All about Sunuwar

मृगतृष्णा

समयको कुनै विन्दुमा

उष्णताले छोपिएको

सपनाको महलभित्र

सुन्दर भविश्य खोज्न

जिवन संघर्षका पटाङ्गिहरुमा

रहरका बिस्कुन सुकाउँदै

बाँचिरहेको म एउटा यायावर ।

.

अक्करको भिरमा

गुराँस फूलेका बसन्त

झरनाको निर्झरतामा

इन्द्रेणी झुलेको बिहानी

यस्तै/यस्तै गहिरो

दिवा स्वप्ना लिएर

हिँडेथे म कुनै प्रहर

जंगल/पहाड/बगर छिचोल्दै

जिन्दगीका आधा बाटाहरु

.

तर

समयले नेटो काट्दा पनि

मेरो सपना गर्भिणी हुन नसक्नु–ले

मन शिथिल भएर उभिएकोछ

म हुनुमा पछुतो भएकोछ ।

र पनि

बाटो र माटोमा

यलम्बर पाईला नियाल्दै

जिवन संघर्षका पटाङ्गिहरुमा

रहरका बिस्कुन सुकाउँदै

बाँचिरहेको म एउटा यायावर ।।

 

Bhanu Sunuwar

2 Comments to मृगतृष्णा

  1. नाईलू क्याबचा says:

    यसरि पथाउना मिल्ने भए मणि पठाउने थिए नि हजुर …

  2. नाईलू क्याबचा says:

    यसरि पथाउना मिल्ने भए मणि पठाउने थिए नि हजुर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *