All about Sunuwar

हार्दिक निमन्त्रणा

आदरणीय कोइँच दाजुभाई दिदी वहिनीहरु, कोइँच बन्न नसकेका सुनुवार भनौदाले जब जब चुनाव नजिकिँदै जान्छ तब तब कोइँचको उत्थान तथा विकासको कुरा चर्को हुँदै जान्छ र राजनीतिक उम्मेदवारहरुलाई चन्दा सहयोग क्याम्पियन गरिन्छ । तर यथार्थमा जुन जुन कोइँच बन्न नसकेका उम्मेदवारहरु छन् तिनीहरुले अहिलेसम्म कोइँचको लागि सदनमा एक शब्द पनि बोलेको इतिहास छैन । त्यस्ता उम्मेदवारहरुलाई कोइँच भनेर मत दिनु र सहयोग गर्नुको के अर्थ हुन्छ । उनीहरुले कोइँचको लागि राजनीति गर्छन् कि पार्टी लागि – कोइँचको राजनीतिक, सामाजिक, साँस्कृतिक, भाषिक विकासको लागि कुन कुन पार्टी के कस्तो नीति र कार्यक्रम ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् ? हजुर सबै आदिवासी जनजाति कोइँच दाजुभाई दिदीबहिनीहरुलाई ‘आदिवासी जनजाति कोइँचहरुको राजनीति, सामाजिक, भाषिक, साँस्कृतिक विकास सम्बन्धी एक दिवासीय कार्यशाला गोष्ठी – २०७०’ का लागि हार्दिक निमन्त्रणा । समय : १२.१० दिउँसो स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर । मिति : २०७० असोज १२ गते शनिवार आयोजक सुनुवार सेवा समाज, काठमाडौं जिल्ला समिति लगायत परिवर्तनकामी कोइँच युवायुवतिहरु । सर्म्पर्क ः ०१४१५४०५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *