All about Sunuwar

सुनुवार सेवा समाज वाषिर्क साधारण सभा सम्पन्न

चुप्लु दामलोच
२४ जेठ, यालाखोम । सुनुवार सेवा समाजको २४ औं वाषिर्क साधारण सभा विभिन्न भावि नीति तथा कार्यक्रम पारित गर्दै भव्यरुपमा सम्पन्न भयो । सिन्धुली, झापा, सुनसरी, र्सलाही, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, ओखलढुँगा, रामेछाप जिल्लाबाट ८१ भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा दालकुमारी सुनुवारले आफु विमारी भएकोले आदिवासी सभासद सभा -ककस) ले तीन पार्टर्ीीई दिने भनिएको ज्ञापन-पत्रमा सही गर्न नसकेको स्पष्टीकरण दिएका थिए । तर उनलाई पार्टर्ीी हृवीप जारी गरेको हुँदा उक्त ज्ञापन पत्रमा सही नगरेको धारण कतिपयको छ । उता नेकपा एपाले आवद्ध नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका पर्ूव सचिव तिलक सुनुवारले सुनुवार सेवा समाजलाई मुद्दा हालेको विषयमा कुराको उठान गर्नु भएको थियो । त्यस्तै गरी सो सभाको उद्घाटन सत्रमा लिम्बु, याक्खा, वाहिङ, जेरो प्रतिनिधिले पहिचानसहितको संघीयता किन भन्ने विषयमा बोल्नुभएको थियो ।
सुनुवार सेवा समाजका संस्थापक कोषाध्यक्ष टिकाराम मुलिचाले संस्था स्थापना गर्दा यस्तो उद्देश्य नलिए पनि अहिले आफ्नो माटोको लागि आवाज उठाउँदै सरकारसँग नौ बुदे सहमति गर्न सक्ने शक्तिमा परिणत भएकोमा खुसी ब्यक्त गर्नु भयो । सभाध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार सेवा समाजले सुनुवार नेताहरु सुनुवारको मुद्दा आफ्नो पार्टर्ीीार्फत कसरी उठाउने भन्ने विषयमा सचेत नभएको ठहर गर्दै अहिलेसम्म कुनै पनि नेताले सुनुवार सेवा समाजलाई आदिवासी जनजाति सुनुवारको प्रतिनिधि संस्थाको रुपमा स्वीकार गर्न नसकेको आरोप पनि लगाउनु भयो । यदि वर्गीय कुरा, पार्टर्ीीे कुरा मात्र बोकेर हिड्ने हो भने सुनुवारले सुनुवार नेताले भनेर किन भोट दिने – सुनुवारको हक अधिकार वारे नबोल्ने सुनुवार नेतालाई सुनुवार भएको नाताले भोट दिनुको कुनै औचित्य नभएको पनि जिकीर गर्नु भयो । त्यस्ता सुनुवार नेता र बाहुन नेतामा केही अन्तर नभएको बताउनु भयो । अब निकट भविश्यमा पहिचानको विषयमा गाउँ गाउँबाट आवाज उठाउने पनि कार्यक्रम पारित गरियो ।

4 Comments to सुनुवार सेवा समाज वाषिर्क साधारण सभा सम्पन्न

  1. डा.लाल–श्याँकारेलु Rapacha says:

    रिम्शोन दुम्मेत .

  2. डा.लाल–श्याँकारेलु Rapacha says:

    रिम्शोन दुम्मेत .

  3. koich cheare says:

    सभासद ले जे स्पस्टिकरण दिए पनि सहमतीय सरकार बनेको खण्ड मा मन्त्रि खानापौने धुनमा बहाना बनाई सहि नगरेको भन्ने गाई गुई सुन्नमा आएको छ हुनसक छ / मानी लिनुस सहि गर्न जान भ्याएनन नामावली त् हुनुपर्ने नि खई ? /
    लोकतान्त्रिक किरात सुनुवार संघका पर्ूव सचिव तिलक सुनुवारले जे भने नि यो सस्थाको औचित्य समाप्त भएको छ /उक्त सस्था सुनुवारको हक हित मा खुलेको हो भने ब्यानर खै त् बनेस्वोर चोकमा ?????? /

  4. koich cheare says:

    सभासद ले जे स्पस्टिकरण दिए पनि सहमतीय सरकार बनेको खण्ड मा मन्त्रि खानापौने धुनमा बहाना बनाई सहि नगरेको भन्ने गाई गुई सुन्नमा आएको छ हुनसक छ / मानी लिनुस सहि गर्न जान भ्याएनन नामावली त् हुनुपर्ने नि खई ? /
    लोकतान्त्रिक किरात सुनुवार संघका पर्ूव सचिव तिलक सुनुवारले जे भने नि यो सस्थाको औचित्य समाप्त भएको छ /उक्त सस्था सुनुवारको हक हित मा खुलेको हो भने ब्यानर खै त् बनेस्वोर चोकमा ?????? /

Leave a Reply

Your email address will not be published. Required fields are marked *