All about Sunuwar

खोटाङमा राखामा शाँदार स्थापना : ख्योम्पातिचको फोल पिदार धुम्धामसँग मनाइयो

राखा ऐसेलुखर्क खोटाङमा नयाँ शाँदार थान स्थापना गरिएको छ । कोषाध्यक्ष सुसेस संघीय समिति शोभा सुनुवारको नेतृत्वमा साब्लाको कान्छाराम शिकारीले शाँदार पिदार स्थापना गरेका छन् । त्यसैगरी ओखलढुंगा काःत खिँचीदेम्बा ३ मा धुमधामसँग शाँदार पिदार गरिएको छ । सुनुवार सेवा समाज संघीय समितिले कोरोना महामरीमा सामाजिक दुरी कायम गरी शाँदार पिदार गर्न सुचना जारी गरिएको थियाे ।

त्यसैगरि विश्वभरि छरिएर बसेको कोइँचहरुमा ख्योम्पातिचहरुको महान चाड फोल पिदार आज शुरु भएको आज तेस्रो दिन भएको छ । उँधौली र उँभौली गरी दुइ पटक शाँदार पिदार गरिने कोइँचमा मंसिरे पुर्णिमामा दिगर्चहरुले युल्सि र ख्योम्पातिचहरुले फोल मानाउँछन् । मंसिरे पुर्णिमाको अगाडिको दिन कास पिदार गरे पछि आज फोल पिदार गरिन्छ । कुँबु कास्थाली ख्योम्पातिचहरुको मुल थलो हो । आज वाचखोला महेश ख्योम्पातिचको घरमा मुलिचहरुको फोल पिदार धुमधामसँग गरिएको छ । त्यसैगरी बेल्दिङ्गे ख्योम्पातिचहरुले कुँबु सुकमान ख्योम्पातिचको घरमा ठाडो फोल गरिएको छ ।
विश्वभरि छरिएको किरातहरुले हर्सोल्लासका साथ किरात चाड मानेको छन् । सबैमा किरात चाडको उपलक्ष्यमा हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *