All about Sunuwar

काँकडभित्ताका सुनुवारहरु संस्कारका लागि जागे

imageओआरजी सम्वाददाता ।
काँकडभित्ता, झापा, बैशाख २८ । सुनुवार सेवा समाज काँकडभित्ता नगर समितिद्वारा शाँदारसिल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रशिक्षण कार्यक्रम बैशाख २२–२६ गतेसम्म भव्य रुपमा सम्पन्न भएको थियो ।
सुनुवारहरुको मौलिक संस्कृति जगेर्ना गर्नका लागि काँकडभित्ताका सुनुवारहरुको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा सुनुवारहरुको प्रगतिका लागि भाषा, संस्कृतिको विकासमा कसरी जोड दिने भन्ने कुरामा वृहत छलफल भएको थियो । छलफल कार्यक्रममा जिल्ला समितिसँग समन्वय गरेर केन्द्रीय समितिसँग संस्कृति संस्कार जगेर्नाका लागि अगाडि बढ्ने कुरा नगर समितिका सचिव तीर्थ सुनुवारले बताए ।
सुनुवारहरुको संस्कार र संस्कृति कसरी जगेर्ना गर्न सकिन्छ भनेर नगर समितिका पदाधिकारीहरुबीच वृहत छलफल भएपछि प्रशिक्षक झिकाएर प्रशिक्षण दिने निधो गरेको र यसलाई आगामी दिनमा निरन्तर दिने कुरा नगर समितिका संयोजक गोपाल सुनुवारले बताए । साँच्चै संस्कृतिको जगेर्ना गर्ने जाँगर सुनुवारहरुमा भए आफ्नो भेषभूषा र संस्कारलाई जोगाउनुपर्ने अति जरुरी रहेको र यसैले नै सबै सुनुवारहरुलाई एउटै घेरामा बाँधेर अगाडि बढेको खण्डमा विकास हुने कुरा प्रशिक्षक तथा सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कोषाध्यक्ष श्याम सुनुवारले बताए ।
कार्यक्रममा काँकडभित्ता नगर समितिका सुनुवारहरुको वृहत उपस्थिति रहेको र आगामी शाँदारपिदारमा शनिश्चरेस्थित हुने शाँदारपिदारमा भव्य रुपमा उपस्थिति जनाउने कुरा नगर समितिका अध्यक्षले बताए । कार्यक्रमको संयोजन गोपाल सुनुवारले गरेका थिए भने प्रमुख प्रशिक्षक सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कोषाध्यक्ष श्री श्याम सुनुवारको आतिथ्यमा सम्पन्न भएको थियो ।

2 Comments to काँकडभित्ताका सुनुवारहरु संस्कारका लागि जागे

  1. padam kumar sunuwar kirati (belayet) says:

    कांकड़ भित-ता का सुनुवार मित्र हरु ले हाम्रा पुर्खौली चार्ड पर्ब लाई सम्झने अनि सिक्ने कोसिस गरेको पडनु अनि देख्नु पाउदा आभारी ब्याक्त गर्न चाहन्छु/मित्र सम्पादक जिउ हरु एसलाई अन-नेथा नाथन-नु होला यो हाम्रो पुर्खयाउलि परम्परा गत रुपले चलाई राखेको रिति-रिवाज हो भन-ने हाम्रा पुर्खाज हरु को भनाइ छ/एस्मा भन-ने हो भने कुनै राज नीति को कुरा आउदैन भनिन्छ पहिला सुनुवार को सासन मन्त्र को थियो रे अहिले तन्त्र को आएको हो भन-ने चलन पनि छ अनि पितृ देखि देबी-देवाता लाई खुसि मनाए हामी पनि खुसि रहने छौ अनि सुख अनि सन्त अनुसासन पालना गर्दै हाम्रा जीवन बिताउन पाईन्छ भन-ने हामी सुनुवार जाति को बिस्वास रहेको ले एस को साथ साथै हामी सुनुवारी किराती हरु भुमि लाई चिन-ने छोरा नभाए कैलाश गएर छोरा माग्ने कैलाश म मागेको छोरा जन्मिदा त्यो छोरा को नाउ कैलाश राखने चलन अझै छदै छ/ भने हाम्रा पुर्खज हरु ले बदर ले अन-न बाली नस्ट गरे को कारण ले बेलभित्र बदर लाई हालेर खोला म बगाएर पठाउदा भनेका थियेरे त्यो बदर लाई यो बेल सात समुन्द्र काटेर गएपछि फुट-छ तेही तैले राज्य गरेर बस्नु भनेर पठाएको रे भन-ने सुनुवारी बुढा पाखा को भनाइ छ/ तेही गोरा जब आए हाम्रा मुलुक मा तब हाम्रा सबै चाल-चलन बिग्रिनु सुरु भएको देखिन्छ/यो २१सौ सताब्दी मा एस्तो कुरा नहुनु पर्ने हो तर हामी सुनुवार जहाँ बसेपनि सुनुवार भए पछि हाम्रो चिनारी भनेको येस्तै कर्म कार्जे अनि रितिरिवाज भनिन्छ सुनुवार हरु ले एसको आवसेकता भएको छ/अब आउने दिन हरु का लागि पनि काँकड भित-ता का सम्पूर्ण यो कार्य क्रम संचालक सुनुवार मित्र हरु लाई उत्तर-उत्तर प्रगति होस् जय हामी सुनुवार परिवार/

  2. padam kumar sunuwar kirati (belayet) says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *