All about Sunuwar

चिमरु बुजिचलाई दालमान साहित्य पुरस्कार

यस वर्षको दालमान साहित्य पुरस्कार २०६९ कोइँच कवि चिमरु बुजिचलाई प्रदान गरिएको छ । यसै गरी दालमान अक्षय कोष विद्वत सम्मान २०६९ साहित्यकार अतीत मुखियालाई प्रदान गरिएको छ ।
कार्यक्रमलाई प्रकाश पार्दै अक्षय कोषका पूर्व अध्यक्ष सेनानी राजेन्द्र सुनुवारले रु. दुईलाखबाट स्थापना गरिएको कोष हाल चारलाख पुगेको कुरा पनि बताउनुभयो । पुरस्कृत कृतिलाई उद्धृत गर्दै सेनानी राजेन्द्र सुनुवारले भन्नुभयो– साम्राज्यवादी संसारको अतिक्रमण तथा अन्य विभिन्न छिमेकी भाषा तथा राज्यको कोल्टे व्यवहारको जाँतो पिसाइमा पिधिँएको कोइँच भाषा भर्खर भर्खर ताते सर्दैछ । यही ताते गराइमा उसको मुखबाट फुस्केको संघर्षका चित्कारको आवाज हो चिलाबुँबु ।
सम्मानित व्यक्तित्व अतीत मुखियाज्यूले भन्नुभयो– सम्पूर्ण जातजातिले आफ्नो पहिचान खोजिरहेको समय सेरोफेरोमा दालमान अक्षय कोषले कोइँच जातिको भाषा तथा साहित्य प्रवद्र्धनका लागि दिएको देन सह्रानीय छ र आज म आफू यो सम्मानबाट सम्मानित हुँदा जति प्रफुल्ल छु त्यो भन्दा पनि बढी प्रफुल्ल चिमरु बुजिचजस्ता नव कोइँच साहित्यकारहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार दिएकोमा प्रफुल्लित छु ।
कार्यक्रमका अतिथि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले भन्नुभयो– कोइँच जातिको पनि कविता, गीत हुन्छ र ? भन्ने कोइँचहरुलाई आज प्रकाशित यी कृतिले स्पष्ट पारिदिएको भन्दै सुनुवार कोइँचको विभिन्न कोषलाई एकीकृत गरी एउटा प्रतिष्ठान बनाउनुपर्ने अवधारणा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भद्रा घलेज्यूले अगाडि भन्नुभयो– कोषले गरेको कार्यलाई प्रशंसा गर्दै अबका दिनमा प्रत्येक सुनुवार समुदायले आफ्नो नाम अमर रहने कार्य गर्नुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रमका प्रमुख आतिथ्य भद्रकुमारी घलेले गर्नुभएको थियो भने अक्षयकोषका अध्यक्ष पुष्पा मुखियाले सभापतित्वमा सम्पन्नन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *