बोकेर लाने गरेछन् । सिकार गर्ने व|mममा सिकारीहरूको झुण्ड धेरै बढ्दै गए पश्चात् सिकार खेल्न बाँडिनु पर्ने आवश्यक भएछ । बाँडिने व|mममा उक्त रोक्लेलाई टुव|mाउन परेछ । यसरी टुव|mउँदा एउटा सिङ्गै लामोे रोक्ले छोटा गिँडमा विभाजित हुँदा पहिलेको जस्तै ध्वनी निस्कन छाडेछ । यो देखेर सबै सोँच मग्न परेछन् र रायसल्लाह गरेछन् – आफूले मारेको मृगको छालाले उक्त खोव|mो भागलाई मोरेर बजाउँ । यसरी छालाले मोहरेर बजाउँदा झनै मीठो ध्वनी निस्कने ढोलको निर्माण भएछ । यस पश्चात् सबैले ढोल बजाएर सिकार गर्ने र सिकार मारेपछि प्रकृतिलाई चढाएर नाच्ने परम्परा बसेछ । अहिले विभिन्न काठबाट बनेको आधारमा र ढोलले बोकेको जिम्मवारी अनुसार श्रीखण्ड तथा शिरिश काठबाट बनेको सिरीढोल, मलेगिरीबाट बनेको गिरी ढोल, खयरबाट बनेको खयर ढोल नामाकरण भएको र उक्त ढोल बजाएर प्रकृति तथा पितृ पूजा गर्ने प्रचलन बसेको रही आएको छ ।
-Translate from A collection of essay Baashodaissho thama lo:
सुनुवार सेवा समाजको नौऔं राष्ट्रिय सम्मेलन हुँदै
सुनुवार डट ओआरजि समाचारदाता
2073/Baisakh, Ilam
आदिवासी जनजाति कोइँच सुनुवारको प्रतिनिधिमुलक संस्था सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलन यही आउने वर्ष २०७३ वैशाख २४ र २५ गते स्थापना दिवसको अवसरमा भव्यरुपमा हुने भएको छ । देश तथा विदेशका प्रतिनिधि तथा पर्यवेक्षक गरी लगभग ३ सय भन्दा बढी कोइँचहरु जम्मा हुने जानकारी महासचिव तथा संगठन प्रमुख समीर मुखिया सुनुवारले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनमा सुनुवार सेवा समाजको जिल्ला, नगर, गाउँ समितिबाट १ महिला अनिवार्यसहित ३ जना प्रतिनिधि हुनुपर्ने समाजको विधानमा उल्लेख छ । यस वर्ष विदेशस्थित सम्पर्क समितिहरु कतार, दुबई, साउदी, मलेसिया, कोरियाबाट पनि एक एक प्रतिनिधि र सुनुवार समाज, हङकङ, किरात सुनुवार सेवा समाज बेलायत, सिक्किम मुखिया सुनुवार कोइँचबु, भारतीय सुनुवार समाज दार्जिलिङ, खरसाङबाट पनि पर्यवेक्षक बोलाइने जानकारी प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताउनु भयो ।
२८ औं स्थापना दिवसको पावन अवसरमा सम्पन्न गर्न लागिएको सो सम्मेलनमा विभिन्न संस्था र व्यक्तिहरुलाई पनि सम्मान गरिने अध्यक्ष मनप्रसाद सुनुवारले जानकारी गराउनु भएको छ । विनासकारी भुकम्पको वेला सहयोग गर्ने संस्था किरात सुनुवार सेवा समाज बेलायत, सुनुवार समाज हङकङ, सुनुवार सेवा समाज कतार, सुनुवार सेवा समाज मलेसिया, सुनुवार सेवा समाज इलाम जिल्ला समितिलाई कदर पत्रसहित सम्मान गरिने भएको छ । त्यस्तै गरी खेलकुदको क्षेत्रबाट सुनुवारको नाम उच्च राख्ने खेलाडीहरु भावना सुनुवार स्क्वायसमा साग गेममा कास्य पदक विजेता, वेद सुनुवार र उपेन्द्र सुनुवार अन्तराष्ट्रिय म्याराथुनमा प्रथम, गोमा सुनुवार गंगा सागर कायक प्रतियोगितामा प्रथम त्यस्तै गरी विभिन्न मार्सल आर्टमा पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने भएको छ ।
जिम्मेवारी सुम्पिएअनुसर विभागीय कामका संयोजकहरुले कार्यक्रम के के, कसरी गर्ने भन्ने खाका पेश नगरेको भए तापनि भव्यरुपमा झाँकीसहित सम्मेलन गर्नका लागि अनुमानित ७ लाख खर्च लाग्ने जानकारी कोषाध्यक्ष तथा आर्थिक विभागीय प्रमुख उत्तम सुनुवारले जानकारी गराउनुभयो । यसको लागि विभिन्न कोइँच दाताहरुको भर पर्नु बाहेक अर्को विकल्प नरहेको पनि उहाँले बताउनुभयो । यसको लागि संस्थाको पदाधिकारीलाई रु. दश हजार, सदस्यहरुलाई पाँच हजार, जिल्ला समितिलाई रु. पच्चिस सय, गाउँ समितिलाई रु. एक हजार र विदेशस्थित सम्पक समितिलाई रु. पाँच हजार दायित्व तोकिएको पनि उहाँले जानकारी गराउनु भयो ।
स्वयम्सेवक, बास तथा भान्सा व्यवस्थापनमा मोहन, प्रेम, नारायन सुनुवार, झाँकी तथा संस्कृति व्यवस्थापनमा अमृत सुनुवारलाई जिम्मेवारी सुम्पिएको सचिव अमरदिप सुनुवारले जानकारी गराउनु भयो ।
एकातिर सुनुवार सेवा समाजले उठान गरेको वल्लो किरात स्वायत्त प्रदेशलाई संविधानसभाले सम्बोधन नगरेको अवस्था छ भने संस्थाभित्रकै पदाधिकारी र सदस्यहरुमा आदिवासी जनजातिको अधिकार सम्बोधन भएको भन्नेहरु पनि रहेको हुँदा ९ औं राष्ट्रिय सम्मेलनले अब आउने कार्य समितिलाई के कस्तो जिम्मेवारी सुम्पिने हो खासै निक्र्यौल नभएको अवस्था पनि देखिन्छ । अहिलेसम्म सडक र सदनमा उठेका कुरा अधुरै राखेर वर्तमान एकल जातीय बाहुनवादी सरकारसँग सती जाने निर्णय हुन्छ कि आदिवासी जनजाति सुनुवारको हक अधिकारको लागि निरन्तर वहस पैरवी गर्ने घोषणा हुन्छ हेर्न भने बाँकी नै छ ।
अन्तरक्रिया तथा ढोल बजाउने तालिम सम्पन्न
–सुनुवार डट ओआरजि समाचारदाता
“जबसम्म राजनीतिक रुपमा सचेत हुँदैनौं हामीले जतिसुकै साँस्कृतिक प्रशिक्षण लिए पनि काम छैन । राजनीति भनेको शक्ति हो । साँस्कृतिक चेतले मात्र शक्ति सञ्चय हुँदैन । राजनीति गर्नु भनेको शक्ति प्राप्त गर्नु परेको हो ।” सुनुवार सेवा समाज बेताली रामेछापले दुईदिने ढोल बजाउने तालिम तथा साँस्कृतिक अन्तरक्रिया समापनलाई सम्बोधनक्रममा कोइँचबु काःतिचले बताउनु भयो । गत केही हप्ता अगाडि कोइँच फुटबल टुर्नामेन्ट सम्पन्न गरेको सुनुवार सेवा समाज बेतालीले आउँदै गरेको शाँदार पिदारलाई लक्षित गरेर ढोल बादन प्रशिक्षण तथा समसामायिक अन्तरक्रिया गरेको छ ।
“जब कानुन नै विभेदकारी हुन्छ अनि देशका जनताले दुःख पाउँछन् । वर्तमान संविधान कोइँचको मानवाधिकार विरुद्धमा छ । यो देशको राजनीतिक परिवर्तनमा सुनुवारले ठूलो योगदान दिएको छ । तर हामीलाई राज्यबाट उत्पीडनमा पारिएको छ । खस भाषा, हिन्दू धर्मका लागि राज्यले लगानी गरेको छ तर हाम्रो भाषा, संस्कृति जोगाउन भने हामी आपैंmले खर्च गर्नु पर्ने कस्तो विडम्बना ?” रमेशकुमार सुनुवार, सुनुवार सेवा समाज जिल्ल समिति रामेछाप अध्यक्षले बताउनुभयो ।
दुई दिने प्रशिक्षणमा ढोलहरुको नाम, ढोलको ताल आदि सिकाइयो ।
“देश अहिले संकटमा गुज्रिएको छ । यो संकट भनेको नेपालका खस बाहुनहरुले ल्याएका हुन् । यसमा हाम्रै केही परम्परागत वाहुनवादी मान्छेहरुको पनि सहमति रहेको देखिन्छ । नेपालको संविधानले कोइँचको भाषिक, साँस्कृतिक, प्राकृतिक अधिकार खोसेको छ । कोइँचको मानवाधिकार खोसेको छ । यो संविधान कोइँचको विरुद्धमा छ । यसको लागि हामी सबै एकजुट हुनु पर्छ ।” सुसेस संस्कृति तथा अनुसन्धन विभागीय प्रमुख अमृत सुनुवारले भन्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका रामचन्द्र बस्नेत, एमालेका यसोदा घिमिरे समेतले आफ्नो भनाई राख्नुभएको थियो ।
रस्नालु, खिम्ती, नमाडी, फर्पु, बेतालीका युवाहरुको सहभागिता रहेको ढोल बादन प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष प्रविनकुमार सुनुवारले भन्नुभयो, “हामीले हाम्रो अधिकार खोज्दा अरुको अधिकार खोसेको ठान्नेहरु धेरै छन् । तर हामीले अरु कसैको अधिकार हनन् गर्न खोजेको होइन । हाम्रो मानव अधिकार उपयोग गर्न पाउनु पर्छ मात्र भनेको हो । तर यो देशको कानुनले खस बाहुनको भाषा, संस्कृतिलाई भने प्रवद्र्धन गरिरहेको छ । हामी कोइँचको भाषा, संस्कृतिलाई एक सुका खर्च गरेको छैन । बेताली गाविसमा पनि यो स्थिति छ । गाविसबाट हाम्रो कोइँचको शाँदार थानलाई बजेट विनियोजन गर्नु प¥यो भनियो भने सबैको अनुहार कालो हुन्छ । तर यही गाविसमा त्यही पर शिव मन्दिर छ त्यहाँ भने प्रायः हरेक वर्ष गाविसको बजेट केही केही हदसम्म विनियोजन भइरहेको छ । यो विभेद हो कि होइन । हाम्रो मानव अधिकारलाई नीति निर्माण गर्दा नै देशको मुल कानुनमा सच्याइनु पर्दछ भन्ने हो । हो, यही विभेदकारी कानुनको कारण अहिले आम नेपालीले दुःख खेपीरहेका छौं । तर उल्टै हाम्रा बाहुनवादी साथीहरु मधेशी र आदिवासी जनजातिलाई आरोप लगाईरहेका छन् । आमाबुबा दिदीबहिनी दाजुभाई, अब हामी हाम्रो अधिकारको बारेमा सचेत हौं । हिजोको जस्तो हाम्रो नाम बेचेर पेट पाल्न लगाउने काम नगराऔं ।”
बेलायतमा नारी दिवस !
-भावना परिष्कृत सुनुवार
विगत वर्षहरू जसरी यस वर्ष पनि संसारभरिका महिलाहरुले “१०६ औं” अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठलाई विभिन्न नारी जागरण कार्यक्रमहरु सहित धुमधामले मनाउदै छन् ! उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकार सम्बन्धि चर्चा परिचर्चा गरिदै मानिने महिला दिवस अर्थात (इन्टरनेसनल वूमेन्स डे) बिश्व महिला दिवस हो !
प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य बिषय (थिम) मा आधारित नाराहरु बनाइन्छ l प्रत्येक देशले आ-आफ्नै समसामयिक बिषयहरुलाई समाबेस गरी नाराहरु बनाउने गर्दछन । गत बर्ष (“१०५ औ” सन् २०१५) को नेपालको लागि राष्ट्रिय नारी दिवस नारा (राष्ट्रिय महिला आयोगबाट) “लैगिकमैत्री संविधान महिला हिंसाको निदान” रहेको थियो र यो बर्ष १०६ औँ नारी दिवसको लागि अन्तर्राष्ट्रिय नारा “लैगिक समानताका लागि पाइला हाराहारी, सन् २०५० सम्म हिसाव बराबरी” भन्ने रहेको छ र नेपालको लागि “संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौँ” भन्ने रहेको छ । यी नाराहरुलाई नाराको रुपमा मात्र सिमित नराखेर कार्यात्मकरुपमा अगाडि बढाउनु सबैभन्दा महत्वपूर्ण रहन्छ l यसरी नारी चेतनासँग सम्बन्धित नाराहरु निर्माण भई वैचारिक जागरण भई बिकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ भन्नुमा कुनै अत्युक्ति नहोला ।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने बिगत एक सय छ बर्ष ताका प्रारम्भिक चरणको कालखण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ l २९ फेब्रुअरि सन् १९०९ ताका, नारी मुक्ति आन्दोलनको सन्दर्भमा, जसको प्रथम अध्याय लेखिने काम सयुक्त राष्ट्र संघमा केही सामाजिक, जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो l त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो l जसमा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो l पुरुषसरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनुपर्ने, सदियौदेखि नारी माथि सामाजको नाममा, धर्मको नाममा, जाति र बर्गको नाममा हुँदै आइरहेको बिभिन्न खाले बिभेदहरु, लैगिक र अमानबीय ब्यबहारहरुको बारेमा खुलेर संघर्षको यात्रालाई अघि बढाउनेजस्ता साहसिक कार्यको थालनी भएको थियो ती अग्रज महिलाहरुबाट l जसको फलस्वरुप लैगिक विभेद, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिकजस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेदको बिरुद्धमा आवाज बुलन्दित गर्दै, अन्तर्राष्ट्रिय स्तरसम्म प्रभाव जमाउन सफल भए ती नारी अग्रजहरु l सन् १९११ मा यस प्रकारको महिला जागृतिले बिभिन्न राष्ट्रमा एउटा क्रान्तिको आन्दोलन चर्काउन सफल भएको थियो । सोही समयमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको शुभारम्भ गराई छाड्यो उक्त क्रान्तिले l यही क्रमलाई निरन्तरता दिदै रसियाका नारीहरुले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए l यसै समयदेखि सबै युरोपेली राष्ट्रका नारीहरुले समेत मार्च ८ कै दिन नारी दिवसलाई मनाउन