All about Sunuwar

आदिवासी जनजाति महिला महासंघमा पनि शेर्पा नै अध्यक्ष : चरम राजनीतिक चलखेल

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे छ । प्रतिमा गुरुङ, अध्यक्ष राष्ट्रिय आदिवासी जनजाति अपांग महिला महासंघ नेपाल, कृष्ण कुमारी वाईबा, महासचिव विविसिका र शान्तीकुमारी राई, निवर्तमान अध्यक्ष लाहुर्निपको तीन सदस्यीय निर्वाचन मण्डलले अध्यक्षमा नेपाल शेर्पा महिला संघको ङिमि शेर्पा, हिमाली उपाध्यक्षमा थकाली महिला संघका काेषाध्यक्ष कल्पना भट्टचन, पहाड उपाध्यक्षमा नेपाल चेपाङ महिला संघका सचिव कमला चेपाङ, तराइ उपाध्यक्षमा ताजपुरिया महिला उत्थान संघका अध्यक्ष सुमित्रा ताजपुरिया, महासचिवमा सुनुवार महिला समाजका शोभा सुनुवार, कोषाध्यक्षमा नेपाल छन्त्याल महिला संघका सचिव देबमती छन्त्याल, परियोजना तथा बिदेश सचिबमा राजवंशी महिला संघका अध्यक्ष सनम राजवंशी, अनुसन्धान तथा सन्चार सचिबमा मेचे महिला उथत्थान संघका अध्यक्ष नुमा मेचे, मातृभाषा तथा संस्कृति सचिवमा राजी महिला समाजका अध्यक्ष वस्मती राजी, जनसम्पर्क तथा सङ्गठन बिस्तार सचिबमा नेपाल बराम महिला संघकाे प्रतिनिधि रिना बराम १० पदाधिकारी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने प्रत्येक वर्ष महासंघमा दर्ता क्रमानुसार परिवर्तन हुँदै जाने प्रक्रियानुसार व्यासी सौंका महिला संघका अध्यक्ष पुस्पा बुढाथोकी पहिला नै चयन भएकी थिइन । अध्यक्ष पदका लागि शेर्पा र दनुवार महिलाबाट उम्मेदवारी परेकाे थियो भने महासचिव पदका लागि सुनुवार महिलाबाट शाेभा सुनुवार र उराँव महिलाबाट अञ्जुकुमारी उराँवाको उम्मेद्वारी परेको थियो । तर दनुवार महिला र उरावँ महिलाले उम्मेद्वारी फिर्ता लिएपछि अध्यक्ष र महासचिव पद निर्विरोध निर्वाचित भएको थियो ।

लामो समय संस्था नविकरण नभएको सदस्य संगठनहरुले निर्वाचन प्रक्रियामा मतदान तथा उम्मेद्वारी दिन पाउने कि नपाउने भन्ने वारेमा वहस चलेको थियो । महासंघले नै संस्था नवीकरण गरेर महाधिवेशनमा प्रतिनिधित्व गर्न पत्रचार गरेको र संघीय परिषदको वैठकले समेत संस्था नवीकरण गरेर आएका सदस्य सङ्गठनहरुलाई मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन दिने भन्ने निर्णय गरेर राजनीतिक चलखेलका कारण आदिवासी जनजातिकाे महिला हकाधिकारको पक्षमा बहसपैरवी गर्ने संस्थामा पार्टीकाे ह्वीप भन्दै झमेला गरेको संस्था नवीकरण गरेर आउने सदस्य संगठनहरुको दाबी रहेको थियो । महासंघको सातौं सम्मेलनमा संस्था नवीकरण नभएकाे भनेर सुनुवार महिला समाजलाई बन्दशत्रबाट बाहिर निकालिए पनि ८औं सम्मेलनमा भने सङ्स्था नवीकरण नगरेका सदस्य सङ्गठनलाई समेत सहभागी गरिएको थियो । महासंघको संगठनात्मक संरचनामा सचिवालयभन्दा मथिल्लो निर्णयक तह संघीय परिषद भए पनि विवाद मुल जरो भने सचिवालयका पदाधिकारीकै द्वैद्व चरित्रले अनावश्यक वहस तन्किएको सदस्य संगठनकाे भनाई रहेको थियो । सचिवालयका सचिवहरु नै आफैंले गरेको निर्णय र पत्रको विरुद्धमा उभिएर बहिस्कारको नाटक गरीरहेको देखिन्थे । तर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आफैको आर्थिक वर्ष ०७९/८० को नविकरण नभएको स्वयम महिला महासंघका महासचिव तथा सचिवहरुले बताउँदै नवीकरण नभएका सदस्य सङ्गठनलाई उकासीरहेका थिए ।
सङ्था नवीकरण नगरेका सदस्य सङ्गठनका प्रतिनिधिहरुले बन्दसत्रमा राखेको प्रश्न र मागको जवाफ दिनेक्रममा बन्दशत्रको अध्यक्षता गरिरहेको अध्यक्ष चिनीमाया माझीले महासङ्घको ४८ वटा सदस्य सङ्गठनमा २८ वटा सङ्स्था नविकरण भएका सदस्य सङ्गठनको उपस्थिति रहेको बाँकी सदस्य सङ्गठनहरुकाे सङ्स्था नवीकरण भएको थिएन । ६ वटा सदस्य सङ्गठनहरु निस्क्रिय भइ सम्पर्कविहीन रहेको जानकारी गराएकी थिइन ।
तर अधिकारीक मतदान गर्न पाउने सदस्य सङ्गठनकाे नामावली तयार पारी बन्दशत्रबाट महासंघ सचिवालय विघटन गरी निर्वाचन मण्डललाई निर्वाचन गर्न जिम्मेवारी दिएपछि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ४८ जातिय महिलासंस्था आवद्ध रहेको भन्दै नेपाल मगर महिला संघ, नेपाल तामाङ महिला घेदुङ, नेपाल योल्मो महिला संघ, जिरेल महिला सेवा समाज, किरात याक्थुम माङ्गेना चुम्लुङ याक्खामा याप्सेन, नेपाल भाषा मिस खल, थारु महिला जागरण केन्द्र, नेपाल किरात राई महिला संघ र नेपाल पहरी महिला विकास संघ लगायत केही महिला संस्थाहरुले विरोध जनाउँदै निर्वाचन मण्डललाई ध्यानकर्षण समेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *