All about Sunuwar

सांस्कृतिक कार्यक्रमका साथै केन्द्रीय समितिले आठौं राष्ट्रिय सम्मेलनमा पारित भावी नीति तथा कार्यक्रमको अवधारणा अनुसार सचेतना एवम् जनचेतना अभिवृद्धि कार्यक्रमको प्रशिक्षण

चुप्लु दामलोच(समाचारदाता)
माघ १३, प्लेतति रामेछाप । सांस्कृतिक कार्यक्रमका साथै केन्द्रीय समितिले आठौं राष्ट्रिय सम्मेलनमा पारित भावी नीति तथा कार्यक्रमको अवधारणा अनुसार सचेतना एवम् जनचेतना अभिवृद्धि कार्यक्रमको प्रशिक्षण गराइने जानकारी समेत आयोजक समितिले जानकारी दिनुभयो ।
कार्यव्रmममा सांस्कृतिक तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा प्रत्येक सहभागी टोलीले सुनुवारी भाषामा मौखिक गीत सहित नृत्य प्रस्तुत गर्ने चलन रहेको छ । दोस्रो चरणमा सेलो भागमा सामूहिक नृत्य र तेस्रो चरणमा लोक दोहोरी गीतमा नृत्य प्रस्तुत गरी अन्तिम स्पर्धा सकिने जानकारी सुनुवार सेवा प्रीति गाउँ समितिका तर्फबाट प्रतियोगितामा भाग लिने प्रतियोगी बिमल सुनुवार जानकारी गराउनु भयो ।
यसै सिलसिलामा पहिलो चरणको प्रतियोगिताअन्तर्गत मौखिक गीत एवम् नृत्य प्रतियोगिताको प्रतिस्पर्धा सुरु भइरहेको छ ।
नृत्य प्रतियोगिताको कार्यव्रmम सञ्चालनमा केन्द्रीय समितिका भाषा तथा सांस्कृतिक अनुसन्धानका प्रमुख कोइँचबु काःतिच (उत्तम सुनुवार) ले सहयोग गर्दैै प्रतियोगिताको प्रथम प्रस्तुति सुनुवार सेवा समाज प्रीति गाउँ समितिका तर्फबाट कलाकारहरू विमल सुनुवार, सिमा सुनुवार, देवीमाया सुनुवार, चित्रमाया सुनुवार, मिनमाया सुनुवार, बादुर सुनुवार, गोविन्द सुनुवार, केशव सुनुवार र सन्तोष सुनुवारले आफ्नो प्रस्तुति प्रस्तुत गरिसक्नुभएको छ । गीतको बोलमा सुनुवारी भाषाबाट आइँकेद बइँजा रोँअ्गुमि….. शिर्षकको गीतलाई कर्णप्रीय तथा आकर्षक नृत्यमा प्रस्तुत गर्नुभएको छ ।
दोस्रो प्रतियोगीको रूपमा प्रगतिशिल युवा संस्था, प्रीति– ४ का तर्फबाट प्रतियोगी कलाकारहरूको टोली टेकराज सुनुवार, कृष्ण कार्की, अविनाश सुनुवार, उत्तम भण्डारी, रमिला बस्ने, दुर्गा भण्डारी र अस्मिता सुनुवारले आफ्नो स्पार्धा पेश गरिरहनुभएको छ । गीतको बोलः लेखमा चढ्ने चौंरी गाई…
तेस्रो प्रतियोगी टोलीहरूमा तिलौरी खोला माइव्रmो हाइड्रो पावरका तर्फबाट सविता सुनुवार, पुष्पा सुनुवार, सविराज सुनुवार, शुभराज सुनुवार, प्रेम सुनुवार, लोकबहादुर सुनुवार, दिपप्रकाश सुनुवार, अञ्जना सुनुवार, सीता सुनुवार र सिर्जना सुनुवारको टोली प्रथम प्रतियोगिताको लागि तयारी गरिरहनुभएको जानकारी आयोजक टोलीबाट प्राप्त भइसकेको छ । गीतको बोलः हिर्शो कन्छि….
