All about Sunuwar

भावना सुनुवारलाई खेलकुद सामग्री प्रदान

newsसमीर मुखिया सुनुवार, सुनुवार डट ओआरजी ।

काठमाडौं, १७ माघ । सुनुवार सेवा समाज कतार शाखाद्वारा स्क्वास खेलाडी भावना सुनुवारलाई खेल सामग्री प्रदान गरियो । ट्रयाकसेट, टिसर्ट, किट्स र स्क्वास जुत्ता प्रदान गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले नेपाल र सुनुवार समुदयको नाम राख्न सफलताको शुभकामना दिए । सुनुवार सेवा समाज कतार शाखाका सचिव रुपक सुनुवार र कोषाध्यक्ष अर्जुन सुनुवारको सहभागितामा उक्त खेल सामग्री प्रदान गरिएको थियो ।

नेपाल स्क्वास र्‍याकेट्स संघद्वारा आगामी साता भारतको गुहाटी र सिलोङमा हुन गइरहेको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलका लागि सुनुवार छनौट भएका हुन् । सुनुवार यस अगाडि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलमा कास्य पदक विजेता हुन् ।

One Comment to भावना सुनुवारलाई खेलकुद सामग्री प्रदान

  1. सुनुवार हरु एकबद्द हुनुमा गर्व गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *