All about Sunuwar

प्रेम हाँवलि र डिल्ली सुनुवार अनि सुसेस सङ्घिय अध्यक्ष वीच हस्ताक्षरित कोष सञ्चालन ।

सुनुवार सेवा समाज, काठमाण्डौं ।
खुश-लक्ष्मी सुनुवार स्मृति कोष स्थापनाक्रममा संस्थापक प्रेम हाँवलि र डिल्ली सुनुवार अनि सुसेस सङ्घिय अध्यक्ष वीच हस्ताक्षरित कोष सञ्चालन कार्यविधि अादनप्रदान गरेकाछन् । २ लाख ९० हजारको कोष सुनुवार समाज सहकारिमा कोषको रकम जम्मा गरिएको छ । यश कोषबाट प्रत्येक वर्ष कोइँचहरुको पहिचान सम्बन्धि काम गर्ने अनुसन्धाता तथा समाजसेवीलाई लगभग ५० हजारको पुरस्कार प्रदान गरिने छ । खुस-लक्ष्मि अक्षयकोष लगयत सुनुवार सेवा समाजमा तीनवटा कोष स्थापित भएको छ । कञ्चना सुनुवार स्मृतिकोषले प्रत्येक वर्ष अापतविपत परेको १ जना सुनुवारलाई रु २० हजार सहयोग गरिँदै आइएको छ । मानबहादुर-विष्नुमाया सुनुवार स्मृति शैक्षिक कोषले प्रत्येक वर्ष कोइँच सम्बन्धि स्नातकोत्तर शोधकर्ता विद्यार्थीलाई रु १६ हजार विद्वात्तवृत्ति, तीन जना स्नातक अध्ययनरत विद्यार्थीहरुलाई जनाहि रु १५०००को छात्रवृत्ति र कोइँच गाउँको १ स्कुललाई रु १० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिँदै अाइएको छ ।
अन्य कोइँचबन्धुहरूलाई पनि स्मृति कोष स्थापना गर्न हामी विनम्र अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *