All about Sunuwar

किरातीहरुका प्रकृति र पितृको पूजा दोहामा सम्पन्न ।

quatarभानु/सामुयल सुनुवार समाचारदाता, दोहा, कतार । किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व ,रापवा श्याँदर पिदार, चासोक तङनाम, साकेला उधौली– ५०७५ लाई किराती तथा गैरकिरातीहरुले कतारमा २५ डिसेम्वर शुक्रवारका दिन भव्यताका साथ मनाए ।
आदिम युगमा शिकारीका रुपमा परिचित किरातहरुमा शिकार नपाउदाका अवस्थामा कन्दमुल खान सिकेका र काँचो कन्दमुल खाँदा बिरामीपरी अन्नबाली लगाएर खेतीगर्न उत्प्रेरित भएको सम्वन्धमा किरात मुन्धुम÷मुक्दुममा बिभिन्न मिथकहरु रहेको पाइन्छ । खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि नयाँ अन्न पितृहरूलाई अपर्ण गररे मात्र खाने परम्परा विकास गर्दै गए ।
यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन् यो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन् यो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख, समृद्घिको कामना गर्दै उधौली चार्ड मनाइन्छ ।
किरात समुदायले मंसिरे पूर्णिमामा उधौली विभिन्न कार्यक्रम गरी देश बिदेशमा धुमधामका साथ मनाउँने प्रचलनलाई निरन्तरता दिन कतारमा स्थापित तीन किराती संस्थाहरु सुनुवार सेवा समाज शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा कतारको संयुक्त आयोजनामा किरातीहरुका महान चाड सहितको विविध किराती साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
सुसेस शाखा कतारका अध्यक्ष तथा कार्यक्रम मूल कमिटीका संयोजक नर बहादुर सुनुवारको सभापतित्व तथा नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्यमा आयोजित कार्यक्रममा कार्यक्रम उपसंयोजक किरात याक्थुम चुम्लुङ्ग कतारका अध्यक्ष मन कुमार आङ्वो, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष अमृत कुमार राईको विषेश आतित्थ्य र कतारमा स्थापित विभिन्न सामाजिक, जिल्ला, जातिय तथा वैचारिक सघ÷सस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी र व्यवशायीहरुको आतित्थ्य रहेको थियो ।
कार्यक्रमका सभापति, प्रमुख अतिथि लगाएत विशेष अतिथिहरुका बाहुलीबाट ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन गरेर कार्यक्रमको शुभारम्भ गरिएका् थियो । उपस्थित सबैले राष्ट्रियगान गायर ज्ञातअज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारण गरे पश्चात कार्यक्रमले गति लिएको थियो । कियाचुका अध्यक्ष मन कुमार आङ्वाले स्वागत मन्तब्य राख्दै यस चार्ड बारे प्रकाश पारेका थिए । साँस्कृतिक कार्यक्रम संयोजक तिर्थ याम्पुको र बविन राईको कोरियोग्राफीमा सुनुवार, लिम्बु र राईका जातिय भेषभुषामा सजिएका कलाकारहरुले मट्टिको कसम भन्ने बोलको गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
किरात याक्थुम चुम्लुङ कतारद्धारा पितृ पूजा गरे भने सुनुवार सेवा समाज शाखा कतारले शाँदार सिल प्रस्तुत गरेका थिए । त्यसै गरी किरात राई यायोक्खा शाखा कतारले साकेला शिली र किरात याक्थुम चुम्लुङ कतारले च्याब्रुङ नाच प्रस्तुत गरेका थिए । साथमा रविन राई, राम राई र दिवस याक्खाको गायन र कमल विक्रम सुनुवार तथा आरोही सुनुवारको युगल नृत्य कला प्रस्तुतिले उपस्थित जमातलाई भरपुर मनोरन्जन दिलाएको थियो ।
कार्यक्रमको अर्को आर्कषण चिठ्ठा कार्यक्रममा सान्त्वना पुरस्कार ०५९३, ०६५४, ०११४, ०५१७, ०७७५, तेश्रो पुरस्कार ०४०३, दोश्रो पुरस्कार ०२१२ र प्रथम पुरस्कार ०५३२ चिठ्ठा नम्वरले हात पारे ।
शुभकामना मन्तव्य राख्ने क्रममा बक्ताहरुले तीन किरातीहरुले प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कार र सस्कृतिको जर्गेना गर्नमा कुनै कसर बाँकी नराखेको अभिमत राखेका थिए । कार्यक्रमका उपसंयोजक तथा किराया शाखा कतारका अध्यक्ष अमृत कुमार राईले कार्यक्रममा सहभागि सबैलाई स्वागत तथा आभार ब्यक्त गरे । कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नहुने तीनै सस्थाका सदस्यहरु लगाएत कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने सहभागि सबैमा हार्दिक आभार र धन्यवाद ब्यक्त गर्दै सुसेस शाखा कतारका अध्यक्ष तथा कार्यक्रम संयोजक नर बहादुर सुनुवारले कार्यक्रम समापन भएको घोषणा गरे । बाक्लो संख्यामा कतारबासी किराती तथा गैरकिरातीहरुको सहभागिता रहेको कार्यक्रम कियाचु कतारका महासचिव तथा कार्यक्रम सदस्य सचिव डम्वर लुङ्खीमको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *