All about Sunuwar

भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)

नेपालमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये पूर्वी नेपालको सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिँधुली, रामेछाप, दोलखामा उहिलेदेखि बसोवास गर्दै आएको एक आदिवासी जनजाति हो कोइँच (सुनुवार) । रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । विशेषगरी कोइँचहरु उच्च पहाड भूभागमा बस्ने हुँदा उनीहरुको लवाइखवाइमा जाडोपनको महसुस गर्न सकिन्छ । यहाँ राज्यको अन्य जातिभन्दा भिन्न पहिचान र अस्तित्व भएको आदिवासी कोइँचको भेषभूषालाई प्रस्तुत गरेका छौं । आउँदा दिनहरुमा अन्य आदिवासीको भेषभूषालाई पनि क्रमशः प्रस्तुत् गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
रामेछाप – १, गुप्तेश्वरमा जन्मेकी सजिना सुनुवार हाल बि.ए.मा अध्यनरत छिन् । मोडलिङमा रुची राख्ने तथा सिर्जनात्मक कार्यमा विश्वास गर्ने कोइँच युवती सुनुवार भाषाको पहिलो म्यूजिक भिडियो “ए आँ दायू होपो” मा अभिनय गरी सकेकी छिन् भने सुनुवार संस्कृतीमा आधारित बृत्तचित्र “श्याँदर पिदार” मा पनि देख्न सकिन्छ । उनले कोइँचको चिनारी दिने परम्परागत कोइँच भेषभूषा काँडे चुरा, सिरफुल, आठनी चारनी तथा किप्शुर, किप्शुर फेने, लुजेवास, चुमरेम, गुने, लेमफिम लगाएकी छिन् । यहाँ उनका विभिन्न कोणबाट लिइएका तस्वीरहरु मौजुद छन् । to see more ->>
मोडल स्रोत :  सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
लोकेसन तथा भेषभूषा : चुप्लु समाज÷सुनुवार डट ओआरजि, Info@sunuwar.org, chuplu@gmail.com

6 Comments to भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)

  1. milan says:

    सर्बप्रथम त सजिना बाहिनीलाई धेरै धेरै बधाई अनि शुभ कामना दिना चाहन्छु र एउटा रामेछाप जिल्ला को
    बिकट गाउँ को प्रिजेन्टेसन गर्नु भएकोमा हृदिया देखि नै धन्यबाद |||अन्त:मा सुनुवार मेडिया ले यस्तै नयां नयां
    मोडल हरु प्रस्तुत गर्नु भएको मा धेरै धन्यबाद दिदै सजिना बाहिनीको उत्तरतोर प्रगति को कामना गर्दाछु |

  2. amrit sunuwar says:

    सर्बप्रथम त यहाँ हरु लाई बदाई तथा धन्यबात किन भने आज हामी सबै कोइंच हरु पहिचान को संकट मा छौ तेसैले यसरी कोइंच हरु को बेस्भुसा सस्कृति परम्परा जोगाउनु प्रबर्धन गर्नु पर्ने दायितो र कर्तब्य हो

  3. Durga says:

    Thanks
    i would like to wish you
    DS

  4. नाईलू क्याबचा says:

    यो राम्रो हो नि हजुर ,,, हामी सबै जना मिलेर यो हाम्रो समाज लाइ माथि लानु पर्छु…
    अनि यो जब सम्म हामी सबै मिलेर अघि बढाउदै नौ तब सम्म हाम्रो समाज जहिले नि तल परि रहन्छा…

  5. i ngi bukul says:

    वारच पुकिमि अँयि समि ङेाइत थारशा खेायेात पाअमेत , रिमशेा लाअति ।चेरेलिल

  6. guro says:

    ए क्याब ठुले मार चेरे लिल दे प्रोयें मूल केट सोइत्तो दे . आम लोतो . इ गोटी हौ पोथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *