All about Sunuwar

कोइँचको जित : कोइँच तथा आदिवासी जनजाति मैत्री फुटबलब प्रतियोगितामा

चुप्लु दामलोच । २८ पुस, काठमाडौं ।
सुनुवार सेवा समाजको आयोजनामा खेलिएको ओभर थर्टी कोइँच-आदिवासी जनजाति मैत्री फुटबल प्रतियोगितामा कोइँचले १ को विरुद्ध दर्ुइ गोलले जितेको छ । आज दिउँसो ३ बजे जावलखेल युथ क्लबको मैदानमा खेलिएको मैत्री खेलको पहिलो हाफमा कुनै पनि पक्षबाट गोल हुन सकेन भने दोस्रो हाफमा रविन सुनुवार र प्रशान्त सुनुवारले सुनुवार सेवा समाजको तर्फबाट गोल गरे भने विपक्षी आदिवासी जनजातिले एक गोल गरेका थिए । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले टिपमो क्याप्टन हुनु भएको कोइँच फुटवल टिममा सामुयल सुनुवार र समीर मुखियाले टिमको व्यवस्थापन सम्हालेका थिए ।
शुरुमा खशी बाजी खेल्ने भने पनि खशी बाजी क्यानसिल भएको थियो । दर्ुव तर्फबाट पन्ध्र पन्ध्र सय उठाएर खेल मैदानको भाडा मात्र तिरियो । विपक्षी फुटबल टिम तमु ल्होसारमा गुरुङ भर्सर्ेेआदिवासी जनजाति मैत्रीपर्ूण्ा खेलमा खशी विजेता टिम थियो । चलचित्रकर्मी सञ्जोग लाफा मगर, गायक तथा संगीतकार शान्तिराम र्राई, त्रिविविका प्राध्यपक डा. कृष्ण भट्टाचन, आजउराप्रका सूचना अधिकृत राम मादेन, चलचित्रकर्मी तथा पत्रकार दिपेन्द्र लामा, आइफाको उपाध्यक्ष पदम सुब्बा जस्ता आदिवासी जनजाति कार्याकर्ताहरुसँग सुनुवार सेवा समाजको टिमले चर्को प्रतिस्पर्धामा खेल सम्पन्न भएको थियो ।


कोइँच संस्कार संस्कृतिको अभिलेखन कार्य जारी : फोल पिदारको छायाँङ्कन
अबको जटिलता कोइँच -सुनुवार) हरु विश्वव्यापीरुपमा छरिएर रहेका छन् र उनीहरुलाई लिखित र आफैंले पूजा प्रर्रर््थन गर्न सकिने गरी संस्कार संस्कृति अभिलेखन गर्नु परेको छ । यही समस्यालाई मध्ये नजर गरेर चुप्लु समाजले कोइँच भाषा, धर्म, संस्कार-संस्कृति, इतिहासका वारेमा काम गरेको एक दशक भइसकेको छ । यस अबधिमा कोइँचको जन्म, विवाह, मृत्यु, इतिहास, सागुन, छेँगु, कासको श्रव्यदृश्य अभिलेखन गरेको छ । हालसम्म कोइँच भाषाको वर्ण्र्ाानर्धारण तथा कोइँच शब्दकोश संकलन सम्पान र साहित्य संकलन तथा उत्पादन गरीसकेको छ । शाँदार पिदार सम्बन्धि पुस्तक तथा श्रव्यदृश्य बजारमा ल्याइ सकिएको छ । कोइँच भाषाको गीति एल्बम तथा चलचित्र निर्माण गरिसकेको छ । पत्रपत्रिका प्रकाशन तथा रेडियो प्रसारण गरेको छ । यस वर्षभने कुँबु खोत पुर्ख्यौली थलो भएको ख्योम्पतिचको महान चाड फालको अभिलेखन गरिएको छ । रमेश सुनुवारको व्ववस्थापनमा अमृत सुनुवारले उक्त कार्यको प्रारम्भिक चरण सम्पन्न गर्नु भएको छ । चुप्लु समाजको यस अभियानमा पवित्र आत्मजनले जति साथ सहयोग गर्नु भएको छ मुरी मुरी साधुवाद व्यक्त गर्दछौं समाजका मुलिचले भनेका छन् । जो जसले यस कोइँच पहिचानको विरुद्धमा खुलेर लागेका छन्, चुप्लु समाजको विरोध गर्छन उनीहरुलाई पनि साधुवाद छ जसले हामीलाई सचेत भएर अगाडि बढ्न सहयोग गरिरहेका छ ।
शुशुच समाजले तीन महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने
कोइँचका विभिन्न थरी मध्येका भर्खरै संगठीत एक थरी शुशुच समाजले तीन महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुशुच वंशवली निर्माण, शुशुचको मुइली मुइग्यो -कुलमूल) को खोजी, शुशुच हुनुको खास पहिचान तथा उनीहरुको लिखित अलिखित इतिहासको खोजी र कोइँच भाषा, कला संस्कृति साहित्यको जगर्ेना गरी सुनुवार सेवा समाजका हरेक क्रियाकलापमा साथ सहयोग गर्दै आम थरिकुटीहरुसँग हातेमालो गरी कोइँच पहिचान अक्षुण्ण राख्न शुशुच समाज गठन गरिएको हुँदा सबै शुशुचहरुलाई गोलबद्ध गरी आम थारीकुटीहरुलाई जानकारी गराउनु समाजको दायित्व रहोका निश्कर्षनिकाल्दै अबको तीन महिनामा प्रथम सम्मेलन गर्ने शुशुच समाजको बैठकमा निर्ण्र्ााभएको जानकारी अध्यक्ष आशिष सुनुवारले दिएका छन् ।
कोइँचको पहिचानको लागि काम गर्नेहरुलाई शुशुच समाजको मानर्थ सदस्यता दिने र शुशुच सामीबुलाई साधारण र आजीवन सदस्यता प्रदान गरी अर्थ संकलन गर्ने योजना रहेको कोषाध्यक्ष हेमबहादुर सुनुवारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *