All about Sunuwar

क्युइँतबु कल्याण कोषको वार्षिक साधारण सभा

सुनुवार डट ओआरजि समाचारदाता ।
१७ भदौ । लगभग छ दर्जन विभिन्न कोइँचहरुमा क्युइँतिच थरीको सामाजिक तथा राजनीतिक संस्था क्युइँतबु कल्याण कोषको वार्षिक साधारण सभा यही भदौं २३ गते शनिवार सुनुवार सेवा समाजको भवन कोटेश्वरमा हुँदै छ । सो सभामा क्युइँतिचहरुले वर्षभरि गरेको विभिन्न गतिविधिहरु सार्वजानिक गर्ने छन् । उनीहरुको नियामित प्रकाशन जातनामुइलि वर्ष ७, अंक ७ पनि सोही दिन सार्वजानिक गर्ने भएका छन् । विश्वभरि छरिएर रहेको क्युइँतिचहरुको आस्थाको केन्द्र क्युइँतबु कल्याण कोषले विभिन्न शुभ, अशुभ कार्यमा साथसहयोग गर्ने तथा पहिचानको लागि अध्ययन अनुसन्धान गर्ने काम मात्र होइन छिमेकी अन्य थरीहरुको इतिहासको खोजविन पनि गर्दै आएको छ । यस पटक मुलिच थरीहरु कसरी भए भन्ने वारे टिकाराम मुलिचको अनुसन्धानलाई जातनामुइलि मार्पmत सार्वजानिक गर्दै छन् ।
हुन त अन्य थरी ज्याँतिच, जेस्पुच कोइँचहरुको पनि संस्था खुलेको छ । जिजिचहरु पनि संगठित हुने हल्लासम्म चलेको हो । तर क्युइँतिचहरु जस्ता सक्रिय र सिर्जनात्मक काम भने गर्न सकेका छैनन् । क्युइँतबु कल्याण कोषले आप्mना विधानमा प्रष्टसँग उल्लेख गरेको छ कि सुनुवार सेवा समाजलाई पहिचानको लागि साथसहयोग गर्ने छ । यस्तै अन्य थरीका कोइँचहरु पनि सक्रिय हुन क्युइँतिचहरुलाई उदाहरण मान्ने कि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *