All about Sunuwar

अन्याय, विभेद र अत्याचार भयो भने विद्रोहको अधिकार पनि मानव अधिकार हो

शंकर लिम्बु

सर ! हामीले उजूर गर्ने सबै ठाउँमा उजूर ग¥यौं कतैबाट हाम्रो समस्याको समधान भएन । अहिले त उल्टै आर्मि लगेर राख्ने निर्णय गरेको छ । हामीले कानूनको बाटोबाट उजूरी गर्नु भनेको त रुवाई सुनाउनमात्र रहेछ । ढोरपाटन शिकार आरक्षबाट पिडितहरुले आज यस कुरा लाहुर्निपको कार्यलयमा सुनाउँदा के जवाफ दिने भनि म घोत्लिदै थिएँ । तुरुन्त अर्को कुरा उठ्यो । सर हामी रुकुम, रोल्पा र बाग्लुड.का मगरहरुले १० बर्ष जनयुद्ध लड्यौं तर हामीलाई केहि भएन अब हामी हाम्रोलागि लड्छौं । हामीलाई घाँस दाउरा गर्न, गाईबस्तु भेडा बाख्रा चराउन, डोको डालो बुन्न नदिने, पाइलै पिच्छे पैशा तिराउने, विजुली बत्ति निकाल्न र सडक खन्न पनि रोक्ने आरक्ष हामीलाई भोकभोकै मार्न बनाएको हो, हाम्रो माटोमा ०३९ सालमा आरक्ष बनाएर जनवारलाई मात्र होइन हामीलाई पनि जनवारसँगै शिकार गर्दैछ, फगत फरक भनेको जनवारलाई बन्दुकले मार्छ हामीलाई कानून र नियम बनाएर मार्दैछ । अहिले त झन आर्मि राख्ने निणय गरेको छ यसले हामीलाई नै असुरक्षित बनाउछ । यसरी चारैतिरबाट हामीलाई मार्ने नै हो भने, हामी पनि छाड्दैनौं भन्दा, जवाफमा मैले कानूनको शासन छ, कानूनबाटै न्याय पाइन्छ भनी भन्न पनि सकिन किनकी आदिवासीको पीडालाई मलम लगाई न्याय दिने कानून मैले नै हेर्दा पनि विभेदकारी नै छ । आदिवासीको विरुद्धमा नै छ । शायद मेरो कलमले लेखिदिने कानूनी उजूरीहरुले ढोरपाटन आरक्ष पीडित आदिवासीलाई न्याय दिन्छ भन्ने मलाई नै शंका छ । मलाइ त म हाइस्कुल पढदा कलम बलियो की तरबार भन्ने बादविबादमा कलम बलियो भनि तर्क गरेको सम्झँदा त्यो होइन रहेछ नेपालमा आदिबासीको लागि त तरबार नै बलियो हो कि जस्तो लाग्न थाल्यो ।
मानव अधिकारको विश्वब्यापी घोषणापत्रमा भने झै अन्याय, विभेद र अत्याचार भयो भने विद्रोहको अधिकार पनि मानव अधिकार हो । भन्ने शिद्धान्त सत्य रहेछ झुट त नेपालको कानून पो रहेछ । जस्ले आदिवासीलाई अन्याय र अरुलाई फाइदा नै फाइदा पु¥याउँदो रहेछ ।

source : www.facebook.com/shankar.limbu.505?hc_location=stream

Leave a Reply

Your email address will not be published. Required fields are marked *