शोभा सुनुवार

now browsing by tag

 
 

कोरोनाबाट सिक्नुपर्ने पाठ : अन्धविश्वासको ऐजुरु खुर्केर फाल्ने अवसर

– शोभा जुलियट
समाजमा यस्ता रितिरिवाज छन जुन मनुस्मृतिका नियमले बाँधिएर यसरी नमासिने गरी कुरीतिको जरा गाडिएको छ । यही कारण समाज अझै पुरातानवादी सोँचबाट माथि उठ्न सकेको छैन । परिवर्तनका धेरै आन्दोलन भए तर समातामूलक समावेशी समाजको असली ढोका खोल्न नसकेको अबस्था छ । तर यस विषम परिस्थितिमा कोरोना देसानले निरास मात्रै होइन समाज परिवर्तनका नयाँ आशाहरु पनि धेरै जन्माएको छ । समतामूलक समावेशी असली नेपाली समाज निर्माण गर्ने सम्भावनाका ढोका पनि खुल्दै छ । सबैले यही आधारशिविरबाट नयाँ वहसको शुरुआत गर्न जरुरी छ ।
एक्काइसौं शताब्दीमा पस्चिमी मुलुकका केही हावाले गर्दा धेरथोर केही कुराहरु परिवर्तन भए । परिवर्तन त भयो मात्रै मान्छेको खानपान र लाउने संस्कृति । केही हदसम्म मान्छेको दैनिक जीवनशैलीमा फडको मारेको छ । तर परिवर्तन हुनुपर्ने मुख्य संस्कार संस्कृतिमा परिवर्तन हुनसकीरहेको छैन । आत्याधुनिक प्रविधिले मान्छेलाई सन्सार हातमा नै राखी दिएको छ र जीवन जिउन, सन्सार बुझ्न निकै सहज बनाएको छ । तर पनि दुःखको कुरा समाजमा चलीआएको कुरीतिहरु अझै जिउँका तिउँ जीवित छन । समयको फड्को एक्काइसौं शताब्दीमा फाल हान्दै छ तर नेपालीको साँघुरो सोंचमा कहिल्यै फराकिलो बन्न सकेन । अझै पनि अन्धविश्वासले नराम्ररी जगडीरहेको छ जुन लैङ्गिक बिभेदको सिकार भएर नेपाली नारीहरु बाँचीरहनु परेको छ ।
समाज परिवर्तन गर्ने ठेक्का लिएका मान्छे, सामाजिक हुन सिकाउने मान्छे पनि लैङ्गिक विभेदको पक्षपोषणमा उभिएको देखिन्छ । समाज र समुदायका अगुवा र राजनीतिक व्यक्तिबाट नै देशको विकास हुने हो । देश विकास गर्नमा महत्वपूर्ण भुमिका उनीहरुले नै खेल्ने गर्दछन् । नरनारी बराबरी, नारी पुरुष रथका दुई पाङ्ग्रा त भन्ने गरिन्छ तर व्यबहारमा उतार्न भने त्यति सजिलो छैन । जुन सदियौंदेखि एकल सनातन हिन्दू धार्मिक मुल्यमान्यताले होस् या पुरुषवादी चिन्तनले नेपाली समाजलाई पछाडि धकेलीरहेको छ ।
छोरा नभए अगती हुने भन्ने मान्यताले जबसम्म हामीहरुमा पिरोलीरन्छ समाजले विकासको निकास पाउँदैन । जसको छोरा छ त्यसले मात्र मरेपछि गति पाउछ, छोराले दागबत्ती दिन्छ, लास काँधमा हाल्छ, क्रिया बस्छ भन्ने मान्यता हामी माझमा जती गाढा बनार रहन्छ हाम्रो प्रगति उन्नतिको गती कम्तीमा पनि अझै आधा शताब्दि पछाडि धकेलिएर जान्छ ।
अचम्म लाग्छ । संसारभरि नै मान्छेको जन्म हुनमा नारी पुरुषको उत्तिकै भुमिका रहेन्छ । हाम्रो नेपाली समाजमा भने छोराले मात्रै सबै काम गर्न सक्छ र छोराले गरेको काम वैधानिक ठान्छ । जुन अन्धविश्वासले मरेपछि पितृ पार तार्न समेत छोरा नै चाहिन्छ भन्ने हिन्दू परम्परा र मान्यताको जगमा नेपालको कानुन बन्छ भने कसरी महिला, आदिवासी जनजाति, दलित, मधेसी, पिछाडिएको वर्गहरुले संविधानतः प्रदत्त समानताको हकको पुरापुरी उपयोग गर्न सक्छ ? महाअन्धबिस्वाशमा गुजिल्टिएको छ हाम्रो समाज । हामी त्यसैका अंग हौं ।
सृष्टि चलायमन राख्नको लागि नारी पुरुष अर्थात् भालेपोथीको मिलन हुन जरुरी छ । प्रकृतिले कतै पनि नारीपुरुषको भेदभाव गरेको छैन । ग¥यो त केवल संरचनामा ग¥यो । त्यो स्वभाविक थियो र हो । तर यहाँनेर बिबादास्पद तथा विभेदीत कुरा के हो भने पुरुष विना सन्सार नै रहँदैन भनिन्छ । पुरुषलाई पनि त त्यही महिलााले जन्माएको हो भन्ने कुरा भुसुक्कै विर्सिदिने समाज छ । हो साच्चिकै छोराले मात्र सन्सार धान्ने भए सायद यो सृष्टिको नियम नै अर्कै हुन्थ्यो होला । तै पनि समाजमा जे जस्तो रित व्याप्त भएपनि नारी सृष्टि हो । प्रकृति हो । शक्तिकेन्द्र हो । रचनागर्भ हो । जहाँ प्रकृतिको नियम भङ्ग हुन्छ, त्यहाँ सृष्टिले विनासको रुप लिन्छ । आखिर प्रकृतिको अगाडि सबैले हार खानैपर्छ । प्रकृतिले सिर्जीत सिर्जनाको अगाडि सबै लाचार हुनैपर्छ । जसले जेसुकै रितिथिती रखोस् । बचाउको लागि जे जस्तो नियम बनाओस् प्रकृतिको अगाडि सबैले घुँडा टेक्नैपर्छ भन्ने गतिलो शिक्षा दिएको छ अहिलेको यो कोरोना भाइरस महामारीले ।
अब नेपाली समाजले आँखा खोल्नु जरुरी छ । अझै पनि समतामुलक समानुपातिक समावेशी लोकतान्त्रिक गणतान्त्रिक नेपालमा त्यस्ता कुप्रथको पुच्छार समातेर वैतरणी तर्नु जरुरी छैन । समाजमा बसेपछि सामाजिक मुल्य मान्यताहरु हुन्छन् तर कुप्रथाहरुलाई अँगालो हालेर बस्नुको अर्थ रहँदैन र यो प्रगति उन्नतिको वाधक हो । छोराले दागवत्ती दिएपछि सरासर स्वर्गमा गइँन्छ भन्ने संकीर्ण विचारको अन्त्य आवश्यक छ । जबसम्म जनजनमा व्यप्त रहन्छ यस्तो लैंङ्गिक विभेदपूर्ण विचार रहीरहन्छ । देशको विकास हुँदै हुँदैन । र, अब यो संकीर्ण विचारलाई चिर्ने गतिलो बाटो कोरोना भाइरसको महामारीले खनेको छ । जुन धुलिखेल अस्पताल ल्याउँदा ल्याउँदै मृत्युशैयामा विराजमानी सिन्धुपाल्चोक बाह्रविसे राम्चेको सुत्केरी युवतीलाई कसैले शव बोक्न नमानेपछि अन्तिम दाहसंस्कारको लागि भक्तपुर अस्पतालमा टेन्ट टाँगेर बसेको स्काउटका रेस्क्यु टोलीले शव बोकेर पहुपति आर्यघाट ल्याएर विद्युतशवदहमा दागबत्ती दिएर अन्तिम सस्कार गरे । यत्ति नै काफी छ कि छोराले दागवत्ती दिँदा सरासर स्वर्ग जाने मुमान्यतालाई नजीकबाट सजिलै बुझिने उदाहरण । स्वभाविक अवस्थाको लागि आफ्नो पुरुषत्व देखाउन समाजमा बनाएको मान्यता कोरोना भाइरस महामारीमा गल्र्याम ग्युर्लुम्म भत्किएको छ ।
न आफ्नो श्रीमानले शव छुन पाए । न आफन्तले हेर्नसम्म मौका पाए । अनि अब यस्तो परिस्थितिमा कस्तो धर्म ? कस्तो नियम ? कस्तो संस्कारलाई उत्कृष्ट मान्ने ? आखिर एउटा अन्धबिह्वासको पर्दा ताँगेर महिला हिंसामा रमाउने समाजले गम्भीर भएर सोच्नुपर्ने यो सुनौलो मौका हो । सृष्टिभन्दा ठूलो केही हँुदैन र मृत्युभन्दा डरलाग्दो अवस्था अर्को हुँदैन । आपूm माथि पर्न जस्तो नियम बनाए पनि आखिर प्रकृतिसँग सबैले झुक्नै पर्छ । आफंैले बनाएको नियमले अरुलाइ दुःख दिने र घमन्ड देखाउनु हुदैन । समाज अब सुध्रिनुपर्छ । हरेक महामारीले एउटा नयाँ परिवर्तन र नयाँ सम्भावना बोकेर आउँछ नै । यो कोरोना महामारीले पनि अन्धविश्वासको ओतमा पलाएका ऐजुरुहरुलाई खुर्केर फाल्ने बलियो अवसर आएको छ । रुढीबादीको आडमा आफुलाई सर्वोत्तम दावी गर्ने हुतिहाराहरुलाई गतिलो थप्पड लगाएको छ । । अब यो विषम परिस्थितिले सिकाएको पाठबाट विभेदको पसल थापेर सम्पन्न बन्छु भन्ने समाजका ठेकेदारहरु र राजनीतिकर्मीहरुको गिदीमा मतामूलाक समावेशी समाज निर्माणको लागि सकारात्मक साँेच भरी दिन्छ कि ! कोरोना कहरले समाज र राजनीतिलाई गतिलो पाठ सिकाएको छ समादेशी समानुपातिक समाज निर्माणको आधार भनेका आम जनताहरुको चाहन हुन्न पन्ने । तर समाजले ती राम्रा कुराहरु सिक्छन् कि सिक्दैनन् ? न अब त बुद्धिको विर्को खुल्छ कि ?

–लिखुतामाकोशी १, कुपिन्ड, साब्ला, रामेछाप
हाल : बौद्ध, कामनपा ६, सिमलटार ।

Share

पहिचानको खोजी

pahichanko khojiजब जब महिला अधिकारको सवालहरु आउछन यो ३३% महिला अधिकारको कुरा गरि रहदा मलाइ सधैं जसो यो बाक्लो दिमागमा आदिवासी महिलाहरुको अधिकारको कुरा तेर्सिएर आउथ्यो कि हामी आदिवासी महिलाहरुको अधिकार कहिले सुनिश्चित होला र हामी जनजाति महिलाहरुको चेतना कसरी आउला भनेर अनेकन प्रस्न घुमी रहन्थ्यो यो मानसपटलमा ,तर आज मेरो सबै कुराको समाधान भएर आए जस्तो महसुस भयो किन कि त्यो सबै मन भित्रका इच्छाहरुलाई वकालत गर्ने एउटा अदालतको रुपमा इन्डिजिनियस मिडिया फाउन्डेसनले हामी माझ “पहिचानको खोजी” नामक पुस्तक सार्बजनिक गरेको छ र आज नै मेरो हातमा परेको छ र मैले आफुलाइ रोक्न सकिन सरसर्ती पल्टाइ पनि हाले खुसी लाग्यो यो किताब भित्र आदिवासी महिलाहरुको खुराक अनि एउटा दरिलो स्तम्भ खडा भएको महसुस गरे। यो पुस्तकमा आदिवासी महिलाहरुलाइ न्याय गरेको पाए उनिहरुको बौद्धिक , धार्मिक , सास्क्रीतिक ,मौलिक, बिबिधताको महत्त्वपूर्ण कुराहरु समेटिएको पाए। राजनिती सास्क्रीतिक सामाजिक र रास्ट्रीय स्तरमा जनजाति महिलाहरुको सन्दर्भ बिमर्शलाई खुबै जोड दिएको पाइयो। पुस्तक भित्र धेरै लेखहरु समाबेश थिए समग्र आदिवासी महिलाहरुको जिवनशैली रहनसहन पेशा जस्ता महत्वपूर्ण एजेन्डाहरु प्रस्तुत गरिएको थियो र अधिकारको लागि सडक आन्दोलन शिक्षा चेतनाको खोजी जस्ता कुराहरुले साच्चिकै केही हदसम्म हामी जस्ता आदिवासी महिलाहरुलाइ ब्युझाउछ कि भन्ने सकारात्मक पक्ष बोकेको पनि अनुभव गरे। केही मेरो ब्यक्तिगत खड्केको कुरा यसमा २०१६ देखि २०७३सम्म पचिस वटा बिबिध लेखहरुमा केही आदिवासी महिलाहरुको मात्र लेखहरु समेटिएको पाए ।५९ जनजाति महिला सस्थाहरुमा २५ आदिवासी महिलाहरुको कुरा मात्र उठेको पाए र जब आदिवासी महिला भित्र पनि सिमान्तक्रुत अति सिमान्तकृत लोपोन्मुख अल्पसंख्यक जस्ता महिलाहरु छन तर उनिहरुको त्यति लेखहरु आएको पाइन जो अलि प्रकाश मा छन त्यो मात्र आएको हो कि भन्ने मेरो भान मात्र हो। सबै महिलाहरुको मात्री सस्थाहरु सग सहकार्य गरेर सबैलाइ समेटेको भए झन सुनमा सुगन्ध हुने थियो कि? आशा छ अब आउने अर्को अंकमा लिखु पारी वारिका महिलाहरुको जीवन शैली , थाक खोलाको थकाल्नी जस्ता लेखहरु समेटिएर सबै जातीय महिलाहरुको पहिचान सहितको लेखहरु आउने आशामा छु। यो भित्र मलाइ चित दुखेको कुरा जुन यश भित्र भोजपुरे रैनी भनेर श्रीकृष्ण जोशिले राइनी महिलाहरुको नजान्दो पाराले अलि होच्याउने दुस्साहस गरेको देखे राइनिहरु आफ्नो स्वार्थको लागि जस्लाइ पनि चेपारो बोली लगाइ फसाउने जस्तो कुरा बाल बिबाह गर्नु आफ्नो पेटमा गर्व हुँदा पनि अर्को केटा सग जाने प्रथा हाट्बजारमा जो सग पनि लाग्नु अनि पोइलाइ जानू र गएको स्वास्नी फेरि फर्काएर लिने चलन हुन्छ भनेर राइनी दिदिबहिनी हरु मात्र होइन सबै आम जनजाती दिदिबहिनी हरुको इज्जतमा पतङ्ग उडाएको जस्तो लाग्यो किन कि उहाँ त बाहुन न पर्नु भयो नगरे जस्तो गरेर तिर त हानेकै हो नि ।यो गल्ती उहालाइ लेख लेख्न दिनुमा भयो कि जस्तो लाग्छ।तर उहाको जबाफ थुलुङ्प्रसाद मान राई ज्युले बजारेर दिनु भएको छ सायद अब यस्तो लेख्ने दुस्साहस कुनै अरु जोशी हरुबाट हुँदैन होला। अन्तमा यो इन्डिजिनियस मिडिया फाउन्डेसन ले प्रकासक गरेको पहिलो किताब आदिवासी महिलाहरुको मेरुदण्ड नै हो आउने दिनहरुमा पनि यस्त पुस्तकहरु बजारमा आउने आशा गर्दै अझै पनि अरु प्रगती होश भन्न चाहन्छु । अनि हार्दिक आभार प्रकट व्यक्त गर्दछु सम्पादकीय कैलाश राई ज्यु र लेखक ज्युहरु सबैलाइ अनि प्रकासक टिम इन्डिजिनियस मिडिया फाउन्डेसनलाई शुभकामना ब्यक्त गर्दछु ।

शोभा सुनुवार
सुनुवार समाज केन्द्रिय समिती
कोषअध्यक्ष

Share