थाले महिलामुक्ति र संघर्षको अभियानलाई अगाडि सारेर l सन् १९१७ ताका आइपुग्दा रसियाका नारीहरुले विश्व युद्धको बिरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरुको मत अधिकारको निम्ति तथा सबै क्षेत्रमा पुरुषसमान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन महिला विभेद मुद्दाको आवाजलाई झनै बुलन्दित पार्दै लान थाले l जसको फलस्वरूप रसियाका नारीहरुले मत अधिकार सुनिश्चित गराउन सफल भएका थिए l यसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको निरन्तरता पाइरह्यो l सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर, आठ मार्चकै दिन pratyek वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिकरुपमा घोषणा गरेको थियो l त्यसपश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिंदै आजको अवस्थासम्म आइपुगेको हो चेतनशील र जागरुक नारीहरुको दरिलो पाइलाको झड्काले गर्दा ।
मार्च आठको दिनलाई संसारभरका बिकसित र बिकाससोन्मुख देशहरुमा नारी अधिकारसंग सरोकार राख्ने बिभिन्न संघ संस्थाहरुले नारी जागरण सम्बन्धी बिभिन्न कार्यक्रमको आयोजना गरी मान्ने गर्दछन । सामाजिक, राजनीतिक, शैक्षिक, कला तथा साहित्य, खेलकूद, पत्रकारिता, चिकित्सा लगायत बिभिन्न बिधामा उत्कृष्ट नारीहरुलाई सम्मान गर्ने प्रचलन छ । उक्त दिन विश्वका अग्रज महिलाहरुको सम्झना गरिनुको साथै नारी मुक्तिको निम्ति योगदान पुराउने नेपाली नारीहरुमा अनुराधा गुरुङ्ग कोइराला, साहना प्रधान, पारिजात, दिल शोभा शाक्य आदि जस्ता व्यक्ति व्यक्तित्वहरुको सम्मानमा चर्चा परिचर्चा गरिन्छ । यसरी बिश्वभर १०६ औँ नारी दिवस मनाइरहेको सङ्गोपंगोमा बेलायतमा बसोबास गर्ने नेपाली नारीहरुको बिभिन्न संघसंस्थाले पनि नेपालभित्र रहेका असहाय नारीहरुको निम्ति शिक्षा, स्वास्थ्य, रोजगारमूलक बिभिन्न शीप तथा अन्य विविध क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले च्यारिटी कार्यक्रमहरु गरेर मान्दै आइरहेका छन । यसै प्रसंगमा नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतले आफ्नो स्थापनाकाल सन २०१२ देखि आठ मार्चलाई मनाउदै आइरहेको छ । यो बर्ष पनि लैगिक समानताका लागि पाइला हाराहारी सन् २०५० सम्म हिसाब बराबरी भन्ने अन्तर्राष्ट्रिय मूल नारालाई आत्मासात गर्दै, बेलायतमा नेपाली महिलाहरुको अबस्था, घरेलु तथा सामाजिक हिंसा त्यसको पहिचान र निवारणलगायत नारी चेतनामा आधारित विविध कार्यक्रमहरुका साथ १२ मार्च शनिबारको दिन भब्यरुपमा मनाउन गइरहेको छ ।
नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाहरुको समस्या समाधान र नारी मुक्तिको आन्दोलनसंग जोडेर मनाउन थालेको तीन दशक बढी पार भइसकेको अवस्था छ यधपि नारीहरुलाई समाज र राज्यले गर्ने विभेद र हेर्ने दृष्टिकोण उस्तै हुनाले समस्या जहाँको तहीं छन्, झन् गम्भीर हुँदै गएको महसुस हुन थालेको छ । एकातिर समयको परिवर्तनशीलता संगसंगै गणतान्त्रिक, लोकत्रान्त्रिक ब्यबस्था भइसकेको अवस्था र संघीय समाबेशी लोकत्रान्त्रिक व्यबस्थाको क्रममा विभिन्न बर्ग, क्षेत्र, जाति र समुदायका जनताले आ-आफ्नो हक अधिकार सुनिश्चित गर्नको खातिर लागि परेको बर्तमान परिपेक्षमा आधा आकास ढाक्ने र आधा धर्ती ओगट्ने नारी शक्तिलाई, मात्री शक्तिलाई राज्यले पुरुषहरु समान अधिकारको ग्यारेन्टी गर्न टड्कारो रूप नलिएको र दोस्रो कोटिको ब्यबहारभित्र पार्दै उलझाई रहेको छ। यसैगरी ग्रामिण परिवेशभित्र शिक्षाको उज्यालोबाट बन्चित नारीहरु माझ त झनै नारी मुक्ति बिषयसंग जोडिएको नारी दिवस मार्च आठले प्रभाव जमाउन रत्तिभर पनि सकेको छैन l पिछ्वाडा वर्ग, राज्यले समेत अपहेलना गरेको दूर दराजका कयौं दुर्गम बस्तीमा पुरुषहरुको अवस्था नै दयनीय छ भने नारी र बाल बालिकाहरुको अवस्था त कल्पना गर्दा मात्र पनि आत्माकम्पित गराउने खालको छ । यसै गरी आदिबासी नारीहरुको समस्या गैरआदिबासी नेपाली नारीहरुको समस्या भन्दा केही फरक प्रकृतिको छ । यिनको समस्यालाई पहिचान गरी निदान गरिनुपर्ने कुरामा सबै सरोकारवाला निकायको ध्यान आकृष्ट हुनु जरुरी छ । बिगतदेखि बर्तमानसम्म पनि नेपालभित्र अन्तर्राष्ट्रिय नारी दिवस महिला हिंसा र लैंगिक विभेद अन्त्य गरिनुपर्ने विषयमाथि केन्द्रित थियो र छ पनि l अन्तर्राष्ट्रिय स्तरबाट नै पनि महिला हिंसा रोक्ने माग गर्दै बिभिन्न खाले कार्यक्रमहरु भइरहेको पनि देखिन्छ l हाम्रो देश नेपालको सन्दर्भमा भने जति नै महिला अधिकार र लैंगिक विभेद अन्त्य गर्नुपर्ने नीति निर्माण भए तापनि, दिनानुदिन महिलाहरु माथि बर्बर घरेलु तथा सामाजिक हिंसा, बलात्कारजस्तो जघन्य अपराध भई नै रहेको छ । यसरी महिला हिंसा बढ्नुको मूल कारण राज्यको कमजोर कानूनी प्रक्रियाको साथै, सामाजिक, धार्मिक, सांस्कृतिक कारणहरु नै मुख्य जिम्मेवार छन् l घरभित्रदेखि विभेद खेप्दै नारी समाजको मैदानसम्म बिभिन्न खाले जायज नाजायज नीति नियमको शिकार बन्दै प्रताडित भइरहेकी छिन् । पिंढी जतिसुकै परिवर्तन भएपनि, समाज जतिसुकै शिक्षित भए पनि र सभ्य भए पनि नारीप्रतिको सामाजिक सोच भने पुरानै संस्कारको घेराभित्र कैद छ अझै पनि l पुरातनबादी सोच र पुरुषबादी मानासिकताउपर शुद्धिकरण नभएसम्म नारी मुक्ति सम्भव छैन l तसर्थ यो अन्तर्राष्ट्रिय नारी दिवस चेतनशील नारीरुको मात्र अभिभारा नभइकन समाजको, राज्यको नारी मुक्तिप्रतिको गहन जिम्मेवारी हो प्रमुख सरोकारको बिषय हो । बोक्सीको आरोपमा, दाइजो नल्याएको आरोपमा, छोरा नजन्माएको आरोपमा, छाउपडी, कम्लरीजस्ता कुरीतिको अवशेषको रूपमा नारी प्रताडित हुँदैनन्, बलात्कार बेचबिखन हुँदैन, घरेलु हिंसाको शिकारबाट नारी मुक्त हुँदैनन्, राज्यको हरेक तह र तप्कामा पुरुषहरूसरह अधिकारहरु सुनिश्चित गरिदैन र पूर्णरुपमा शारीरिक र मानसिकरूपमा नारीहरु चारै प्रहर सन्तुलित र सुरक्षित रहँदैनन् तबसम्म नारी दिवस मान्नुको कुनै सार्थकता हुँदैन ।
प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मान्नुको पछाडि कुनै खुशियालीको उत्सव थिएन र छैन पनि तर कामना गरौँ भविष्यमा खुशियालीको उत्सव बनोस् भनेर । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना देशभित्रका, विश्वभरिका नारीहरुलाई !!!
सचिव – नेपाल आदिवासी महिला महासंघ बेलायत
सुनुवार मुग्दुम बिधि बाट नै रिति रिवाज
सरिन्ग आफ
मन बचन र कर्मले गरियो भने शायद केहि हुन्छ कि ,
२०७२ साल फागुन १६ गतेका दिन रामेछाप जिल्ला रस्नालु गाबिस को वार्ड नं ३ र वार्ड नं ४ (ओख्रे, बुर्के, सोत्रेनी, राजखर्ग ढयांग्रे) का स्थानीय ब्रिद्द तथा अग्रज हरु को अगुवाइमा उपरोक्त मिति बाट नै लागु हुने गरि सके सम्म पूर्ण रुपमा सुनुवार मुग्दुम बिधि बाट नै जन्म, बिबाह तथा मृत्यु को रिति रिवाज कायम राख्दै आफ्नो मौलिकता जोगाउने निर्णय गरिएको छ . साथै उक्त दिन गणेश बहादुर सुनुवार को संयोजकत्व मा संचालक समिति गठन गरि ‘सुनुवार आपतकालीन कोष’ नामक कोष खडा गरि सोहि दिन बाट नै ब्राम्हण पुरोहित पूर्ण रुपमा परित्याग गर्ने घोसणा गरिएको छ .
जन्म, बिबाह तथा मृत्यु तिनै वोटा बिसयमा छुट्टा छुट्टै बुदा बनाई आबस्यकता अनुसार उपबुदा बनाएर गजपत्र तयार गरि स्थानीय सबै बाट सहि छाप उठाएर नियम को रुप मा स्वीकार गर्दै लागु गरिएको छ
ईश्वरको खोजीमा
–कोइँचबु काःतिच
ओ प्रिय,
म तिमीलाई कसरी ढाँट्न सक्थेँ ?
तर पनि,
तिमी भन्छौ –
नढाँट्नु है नढाँट्नु,
मलाई चाहिँ नढाट्नु
मलाई ढाँट्नेलाई ईश्वरले एक दिन देखाई हाल्छ ।
प्रिय,
म बढो दोधारमा परेको छु
ईश्वरको अदालतमा एउटा उजुर दर्ता गर्नु छ
सुन्यौ नि,
“मधेशीलाई संविधान पढ्नै आएन, बुझाउनु रे
संविधानका सबै धारामा उल्लेखित दामी अधिकार
आदिवासी जनजातिले जाँड खाएकाले देख्दै देखेनन् रे”
सत्य के हो खुट्याउनु छ ।
ओ मेरी प्रियतम,
सोध्न मन लागिरहेछ–
हे परम प्रभु परमेश्वर
संसारमा कति जना ढाँट्नेहरुलाई कारवाही गरेका छौ ?
कृपय, मलाई ठेगना चाहियो,
कहाँ छ ईश्वर ?
को हो ईश्वर ?
म बाहिरको “स्वैर–कल्पना” ?
कि हामी (तिमी र म) भित्रको इइँ गि “इँगि” ?
……
–काःत, चुप्लु (ओखलढुङ्गा)
शब्दार्थ
इइँ : सबै भएभर सन्सारको हामी । (कोइँच भाषामा दुईवटा हामी छ – एउटा आइँ : यसले सानो परिवार, सानो गाउँ वा देशका मानिसहरुलाई मात्र सम्बोधन गर्दा भनिने सर्वनाम शब्द हो भने इइँभन्दा सारा सन्सारको सबैभन्ने अर्थ बोक्छ ।
गि : विशुद्ध आत्म ।
इँगि : हामी सबैको एकमुष्ट प्राण, अर्थात् सचेत विशुद्ध आत्म जो अजर छ अमर छ, अकाट्य छ ।
#ForPeacefulNepal
