All about Sunuwar

अलपत्र मृर्गौला पीडितलाई आर्थिक तथा फुडसप्लीमेन्ट सहयोगसहित राहत उपलब्ध

-कोइँचबु काःतिच ।
कल्पना गर्नुहोस् तपाईलाई आफुभन्दा बढी माया गर्ने प्राणप्यारी विरामी हुनुहुनछ । बाहिर उपचारको लागि घरबाट निस्कन सक्ने अवस्था छैन । न त भान्सामा खान पाक्ने अवस्था छ । न तपाई उनको पीडा बाँड्न सक्नुहुन्छ । आफ्नै सामुन्ने कालले आरामसाथ चिथोर्दै गिजोल्दै असह्य पीडा दिँदै घाँटी न्याकीरहेको छ र तपाई केही गर्न सक्नुहुन्न । न चिच्चाउँदा हुन्छ न कुटेर हुन्छ ? नाङ्गा आँखाहरु च्यातेर टुलुटुलु हेरेर बस्दाको पीडा कस्तो हुन्छ होला । हो अहिले लकडावनले कतिपय दिर्घारोगका विरामीहरुको आफन्तहरुको यस्तै दयानीय अवस्था छ ।
यस्तै सिन्धुली दुधौली नगरपालिका वडा नं. १२ जिनाखुकी दिर्घरोगका विरामी दुवै मृगौला पीडित कोइँच महिलालाई हामीले पनि ठिम्याएर हेर्न र सोध्न सकेनौं । तै पनि आज उहाँकै बासस्थान ढोलाहिटी सम्पाङचोकमा सहृदयी पवित्र मनहरुबाट प्राप्त आर्थिक तथा फुडसप्लीमेन्ट सहयोगसहितको राहत उपलब्ध गरिएको छ । यस पुण्य कर्मका लागि बेलायत बस्दै आउनुभएका बम तथा दिपा गुरुङबाट रु. ५०००, महालक्ष्मीस्थान ललितपुरकी सीता सुनुवारबाट रु.२ ०००, झापाका स्थायी घर भएका नक्खु भैंसेपाटी निवासी समाजसेवी सुनिल मुखियाबाट रु. ५,०००, सुनुवार सेवा समाजका पूर्व सहसचिव एलबि मुखिया र समाजसेवी सम्झना सुब्बाबाट रु. ५,१००, र त्यसैगरी रामेछाप गुप्तेश्वर स्थायी घर भएका बेलायत बस्दै आउनुभएका समाजसेवी भक्तमान सुनुवारबाट रु. १०,००० गरी जम्मा नगद रु. २७,१०० का साथै होलिस्टिक हर्ब प्रा.लि. नयाँ बानेश्वरबाट रु. १५०० बराबरको एक बोरा चामल र १२,०५० बराबरको रेसि तथा यार्शा जस्ता फुड सप्लिमेन्ट उपलब्ध गरिएको हो । ललितपुर जिल्लामा अलपत्र दैनिक ज्यालादारी गरेर खाने दाजुभाई दिदीबहिनीहरुलाई राहत उपलब्ध गराउनेक्रममा कोइँच चुप्लु कोइँच भाषाको पहिलो टिभी कार्याक्रमका प्रविधि प्रमुख पाम सुनुवारसँग सिन्धुलीका सुनुवार दम्पत्तिसँग भेट भएपछि हामीले उहाँहरुको अवस्थालाई मध्यनजर गर्दै व्यत्तिगत फेसबुक वालबाट सबै सहृदयी पवित्र मनहरुलाई जानकारी गराइएको थियो । अब सहृदयी पवित्रमनका धनी आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारले वचन दिनुभएको नगद राहत रु. १५,००० हजार चाँडै उपलब्ध गरिने छ ।
आज हामीले विरामीलाई प्रत्यक्ष भेटेर बुझे अनुसार सुमेरु अस्पतालमा हप्ताको दुई दिन निशुल्क डाइलसिस गरीरहनु भएको रहेछ । डाइलसिस निशुल्क भए पनि डाइलसिस गर्न चाहिने अन्य सामाग्रीहरु विरामीले नै किन्नु पर्ने भएको हुँदा दैनिक ज्यालादारी काम गर्नुहुने दम्पत्तिहरुले उक्त खर्च धान्न नसकेको बताउनुभयो ।
‘दैनिक गुजारा गर्नसमेत अप्ठ्यारो भएको हामीलाई मृर्गौला उपचार गर्न त असम्भव नै भयो । गरिबले हेरीहेरी आफन्त मार्नुपर्ने रहेछ । मृगौला पिडीतका श्रीमान मन खिन्न पार्दै आफ्नो विरामी प्राणप्यारीलार्य सुम्सुमाउँदै भन्नुहुन्थ्यो, ‘डाक्टरले अपरेशन गर्नुपर्छ भनेको थियो । तर लकडाउन भयो । पैसा पनि भएन । २६ हजार थियो त्यो पनि सकियो । ठेकेदार पनि लकडाउनका कारण घर गयो । यी त्यसै भयो ।
(सचाइएको : … दुई जना बच्चासमेत चार जनाको परिवार भएको … फेसबुक वालमा पोस्ट गरिएकोमा दुई दम्पत्तिमात्रै हुनुहुँदो रहेछ । दुई जना वच्चा अर्कै सँगै काम गर्नेको रहेको थाहा भयो । उहाँहरुको विवाह भएको १ वर्ष भएको रहेछ र मृर्गौला विमारले छोएको सात महिना भएको रहेछ ।)
उहाँलाई कसैले अभियान चलाएर मृर्गौला उपचारमा सहयोग गर्न वा सिधै सम्पर्क गरेर सहयोग गर्न चाहनुहरुले उहाँको सम्पर्क र्न. ९८२५८९२७२७ सम्पर्क गर्नसक्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *