All about Sunuwar

Archives

now browsing by author

 

थेअ्नि

-नरबहादुर सुनुवार (सोम)

मुखियाकी छोरी
फेसबुकमा पोक हान्छे
मेरो मुटु छेड्ने गरि
धेरै नजिस्काउ मोरि
धनुषवाण मेरो नि छ

अशक्ति ममा नि छ
मनै त हो सबैको
कोइँच मौसुफको
फेला परौली नि फेरि।

सिन्धुली हाल कतार

 

 

राजनैतिक घटना,दुर्घटनाको जिम्मेवार स्वयम हामी नागरिक

-Jesho mi Koinch

सुगम ठाउँमा बस्ने उच्च राजनैतिक गल्लाहरु गाउँ पस्छन र चेतना भएकालाइ एकातिर अर्ध चेतना भएकालाइ अर्कोतिर अनि चेतना नै नभएकालाइ एकातिर पारेर मानसिकता नाप जाच गर्छन।चेतना भएकालाइ आफ्नो हात्तिको देखाउने दात जस्तो वाद र विचार पोत्न थाल्छन।अर्ध चेतना भएकालाइ आधा सपना देखाउछन। चेतना नै नभएकालाइ दैवी शक्तिको पौराणिक मन्त्र सुनाउछन। र लुटतन्त्रको सुनको ढोका खोल्न सफल हुन्छन। हामी र हाम्रो हैसियत किन लथालिङ्ग भयो र विश्व समुदाय माझ विचित्र को देखिन थाल्यो भनेर हामीले कहिल्यै सोच्न सकेका छैनौँ। मिठा मिठा कुरा सुनेर मख्ख पर्नेको जमानामा आधुनिक शिक्षा द्वारा दिक्षित युवा जमात पनि मीठो शब्द ओकल्ने र फड्कार्ने जिव्रो को पछि लाग्न थाले पछि हाम्रो परिवेश एक समयसम्म लोक कथा सुन्नमै व्यतित हुने पक्का छ। विज्ञानको बिषय पढ्दा सिसाकलम र खालि कागजमा प्रयोगशाला निर्माण गरे जस्तो नेपाली राजनीतिको माहोल र यस्को प्रयोग पेन्सिल आर्ट भन्दा फरक छैन।राज्य केही समयसम्म जनयुद्दको मारमा रुमल्लियो। जनुयुद्दकाल मा राज्यको पहुचबाट पर हुन पुगेका स्थानहरु मा हिजोआज खिइएका ग्रीनेड,बम पाइन थालेको छ।आतसतायी जनयुद्द पछि पनि देसमा अमन-चयन कायम हुन सकेन।हाम्रो सबैभन्दा ठूलो समस्या वेरोजगारी समस्याको हल निस्कन सकेन। विश्व समुदायले आजको युगलाइ मेसिनको युग भन्दै गरेको यो अवस्थामा हाम्रो देस लोडसेडिङको अध्यारो तर्फ उन्मुख हुँदै गयो। वजार अव्यवस्थित हुन पुग्यो। आफ्नो नागरिकको हितको लागि भनेर जिम्मेवारी पाएका हरेक व्यक्ती,तहतप्का र राजनैतिक दलहरूले हरेक सामानलाई महङ्गाई को उचाइ मा पुर्‍यै दिए। कष्टकर बन्दै गएको हाम्रो दैनिकीलाई व्यवस्थित गर्न अब अर्को आधा शताब्दी लाग्ने निस्चित प्राय भैसक्यो।यति हुदाहुदै पनि हामीले आफ्नो आत्म निर्णयलाई प्रवल र प्रभावकारी वनाउन सकिरहेका छैनौं।र अर्को कुरा आफ्नो राष्ट्रको लागि भनेर हृदय देखि सोच्न सक्ने समय राज्य र राजनैतिक दलहरूले हनन गरिदिएका छन। यस्को कारक तत्व उनीहरुद्वारा हिप्नोसिस गरिएका केही युवा जमात नै हुन। विश्व अर्थतन्त्रको सामु निरीह हाम्रो अर्थतन्त्र राजनैतिक अदुरदर्सिता कै कारण कम्जोर हुँदै गएको छ। अनुदान मागेर,रिण मागेर अर्थतन्त्र कहिल्यै सबल हुदैन।आफूसंग पर्याप्त स्रोत र साधन हुदाहुदै लाखौं जनशक्ति हुदाहुदै पनि राज्यको नीति दिन प्रतिदिन निस्कर्सहिन र अपारदर्शी हुँदै गएको छ। राजनैतिक दलहरूको असक्षमता आजको परिस्थिति हो। कुनै पनि देसको सह अस्थित्व स्विकार्नु अर्को नियती हो। भारत जस्तो बर्सेनि हजारौं कृषले असफलता कै कारण आत्महत्या गर्ने परिस्थिति भएको र भ्रष्टाचारको मुल उद्गम विन्दु भएको देससंग सहकार्य गरेर नेपाल कहिल्यै उभो लग्न सक्दैन।जस्को आफ्नै देसमा छिट्फुट गृहयुद्ध संचालन भैरहेको छ,जस्को आफ्नै करोडौं नागरिक वेरोजगारी समस्याले पिल्सिएका छन,जहाको अर्थतन्त्र निस्चित पहुच भएका व्यक्तिमा निर्भर छ तेस्तो मित्र राष्ट्रसंग हातेमालो गरेर सम्वृद्दिको सपना देख्न सकिन्न।हामिलाइ अहिले वहुराष्ट्रीय कम्पनी को लगानी को व्यापक खाचो छ।हाम्रो उत्पादनलाई विश्व वजारसम्म पुर्‍याउन भारत र चीन बिचको उपस्तिथि मा सन्तुलन चाजिएको छ। नेपाली बजार र अर्थतन्त्रमा सुधार गर्न छिमेकी दुई देसको समान तर प्रतिस्पर्धात्मक उपस्थिति हुन जरुरी छ। भारतिय एकाधिकार हाम्रो लागि सधैं हानिकारक छ। यी सबै हुनुमा हाम्रा राजनैतिक दलहरु सत प्रतिसत जिम्मेवार छन।उनीहरुको हैकमवादलाइ फलाउन फुलाउन हामी सधैं उनीहरुले दुतको रूपमा पठाएको राजनैतिक गल्लाको महत्वाकांक्षी योजना सक्रिय हुन्छौँ। कुनै पनि विचार र वाद राम्रो मानेर स्विकार्नु आत्माधिकार को विषय हो। कुनै पनि राजनैतिक दलमा आवद्द हुनु व्यक्तिगत स्वतन्त्रताको विषय हो। तर तेहि कार्यले सिङ्गो राष्ट्र अनिर्णयको बन्दी हुनु र वहुसंख्यक नेपालीले समस्या झेल्नुलाई व्यक्तिगत स्वतन्त्रता र तेस्तो खाले आत्मनिर्णयले सान्त्वना दिन सक्दैन।नागरिक भए पछि नागरिकको कर्तव्य पनि हुनुपर्छ। आफुलाइ कुन ठिक लाग्छ र कुन वेठिक लाग्छ भन्नु भन्दा पनि कुन दुरदर्शी र प्रभावकारी छ भनेर सोच्न सक्नु नै सक्षम नागरिक को कर्तव्य हो। राजनैतिक असक्षमताको पराकाष्ठा नाघ्नु राजनितिको दोष होइन। तेस्लाइ नागरिक को लापरबाही र उद्दण्डता सम्झदै ठिक होला। नत्र एक पटक प्रदुषित भैसकेको व्यक्ती सोहि पद/स्थान/निकायमा पुन आएर पुरानै गल्ती गर्नु कस्को गल्ती हो? राष्ट्रको इज्यत मै दाग लाग्ने गरि सार्वजनिक पद मा आसित भएर कुकार्य गर्ने अनि कानुनको झन्झट बाट जोगिन आफ्नै सार्वभौमिकता र वहुसंख्यक नेपालीको संरक्षक मानिने कानुनकै प्रयोग गरेर अर्कै देसको नागरिकता ग्रहण गर्नु कस्को दोष हो? के यस्तो परिस्थितिमा खवरदारी गर्ने कर्तव्य हाम्रो हुदैन?

गजल

-मोमिलन सुनुवार

छामेर मुटुको चोट छातिमा राप थामी आएँ

विकट छनि यो संसार दुखव्यथा छानी आएँ।।

 

कोहि छन दरिद्र सपना नै नभएका पनि

सम्वृद्द कथा सुनाउदै जानि नजानी आएं।।

 

शत्रुछन धेरै पछाडि धकेल्न मात्रै जानेका

भोक र सोकले डुबेको ठाउँ यो ठानी आएँ।।

 

सबैको मानवता पसलको सामान सरह छ

फर्क ए ! नबेच इज्यत भन्दै तानितानी आएँ।।

 

अँध्यारो व्यावहारले हुन्छ वैरी आफै हो आफ्नो

आफू भित्रकै कालो मनलाई दोष मानी आएँ।।

 

खुलु-६ सैपु रामेछाप।

जानिन

आँसु झार्नु बृहत पिडा हो!
उमंग मा पनि वेदना हुन्छ!
पिडामा साथ दिने आफ्नु जाती हुन्न!
वेदना पुछ्ने आफ्नै सन्तान हुन्छ!

जब पिल्छिएको हुन्छ चोटहरु
बजारिन्छ सपनाहरू बगरमा
झिनो आशा रहन्छ जिउने यता कता!
लखेटेर आउँछ भेल आफै तिर!

नियालेर हेर्छ माथी बाट प्रकृति
अनि विलीन हुन्छ मेरो आकृति
जब ठेल्छन तुफान हरुले मलाइ
हुत्तिएर सहमालिन सक्दिन यहाँ

मुख खोलिरहेको हुन्छन अजिङ्गर
तब तब त खुल्छ यी अन्धा नयन
जब खुल्छन ती परेली का तड्पाइ
ब्यबस्था गर्छु आफैले आफै लाई!

आँसु मा साथ दिने जाती हुन्न!
पीडा सहमाल्ने त सन्तान हुन्छ!
उमंग मा पनि वेदना को ताती हुन्छ!
जब पीडा सहन्छु यो मन रुन्छ!
जब अपहरण हुन्छ मेरो भबिस्य!

-पर्देशी (साइला)जोहन!

दसै वहिस्कार गर्नु भन्दा…

-Jesho mi Ngawach
दसैको विवाद भैरहेको वर्तमान समयमा हामीले के बुझ्न खिजेका छैनौ भने दसै वहिस्कार या नमान्ने कुरामा भन्दा दसैलाइ दसै किन भनियो भनेर पहिला प्रस्न गर्न जरुरी छ। दसै किरात भुमिमा मौलाएको हिन्दु सस्कृती हो। यस्लाइ किरातहरुको पर्व होइन भन्ने आधार धेरै छन। तर दसैको मात्रै कुरा गर्दा हाम्रो मौलिक र प्राकृतिक किरात पर्व ओझेलमा पर्दछ। किरातहरु युद्द र युद्दबाट विजयी भएर कुनै पर्व मनाएको पाइदैन। युद्दकला को वर्णन गरिए पनि धेरै जसो आफू कहाबाट आएको? हामी के थियौँ? हाम्रो इतिहास के हो? हामीले के गर्नुपर्छ? आदि इत्यादि ऐतिहासिक घटनाक्रम को मात्रै वर्णन किरात सस्कृतिले गर्छ। तेसैले दसै वहिस्कार गर्नु भन्दा आफ्नो वास्तविकतालाई नै पहिला एकिन गर्न जरुरी छ।

दसै आफैमा विजय पछि मनाइने उल्लासमय चाड हो। यस्को प्रकृति हेर्दा यस्तै लाग्छ।रगतकै खोला बगाएर रगतले नै विभिन्न स्थान रङ्गाउने अनि अस्त्र प्रदर्सन गर्नु दसैको मौलिकता हो। यो क्षेत्रीय परम्परा हो। अर्कोतिर हामी किरातिहरु प्रकृतिको उपासक हौँ। यस्मा दुइमत छैन।पित्री र प्रकृति पुज्नु नै किरात को प्रमुख पहिचान हो। अन्नबाली लगाउदा, अन्नबाली स्याहार्दा हामी किराती खुसियाली मनाउने गर्दछौँ। यस्तै हिन्दु सस्कृती दसै र किरात सस्कृती फसल भित्र्याउने पर्व एकै समयमा पर्दछन। किरात भुमीमा हिन्दु सस्कृतिको आगमन पछि मात्रै भएको इतिहासले एकिन गरिसकेको छ। यस दृष्टिकोणबाट हेर्दा पनि हिन्दु सस्कृती दसै किरात सस्कृती अन्न भित्र्याउने पर्वसंग मिसिएको भनेर ठोकुवा गर्न सकिन्छ। हिन्दु धर्म अनुयायी सासकहरुको धएअपकड को कारण दसैसंग मिसिन पुगेको किरात प्राकृतिक पर्व हिन्दुकरण हुँदै गयो। नेपाली भाषी साहित्यकारहरुको लेखहरुको आसय हेर्दा,बुझ्दा हामीले यो निस्कर्स निकस्ल्न समय लगाउनु हुन्न कि हिन्दु सस्कृती अरु सस्कृतीको अस्थित्वमा धावा बोल्न कुनै पनि हालतमा पाछी पर्दैन थियो।तेस मध्य किरातहरुको प्रमुख चाड हिन्दुकरण हुन थाले। मानिस एकैपटकमा मानिस हुदैन। उ मानिस हुन पहिला कुनै समुदायको एउटा सदस्य हुन्छ अर्थात उ पहिला कुनै जातिको सदस्य हुन्छ।फरक फरक जाती समुदायको मिलन नै सद्भावयुक्त समाज हो। तेसपछी मात्रै उ कुनै देसको नागरिक हुन्छ।उसलाई त्यहासम्म आइपुग्न धेरै नीति नियम अबलम्बन गर्न आवस्यक हुन्छ। आफ्नो सस्कृती,भाषा र सभ्यताको पाठ उसले राम्रोसँग अंगिकार गरेको हुनुपर्छ। सस्कृती,भाषा मध्य कुनै पनि एक पक्ष नभएको खण्डमा तेस्तो मानिस घुमन्ते हुन्छ। उस्को समाज हुन्न।राष्ट्र हुन्न।कुनै पनि जाती समुदायको अस्थित्वलाई सखाप पार्न त्यो समुदायको सस्कृती तहसनहस पर्न जरुरी हुन्छ। किन कि सास्कृतिक अतिक्रमण छिटो माध्यम पनि हो। यहि रणनीति लागू गरेर हिन्दु सज्कृतिले किरात सस्कृती माथी अतिक्रमण गरेको हो भनेर भन्न सकिन्छ। यस अर्थमा किरात पर्व जहाको तेहि छ। समय उस्तै हो। परिस्थिति र परिवेश उस्तै हुन। जहाँ अहिले दसै विराजमान छ। किन कि किरातिहरु वालिनाली भित्र्याउदा भव्यताका साथ खुसियाली मनाउने गर्दछन। किरातिहरुले आफ्नो गोठमा उत्पादन गरेको दहि र नया चामल मुछेर निधार भरी टीका लगाउने गर्दथे। यो मनगढन्ते तर्क होइन। समय, रिति र प्रकृतिको नियमलाइ बुझ्दा यस्तो हो भनेर भन्न सकिन्छ। अझैसम्म पनि गाउँ घरमा गोठ धुप गरिन्छ। गोठधुप गर्दा खिर पकाएर खाने चलन छ।

दसै वास्तविकता मा पछि न्वारन गरिएको नाम हो। दसै हुनुभन्दा पहिला सायद न्वागी हुनुपर्छ। त्यही न्वागिलाई हिन्दु सस्कृतिले विजया दसमी बनाइदिए को हो। न्वागी को अर्थ नया वाली भित्र्याउदा प्रकृति र पित्रीलाई नया अन्न समर्पण गर्नु हो। यो कुनै युद्द विजयको पर्व नभएर न्वागी पर्व हो भनेर भन्न सकिन्छ। यस्मा हिन्दु सस्कृतिले व्यापक अतिक्रमण को कारण न्वागी पर्व ओझेलमा पर्न गयो। प्रकृति र पित्री लोप हुन पुगे र हिन्दु देवि देउता राम,दुर्गा जोडिन पुगे। रातो रगत र तेस्को प्रतिकको रूपमा रातो रङ्ग पहिचान बन्न थाले। दहि र चामले मुछिए को टिकामा रगत को प्रतीकको रूपमा रङ्ग मिसिन थाले।

दसै वहिस्कार गर्नु केही हदसम्म जायज होला। तर यतिले मात्रै हामिले पर्याप्त उपलब्धि पाउन सक्दैनौं । दसैले थिचेको हाम्रो आफ्नो प्राकृतिक पर्व न्वागी लाई पुनर्जीवन प्रदान नगरेसम्म दसै पलायन हुन सक्दैन। दसैसंग टाढा हुनको लागि हाम्रो युग बोकेर सिथिल बनेको चाडलाई छिटोभन्दा छिटो जीवन प्रदान गरे* पछि,उधौली/उभौलीको वास्तविक अस्थित्व प्रकासमा आए पछि मात्रै दसैले हामीबाट विदा लिने छ। दसै हामिबाट जनु र नजानुमा किरात समुदाय र किरात सस्कृती नै कारक तत्व हुनेछ।

दशैं केही भ्रम केही यथार्थ ।

-काःतिच
दशैंमा एक दिन विदा होस् । न तास खेल्न पाउँथे । न पिङ खेल्न । न ससुराल जान पाउँथे । न मामाघर जान पाउँथे । न त यी खस बाहुनले मौलो पुजा गरेर पैंसा हाम गर्न पाउँथे । दशैं राज्यले नमनाउने हो भने के हविगत हुन्थ्यो खस बाहुनको ? दशैं व्यापार, दशैं शक्ति सलला रसाएर घुरेनमै बग्थ्यो ।
तर दशैं आदिवासी जनजातिले पनि मान्नु परेको यथार्थ भनेको राज्यशक्तिको दमनशोषण नै हो ।
दशैंमा १ महिनाको कर्मचारीलाई बोनस, सरकारले नै दशैंको नाममा एक महिनाको बोनस तलब दिएपछि किन नमानाउने दशैं ।
दशैंमा १५ दिन स्कूल छुट्टी पढाई नभएपछि के गर्ने अनि हिन्दूले जे जे गर्छन् त्यही नगरी के गरुन् बच्चहरु ।
दशैंमा ५ दिन कर्मचारीलाई छुट्टी दिएपछि घर किन नजाउन त कर्मचारी । सधैं छुट्टी पाइने होइन अनि यहीबेला ठूलाबढाको आशिष थाप्न किन टिका नलगाउने त ?
दशैंमा मौलो पूजाको लागि प्रत्येक गण, कोतमा राँगा र पूजा सामाग्री अनि पुरेत खर्च छुटाउनको साथै दशैं भोज सरकारले दिन्छ त सेना प्रहरीले दशैं पूजा किन नगरुन् ।
दशैंमा नै गुठीसंस्थानले विभिन्न मठमन्दिरमा दशैं पूजा खर्च बाँड्छ किन नगरुन् त नवादुर्गा पूजा मन्दिर मन्दिरमा गुठी कर्मचारीले ।
दशैं मान्नको लागि आर्मीलाई राज्यले निर्देशन दिएको छ गोर्खाबाट काठमाडौंमा फुलपाती भित्राउन सरकारले आर्मी परिचालन गर्छ राज्यको ढुकुटीबाट खर्च गरेर ।
दशैंमा सुनुवार (१२ र १० किपटीय)ले पनि पहिला पहिला जिउँदै मजुर, मृग, कालिज, डाँफे, मुनाल, घोरल शाह तथा राणाहरुलाई घर घरमा पु¥याइदिनु पथ्र्यो । पछि उनीहरुलाई सिकारी पल्टनमै आबद्ध गरियो । अहिलेको रामेछाप भीरपानी र ललितपुरको ठूलो दुुर्लुङ अनि मकावनपुरमा बसोबास गरेका सुनुवारहरु त्यसैसमय सिकार विर्ता पाएर बसेका हुन् ।
दशैं त कोइँच सुनुवारले मनाउने कुरा भएन । तर आफ्नो चाडमा पाँच ५ दिन छुट्टी नपाइने हुँदा कतिपय जातिले यही दशैंको बेला आफ्नो चाडपर्वलाई पनि सम्मिलन गरेको देखिन्छ । जस्तै कोइँचहरुले दशैंकै बेला सिदा पिदार गर्नु, विवाह लगायतका विभिन्न कार्यको करकोसेली बुझाउनु, ठूलाबढाको आशिर्वाद थापेर आफन्तजनसँग भेटघाट गर्नु । कसैले छेँगु पिदार र न्वागी पनि यहीबेला गर्ने गर्दाछन् । स्वाभाविक रुपमा हामीले व्यवहारिक कुरालाई हेर्दा सरकारी काम विदा हुनु अगावै गर्छौं भने सामाजिक काम विदामा पारेर गर्छौं । क्लब, सामाजिक संस्था, साहित्यिक तथा अन्य गोष्ठीहरु विदाको दिन पारेरै गर्छौं सजिलोको लागि । हो कोइँचमा पनि यस्तै यस्तै गर्दा गर्दै दशैंको बेला सिदा पिदार र तिहारको बेला सुरोम पिदार गरिएको हुनसक्छ । सुनुवारले हिजोआज दशैं तिहारमा हाम्रो संस्कार संस्कृतिलाई भने विर्सेको देखिन्छ । र, दशैं मात्र मनाउने गरेको देखिन्छ । यसैले आदिवासी जनजातिहरुका चाडपर्वहरु कतिपय सन्दर्भमा हिन्दू चाडपर्वमा सम्मिलन भएका छन् । हिजोआज कतिपय समाजशास्त्री, आदिवासीविज्ञहरु अन्धाधुन्दा हिन्दूधर्मका चाडबाड बहिस्कार गर्न उफ्ररी पाफ्री लागेको देखिन्छ । बहिस्कार गर्नको लागि पनि परिवर्तनको आधारहरु आवाश्यक छ भनेर कसैले खोेकेको लेखेको पाइएन । यो नै ती सामाजशास्त्रीहरुको भूल हो । समाज विस्तारै परिवर्तन हुन्छ । हामी परिवर्तनको मोडमा छौं । यसमा कोही निरास र हतोत्साही हुनु पर्दैन । दशैंतिहार हाम्रो चाड होइन । तर दशैं र तिहारमा कतिपय हाम्रा परम्परागत चाड सम्मिलन भएका छन् । यो कुरा मनन गर्नु आवाश्यक छ । पहिला कोइँचले दशैं नमनाए कारवाही हुन्थ्यो । त्यसैले दशैंको नवमीमा पशु बली दिएको रगत हातमा दलेर दशैं मानेको प्रमाण घरको ढोकाको दायाँबायाँ हत्केलाको छाप हान्नु अनिवार्य थियो । अहिले पनि कात्तिकमा फेरि लगाउने जोगी आउँछ । यि जोगीहरु पृथ्वीनारायणले सिआइडि खटाका व्यक्ति हुन् आफ्नो राज्य विस्तार गर्न । तर हामीलाई त्यत्ति पनि था छैन अझै पनि फेरि लाउने जोगी आएन ग्राहदशा मन्साउनु पर्ने, भूतप्रेत भगाउँथ्यो कहाँ मरो भन्छम् । जोगीहरु नाथ सम्प्रादयका खस हुन् । यिनीहरु कार्तिक र चैतमा डुल्छन् । उनीहरुको जागीर गए पनि परम्परा बनेर अझैरहेको छ । जसरी दशैंलाई अहिले राज्यले मान नभने पनि परम्परा बसेको छ । तर हामीले बुझेपछि विस्तारै छाड्दै जाने हो । जादुको छाडी जस्तो आजको आजै हुँदैन । तर राज्यले भने प्रक्रियागतरुपमा कुतनैतिक पाराले दशैं मान्न लगाइरहेको छ ।
यो कुटनैतिक कुरालाई कानुनमा उल्लेख गरेर व्यवस्था गरिदिएको छ । जुनसुकै देश होस् त्यस देशको कानुनको मुल जरा भनेको परम्परा हो । शुक्रवार गुड फ्राइडे मुस्लिम परम्परा । युरोपमा आइतावर र सनिवार क्रिस्चियन परम्परा । नेपालमा शनिवार शनि ग्रहको शान्तिको लागि हिन्दू परम्परा । यसैले नेपालको कानुन पनि हिन्दू परम्परामा मात्र आधारित छ । यसैले किरात लगायत अन्य धर्मावलम्बीहरु मारमा परेको हौं । हामीले हिन्दू धर्मको विरोध गरेको होइन । हामीले राज्यले कुनै एक धर्मलाई काखमा राखेर अन्य धर्मलाई पाखा लगाउनु हुन्न भनेको हो । यो राजनीतिक कुरा हो । जबसम्म राजनीतिक सचेतना हामीमा आउँदैन, दशैं जस्ता धेरै चाडले हामीलाई दुहुना गाई बनाइराख्छ । यो यथार्थलाई सबैले मनन् गर्ने हो कि ?

दशैंको तीते करेली

–कोइँच बु काःतिच
पत्रकारिताको अर्थ सुझाउने धेरै छन् । तर जति स्वातन्त्र पत्रकारिताको कुरा गरिन्छ त्यतिकै पत्रकारले लेखेका समाचार निस्पक्ष भने हुँदैन । जसरी इतिहास जित्नेहरुको पक्षमा लेखिन्छ । त्यस्तै समाचार पनि मालिक, बाठा र पैसावालका पक्षमा लेखिन्छ । जतिसुकै निस्पक्ष लेख्छु भन्नेहरुले पनि अनन्त नुनको सोझा गरेर वास्ताविकतालाई चपरी मुनि पुर्ने काम गरेकै देखिन्छ ।
हो, दशैंको बेला विभिन्न पत्रपत्रिकाले दशैं विशेष अंक निकालेको देखियो । तर राज्यमा यतिका जनताले ६ महिनामा शाहदत प्राप्त गरे । सारा नेपालीले कष्ट भोग्नु प¥यो । आदिवासी जनजातिको यसभन्दा अगाडि प्राप्त अधिकार खोसियो तर न आदिवासी जनजातिको अधिकारलाई दशैं विशेष अंकले समेट्न सकेको छ न हाम्रा आदिवासी जनजाति खोल ओडेका नेताहरुलाई आदिवासीत्व बोध भएको छ । सबैको आ–आफ्नै डम्फु बजाउने होडबाजी छ । अन्ततः न डम्फु राम्रो बजाउन जान्नेहरुको डम्फुको ताल सर्वसाधारण जनताले सुन्न पाए न बेसुरा तालमा डम्फु बजाउनेको डम्फुको ताल जनताले राम्ररी सुन्न पाए । अखिरी जनतालाई डम्फुको मादकता कति हुन्छ ? अनुभूति गर्न नै दिइएन । यतिबेला राज्यको चौथो अंग र पब्लिक इन्टेलेक्चुयलहरुले संयतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गर्नुपथ्र्यो । त्यस्तो अनूूभुति कहिल्यै हुन सकेन ।

यसैले
विभिन्न वाद र विचारमा
विभिन्न आस्था र विश्वासमा
वर्षौं अघिको खोमित वचन ध्रुवसत्य मन्त्र जपेर
दासत्व स्वीकार्ने बौद्धिक गिदी सापटी लिएर
वाध्यताको भुमरीमा वैचारिक कारोबार गर्ने
हाम्रा पब्लिक इन्टेलेक्चुयलहरु
राज्यको चौथो अंगका सदस्यहरुबाट
जालझेल र धुत्र्यइँको यथास्थितिमा उन्मुक्तिको आशा राख्नु
भत्भति पोल्ने मध्यान्हको ङास्वा दिवा स्वप्न मात्र हो ।

तर,
वेथिति, स्वेच्छाचारिताका विषयामा
अलिकति मात्र असन्तुष्टि पोख्यो भने
यिनै संकीर्ण र यथास्थितिवादी
हाम्रा पब्लिक इन्टेलेक्चुयलहरु
राज्यको चौथो अंगका सदस्यहरुका
अन्धभक्त चेला विभिषणहरुको मन अचाक्ली कुँडिन्छ
प्रभु भक्तिमा चोट लाग्छ र थुतुना फर्फराउन थाल्छन्
अनि रावणको शिर छेदन गर्ने शक्तिशाली तीर बनेर वर्षिन्छन्
ठाङ्ठाङ् ठुङ्डुङ्
फिउ फिउ फाउ फाउ
सुईँय्या स्विप स्याँ …
सिरिरि रगतका छर्राले ल्याछेप्पै भिज्दा
लाग्छ विभिषणहरु मर्यादापुरुषोत्तम राम नै हुन्
रावण मारेर रक्तताम्य विजयोत्सव मानिरहेका छन् ।