All about Sunuwar

सुनुवार सेवा समाज ओखलढुङ्गा जिल्ला समितिको सम्पूर्ण कार्य सम्पन्न

चुप्लु दाम्लोच
२३ साउन, ओखलढुङ्गा । सुनुवार सेवा समाज जिल्ला सम्मेलनको सम्पूर्ण कार्रय सम्पन्न भएकेा जानकारी कार्य समिति अध्यक्ष बुद्धिराज मुलिचाले दिएका छन् । जिल्लाका सबै पार्टी तथा आदिवासी जनजाति संघसंस्था तथा गैर आदिवासी संस्थाहरुलाई र राजनीतिक पार्टीलाई निमन्त्रणा गरिएको पनि जानकारी गराउनु भयो । ओखलढुङ्गा सदरमुकाममा पहिलो पटक गर्न लागेको यो सम्मेलन सुसेसको दोस्रो जिल्ला सम्मेलन हो । भोलि विहान सुनुवार सेवा समाज जिल्ला समितिले साँस्कृतिक झाँकीसहित बजार परिक्रमा गरी जिल्ला विकास समितिको सभाहलमा सभामा परिणत हुने छ । अहिले जिल्लको १६ गाविसका सुनुवार प्रतिनिधि सहभागी हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *