All about Sunuwar

नेपालको वर्तमान स्थिति

-सिर्जना (ङावाच) सुनुवार

ककनी, कटुञ्जे ४, चुप्लु (ओखलढुङ्गा)

 

वर्षौ बित्यो नेपालमा संविधान बन्ने मिति

गरिब दुःखी जनताहरुको उस्तै छ खै स्थिति

दिनानुदिन बढ्दै गा’छ कानुन बन्ने नीति

जता हेर्‍यो भद्रगोल छ सरकारको स्थिति ।।१।।

 

जान्ने बुझने नेताहरु कुर्सी नै प्यासी बन्छन्

जनताहरुले न्याय मागे आशावादी बनाइदिन्छन्

राजनीतिज्ञ नेताहरु एकापसमा छलफल गर्छन्

सहमति कहिल्यै हुन्नन् जनताहरु द्वुविधामा पर्छन् ।।२।।

 

भाषाण सधैं गर्ने गर्छन् महिलाको छ ३३ प्रतिशत अधिकार

झनै बढी वृद्धि भा’छ महिला हिंसा अनि बलात्कार

तोकिए जति अधिकार पाउने महिलाको नि गरौं असल काम

लैंगिक विभेद होइन नेपाल नारी पुरुष समान ।।३।।

 

जलविद्युतको दोस्रो धनी देश नेपाल २४ घण्टा लोडसेडिङ

पा’का छैनन् नेपालीले स्वच्छा पिउने पानी

फोहोर फाल्ने खाडुल बन्यो काठमाडौंको वाग्मती

आशा गरौं कहिले हुन्छ यो देशमा विकासको गति

यस्तै छ खै नेपालको वर्तमान स्थिति, यस्तै छ खै नेपालको वर्तमान स्थिति ।।४।।

-सैपाल एकेडेमी, धुमवराही पिपलबोट, काठमाडौं, सेक्सन ए व्यवस्थापन

(चुप्लु (ओखलढुङ्गा) ककनी कटुञ्जेकी प्लस टु अध्ययनरत यी कोइँच (सुनुवार) चेली सिर्जना ङावाच सुनुवारले वर्तमान नेपालको ब्रि्रँदो स्थिति वारे जे जस्तो अनुभव गरिन् शायद यो अनुभूति सबैलाई भएको हुनसक्छ । आम र्सवसाधारण नेपालीले वर्तमान नेपाललाई कसरी हर्ेछन र मुल्याङ्कन गर्छन् भन्ने उदाहरण हो यो । अहिलेको जमाना चुपचाप संस्कृतिको जमना होइन । केही लेख्नुस्, केही बोल्नुस्, केही भन्नुहोस् । आदरणीय कोइँच दाजुभाई दिदीबहिनीहरु तपाईँहरुको मनमा पनि यस्तै उकुशमुकुशहरु हुन सक्छ । विना हिच्किचाहट हामीलाई तपाईको सिर्जना पर्ठाई सहयोग गरिदिनहुन हार्दिक अनुरोध छ । – चुप्लु समाज, सुनुवार डट ओआरजि, दर्ुदा डट कम, नयाँ नेपाल गोरखापत्र कोइँच भाषा पृष्ठ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *