All about Sunuwar

भावना परिष्कृत

now browsing by tag

 
 

किराँत सुनुवार सेवा समाज युकेको नयाँ कार्य समिति गठन

–भावना परिष्कृत सुनुवार
४ फेब्रुअरी २०१२ शनिबारको दिन फार्नब्रो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा किराँत सुनुवार सेवा समाज (कि.सु.से.स.) युकेको वार्षिक भेला सम्पन्न भएको छ । उक्त बैठकमा पुरानो कार्य समितिको कार्यकाल पूरा भएकोले नयाँ कार्य समितिको चयन समेत गरिएको छ ।
संस्थाको अध्यक्ष जङ्ग सुनुवारको अध्यक्षतामा उक्त बैठक सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा सचिव छत्रबहादुर सनुवारले उपस्थित सबै सहभागीलाई स्वागत गर्दै सम्पन्न हुन गइरहेको बैठक तथा नयाँ कार्य समिति गठन कार्यक्रमबारे प्रकाश पारेका थिए । यसको साथै सन् २००९ देखि आफ्नो २ वर्षे कार्यकालभरि भए गरेका संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्ण सुनुवारले कार्यकालभरिको आर्थिक प्रतिवेदनलाई पारदर्शीरूपमा प्रस्तुत गरेका थिए । जसलाई सर्वसम्मतिबाट अनुमोदन गरिएको थियो । Read More

किरात सुनुवारहरुको बार्षिक भेला सम्पन्न

भावना परिष्कृत सुनुवार

अक्टोबर २ शनिबार फाम्ब्रो स्थित वममाम कम्यूनिटी स्कुलमा, किरात सुनुवार सेवा समज यु.केको आयोजनामा किरात सुनुवारहरुको बर्षिक भेटघाट कार्यक््रmमको भेला सम्पन्न गरिएको थियो । “नेपालीहरुको महान पर्व बडा दशैंको पुर्व शंध्या पारेर, शंथा स्थापनाकालदेखि निरन्तर रुपमा प्रतेम्बर्ष सामुहिक भेटघाट कार्यक््रmम आयोजना गरिदै आई रहेको छ ” शंथाका कार्यभार अध्यक्ष तथा कार्यक््रmम संयोजक जे.बी सुनुवारले बताउनुभयो । सोहीदिन बेलायत भ्रमणको निम्ती स्वदेशबाट आईपुग्नु भएको, सभासद श्रीमती दाल कुमारी सुनुवार तथा श्री. सु.से.समज काठमाण्डौका, अध्यक्ष क्याप्टन मान बहादुर सुनुवारपनि कार्यक््रmममा सरिक हुनु भएको थियो । उहाँहरु दुबैजनालाई अध्यक्ष जेबी सुनुवार र सचिव छत्र ब. सुनुवारले खादा लगाई पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो । यसैगरि केहि महिना अगाडी भ्रमणकै सिलसिलामा बेलायत आई पुग्नु भएको सुनुवार भाषा तथा संकृतिविद, एवम् कि.सु.से.स. काठमाण्डौका भुतपुर्ब अध्यक्ष लोकप्रिय सुनुवारको पनि उपस्थिती रहेको थियो । Read More

नेपाली मेलामा कि. सुनुवारको सहभागिता

अगष्ट २८ तारीख लण्डन स्थित रिचमण्ड एथेलेतटिक्स मैदानमा नेपालीमेला २०१० भब्यरुपमा सु. सम्पन्न भयो। सम्पूर्ण नेपालीहरुको जाती, भाषा, धर्म संस्कृतिबारे विश्वसामु पहिचान गराउने र बेलायतमा बसोबासगरी रहेका नेपालीहरु बिच मैत्री सदभावको अभिबृद्धि गराउने उद्देश्यले तमु धी. यु. के.ले आयोजना गरेको उक्त मेलामा, किरात सुनुवार सेवा समाज यु.के.ले पनि आफनो सहभागिता जनाएको थियो।

सैयो फुलका थुंगालाई एउटै मालामा समेटे जस्तै, सैयैं भाषा र संक्रतिका बहु जाति नेपालीहरुलाई एउटै भावनामा समेट्ना आयोजक तमु धी. यु. के. सफल भएको थियो। उक्त मेलामा बिभिन्न जातिहरुको आ-आफनै मौलिक संकृति झल्कने झाँकी प्रतियोगिता प्रदशन हुदा, फरक फरक रंग र फरक फरक जातिका पुष्पगुच्छाहरु एउटै धागोमा उनिएको शुदंर पुष्पहार झै देखिन्थ्यो। अयोजक तमु धी. यु.के.ले सियो धागो बनि उनेको त्यो मालारुपी मेलामा, किरात सुनुवार सेवा समाजले आफ्नो बिशुद्द नेपाली संकृति झल्किने ष्याँन्दर पिदारमा आधारित झाँकी प्रस्तुत गरेको थियो। यसै गरि नेपाली कला र संक्रति झल्किने आकार्षक लोक नृत्यलाई सुनुवारी भेषभुषामा, कलाकार सरगम सुनुवार र जेनी सुनुवारले प्रस्तुत गरेका थिए।
किँरात सुनुवार सेवा समाजले उक्त कार्यक्रम संथाका उप अध्यक्ष, श्री जंग बा. सुनुवार ज्यूको संयोजकतामा तयार पारेको थियो। झाँकीमा सुनुवार भाषा तथा संकृति बिद श्री लोकप्रीय सुनुवारज्यूको पनि उपस्थिती रहेको थियो।
सथमा कोष अध्यक्ष तथा टोली नेता पुर्ण कु. सुनुवारले सो मेलामा कि.सु.से. समाजबाट ६५ जनाको सहभागिता रहेको कुरा बताए। कि.सु.से. कार्यक्रम आयोजक तमु धी. यु.के. प्रति बधाई तथा हारदिक कृतज्ञाता ज्ञापन गर्दछ।

भावना परिष्कृत सुनुवार