Archives
now browsing by author
आर्थीक सहयोगको निम्ति हर्दिक अनुरोध ।
रामेछाप जिल्ला भूजि गा.वि.स वडा नं. ६ फास्तुनिवासी बर्ष२०की अन्जना सुनुवार घाँस काटने क्रममा साथीहरुले ढुंङगा लडाउदा भागने क्रममा भिरबाट लडी गम्भीर घाईते भएकोले हाल बीर आस्पतालमा उपचार गर्न वीर अस्पतालमा भर्ना भएकी छिन् । उक्त घटना कार्तिक १४ गते घटेको घाईतेकी आमा बुबाबाट जानकारी प्राप्त भएको छ भने निज घाईतेलाई जिरीबाट रु १२००० तिरी एम्बुलेन्समा ल्याउनु परेकोले हाल उपचार खर्च पनि अभाव भनि सहयोगको निम्ति गुहार माग्नु भएकोले सुनुवार सेवा समाज केन्द्रीय समिति याँहहरुमा आर्थीक सहयोगको निम्ति हर्दिक अनुरोध गर्दछौं ।
साहसिक व्यक्तित्व सानुबाबु सुनुवार
–भावना परिष्कृत सुनुवार
यो जगत् र हामी मानिसको जीवन हाम्रो विचारको विस्तार हो । हामी जे सोच्छौँ त्यहीअनुरूप हाम्रो व्यक्तित्व बन्छ । हामी जुन दृष्टिभावले संसारलाई नियाल्छौँ त्यही दृष्टि र विचार मुताबिक नै संसारको रूप देख्दछौँ । सकारात्मक भाव र सोचले अनि सिर्जनशील अभ्यासले मानिसलाई जीवनमा सधैँ सफल र असल बन्ने अवसर मिलेर आउँछ जसले खुशी र सुखी हुन सघाउँछ । तर नकारात्मक भाव र सोचले पूरै जीवन असफलताको भुमरीमा फस्न पुग्दछ, साथै निरास र दुःखबाहेक हामीले केही पाउन सक्दैनौँ । तर फेरि असल सोच र सकारात्मक भाव राख्दैमा मात्र पनि लक्ष्य प्राप्ति भने सजिलै हात पर्दैन । यसको निम्ति त कडा अभ्यास र निरन्तर साधना चाहिन्छ । स्वयम् आफैमाथि पनि विश्वास गर्न सक्नुपर्छ, तबमात्र जस्तोसुकै महान लक्ष्यको मार्ग पनि सहज र सरल बन्दै जान्छ र अन्तमा व्यक्तिले आफ्नो सपनालाई शिखरमा विजयको झण्डा फहराएरै छाड्छ । यसरी आफ्नो महान लक्ष्यलाई साकार रूप दिँदै विश्वकै अग्लो हिमाल सगरमाथाको चुचोरोमा पुगी त्यसभन्दा ३० मिटरमाथि प्याराग्लाइडिङ गरी पुग्न सफल भए सानुबाबु सुनुवार । यसरी प्याराग्लाइडिङ गरी शिखरबाट सतहमा झर्ने उनी नै नेपालमा पहिलो व्यक्ति हुन् । Read More
हार्दिक श्रद्धाञ्जली
सुनुवार डट ओआरजि तथा दुरदा डट कमका संस्थापक वृहस्पति सुनुवारका आदरणीय ससूरा ओखलढुङ्गा जिल्ला, रगनी गा.वि.स. वडा नं. ५, केर–वाका जनकबहादुर सुनुवारको यही आश्मिन २० गते असामायिक निधन भएको हुँदा सम्पूर्ण परिवारमा पर्न गएको दुःख पिडा प्रति समावेदना प्रकट गर्दै दिवांगत आत्मको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।
जन्म : २००५।
मृत्यु : २०६९।०६।२०
सुरज सुनुवार, सुनुवार डट.ओआरजि,
रणवीर सुनुवार क्युइँतबु कल्याण कोष,
समीर मुखिया, चुप्लु समाज,
कोइँचबु काःतिच, दुरदा डट कम
सहयोगको लागि हार्दिक अपील
भनिन्छ, मृत्यु शास्वत सत्य हो । हामीलाई पनि लाग्थ्यो मृत्यु त्रूmर भए पनि पीडक भने होइन । हजुर, लाउँ–लाउँ, खाउँ–खाउँ भन्ने उमेरमा अनावश्यक पीडा दिएर जबर्जस्ती मृत्यु संघारमा धकेल्न खोज्नु अवश्य पनि न्यायसंगत होइन । हो, यस्तै परिस्थितिको सिर्जना भएको छ रामेछाप जिल्ला प्रिती गाउँ विकास समिति वडा नं. ६ का बिलबहादुर सुनुवारको नाति लालबहादुर सुनुवारको छोरा वर्ष ३७ को गुणदास सुनुवारलाई । दुवै मिर्गौला पूर्णरूपमा क्षति भएका सुनुवारका विगत एक वर्षदेखि राष्ट्रिय मिर्गौला उपाचार केन्द्र वनस्थली काठमाडौंमा हप्ताको दुई दिन प्रति दिन
रु. ५,०००।– शुल्क तिरेर डाइलसिस गराइरहेका छन् । लामो समय महँगो उपचार गर्नु परेकोले थप उपचार तथा मिर्गौला प्रत्यारोपणको लागि आर्थिक अभाव भएको हुँदा आर्थिक सहयोग गरिदिन सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरिन्छ । इच्छुक शुभचिन्तकहरूले गुणदास सुनुवारको नाममा रहेको एनसिसि बैंक चाबहिलको खाता नं. ०६८३३१S मा सिधै सहयोग रकम जम्मा गर्न सक्नुहुने छ ।
चुप्लु समाज, सुनुवार डट ओआरजि, सुनुवार सेवा समाज, गुणदास सुनुवार सहयोग समिति । Click here for more detail
सुनुवार सेवा समाज काठमाडौं जिल्ला सम्मेलन सम्पन्न
सुनुवार डट ओआरजि समाचारदाता । १३ असोज । सुनुवार सेवा समाज काठमाडौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले गोपालबहादुर सुनुवार अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यकारिणी समितिको समेत निर्वाचन गरेको छ । सो समितिमा उपाध्यक्षमा मानबहादुर सुनुवार, सचिवमा उत्तमकुमार सुनुवार, सह-सचिव आषिश वाइ.सि. सुनुवार, कोषाध्यक्ष शोभा सुनुवार, सदस्यहरु प्रेम सुनुवार, यमराज सुनुवार, राज कुमार रापाचा, शोभा सुनुवार, पदम कुमारी सुनुवार, महेश सुनुवार, लक्ष्मी सुनुवार रहेकाछन् ।
उपस्थिति सम्बन्धमा
श्री सम्पूर्ण साधारण सदस्य ज्यूहरु
सुनुवार सेवा समाज, जिल्ला तदर्थ समिति,
काठमाडौं ।
उपरोक्त सम्बन्धमा संस्थाको विधान बमोजिम काठमाडौं जिल्लामा बसोबास गर्दै आएका सुनुवारहरुलाई स्थानीय तौरमा ऐक्यवद्ध गरी सुनुवार सेवा समाजको उद्देश्यानुसार कोइँच (सुनुवार) भाषा, संस्कृतिको संरक्षण संवद्र्धन तथा विकास गर्दै आदिवासी जनजातिको हकाधिकार प्राप्तिको लागि सशक्तरुपमा लाग्न सुनुवार सेवा समाज प्रथम काठमाडौं जिल्ला सम्मेलन यही असोज १३ गते सुनुवार सेवा समाजको भवन, कोटेश्वर काठमाडौंमा गरिने भएको हुँदा उपस्थितिको लागि काठमाडौं जिल्ला तदर्थ समिति हार्दिक अनुरोध गर्दछ । निर्णय गर्नु पर्ने विस्तृत प्रस्तावहरु, प्रगति तथा आर्थिक प्रतिवेदनहरु तपाईँको ठेगानामा पत्रचार गर्नुका साथै एसएमएसमा जानकारी र इ–मेलमा फाइल एटेच गरी पठाइएको समेत समितिले जानकारी गराउँदछ ।
……………………..
गोपाल सुनुवार
अध्यक्ष
सुनुवार सेवा समाज
जिल्ला तदर्थ समिति, काठमाडौ
सुनुवार सेवा समाजलाई हालसम्म प्राप्त सहयोग
सुनुवार डट ओआरजि समाचारदाता ।
भदौ २८ । सुनुवार सेवा समाज केन्द्रीय समितिलाई २०६८ सालदेखि हालसम्म रु. १०८००० (रु. एक लाख आठ हजार) सहयोग प्राप्त भएको छ । कटारी, उदयपुरका दलबहादुर सुनुवार हाल नयाँ बानेश्वर, जिआरयू ब्रुनाईमा कार्यरत, ले सभाहलको कुर्सी किन्न रु. ५०,००० (पचास हजार) सहयोग गर्नु भएको थियो भने अपुग रकम रगनी, ओखलढुंगाका डबिन सुनुवार, हाल अमेरिकन एम्वेसीमा कार्यरत, ले रु. १०,००० (रु. दश हजार), र गुप्तेश्वर, रामेछापका पोष्टबहादुर सुनुवार हाल अमेरिकन एम्वेसीमा कार्यरत, ले रु. १०,००० (दश हजार) सहयोग उपलब्ध गराउँनु भएको छ ।
त्यसैगरी नेपालको प्रमुख समस्या भनेको लोडसेडिङ हो । यसको निराकरणको लागि प्रेमकुमार सुनुवार (क्याबनाइलु), गुप्तेश्वर १, रामेछापका हाल व्रिटिश आर्मी युकेमा कार्यरत, ले संस्थामा इन्भर्टर किन्न रु. ३०,००० (तीस हजार) सहयोग गर्नु भएको थियो भने गोपालबहादुर सुनुवार भूजि २ रामेछाप हाल न्यु साकुरा अप्टिकल, ज्ञानेश्वरमा व्यवसाय गरीरहेको, ले रु. ६,००० (छ हजार) को सभाको लागि सिलिङ फ्यान सहयोग गर्नु भएको थियो । थप सिलिङ फ्यान राख्न श्याम सुनुवार (रिल्मा याअता), प्रिती ८ हाल तल्छीखेल ज्ञानचोकमा सविसिवानी सेकुवा कर्नर तथा धराने कालो बङ्गुर र कुखुराको मासु पसल व्यवासय सञ्चालन गर्दै आएका, ले रु. २००० (दुई हजार) सहयोग गर्नु भएको छ ।
यी नगद सहयोग गर्ने कोइँचको आलवा विभिन्न क्षेत्रबाट सरसहयोग गर्ने सम्पूर्ण कोइँच (सुनुवार) लाई हार्दिक साधुवाद प्रकट गर्दै सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले सम्पूर्ण पहिचानप्रेमी कोइँच एक ठाउँमा उभिन हार्दिक आब्हान पनि गर्नु भयो ।
यस वर्ष देखि आम कोइँच (सुनुवार) ले सुनुवार सेवा समाज लगायत आम कोइँच (सुनुवार) को चाडपर्व कहिले, कुन, कुन चाड पर्छ र धर्म, कला संस्कृति संरक्षणको लागि कस्को भूमिका के हुने ? र कोइँचको थर के कति छन् भन्ने कुराको दस्तावेजीकरण गरिएको हुँदा आम कोइँच (सुनुवार) लाभन्वित हुने पनि बताउनु भयो ।