चौथो प्रतियोगी टोली वेँसी गाउँ लिखु समाजका तर्फबाट बविता राई, खेमराज खत्री, सीता सुनुवार, विवेश लामिछानेले प्रतियोगिताका प्रतिस्पर्धा गरिरहनुभएको छ । गीतको बोलः सबभन्दा होइँति नमसेवल सुनुवार समाजकलि…
पाँचौ प्रतियोगी टोली नयाँ सिर्जना परिवार, प्रीति– ३ ग्युःदुका तर्फबाट कलाकार टोलीहरू रविन सुनुवार, दिपा सुनुवार, राजु सुनुवार, मञ्जु सुनुवार र झपट सुनुवार रहनुभएको छ । गीतको बोलः ओँथ हाँअ्बु इनके डाँडामि….
छैठौँ प्रतियोगी टोली– श्री सरस्वती मा.वि. प्रीति– ५ का कलाकार टोली, अशोक सुनुवार, सनि सुनुवार, फत्तबहादुर सुनुवार, यशोदा सुनुवार, सिर्जना सुनुवार, मनिषा सुनुवारले प्रतियोगितामा भाग लिनुभएको थियो । गीतको बोल ः हरि गेथ्थि थोःलेमि चुम्बि…
सातौं प्रतियोगी टोली– श्री कालीका देवी नि.मा.वि.– प्रीति २, उर्माखुका कलाकार टोलीहरू– रुकमणि कार्की, मोतीमाया तामाङ, दुर्गामाया तामाङ, उर्मिला सुनुवार, बविना योञ्जना, सविना मोक्तान, मोहनबहादुर सुनुवार, विष्णुमाया तामाङ र देवराज तामाङले भाग लिनुभएको थियो । गीतको बोलः रामेछाप जिल्ला प्रीति उर्माखु नाम राम्रो…
आठौँ प्रतियोगी टोली– सुनुवार संघ, प्रीति– ९, बल्खिँ का कलाकार टोलीहरू– निर्मला सुनुवार, मनोज सुनुवार, प्रवीण सुनुवार, कमला सुनुवार, सुस्मिता सुनुवार, सुस्तिका सुनुवार, ज्ञानमाया सुनुवार र सुवास सुनुवारले प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो । गीतको बोलः नेल्कलि नमसेवल…
नवौँ प्रतियोगी टोली– श्री चण्डेश्वरी उ.मा.वि., प्रीति– ७ का कलाकार टोलीहरू– गोपाल मगराँती, राजेन्द्रकुमार खाती, सुमित्रा धनुके, मुना सापकोटा, दृष्टि खाती, डोल्मा तामाङ, उमेश सापकोटा र सुरेश खातीले भाग लिनलाई आह्वान गरेको भए तापनि भाग लिने प्रतियोगी कलाकारहरूको आउँदो एस.एल.सी. परीक्षाको लागि सेन्टअप परीक्षाको परीक्षा दिनुपरेको कारणले आफ्नो तीन चरणकै प्रस्तुती माग १४, २०६८ मा नै प्रस्तुत गर्ने निवेदन भएकोले पहिलो सत्रमा ८ प्रतियोगीहरूको मात्रै प्रतिस्पर्धा भएको छ ।
खुला नृत्य प्रतियोगिताको अवसरमा सांस्कृतिक नृत्य बाच्छइ बाजा सिल पनि समाजका अग्रजहरूले प्रस्तुत गरी कार्यक्रमलाई अझ रमाइलो वातावरण बनाई दिनुभएको थियो । अप्रतियोगी नृत्य अन्तर्गत आधुनिक गीत तथा चल्तिका चलचित्रका गीतहरूमा आफ्नो अप्रतियोगी नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मन्त्रमुग्ध बनाई रहनुभएको थियो ।
यसै व्रmममा चियापान, खाजासँगै दोस्रो चरणको कार्यव्रmममा प्रवेश गरेको छ । नृत्यको अन्त्यमा उद्घोषकद्वय कोइँचबु काःतिच (उत्तमकुमार सुनुवार) र चन्द्रकुमार सुनुवारको जोडीले नृत्य प्रतियोगी कलाकारहरूसँग प्रश्नोत्तर गर्दै दर्शकदिर्घामाझ आफ्नो कुरा राख्न लगाएर कार्यक्रमलाई अझ मनोरञ्जन दिलाउनुभएको थियो । दोस्रो चरणको पहिलो प्रस्तुतीमा नयाँ सिर्जना युवा क्लव, प्रीति– ३, ग्युःदुका तर्फबाट सुपारी जाइको माला… शीर्षक गीतको रमाइलो र आकर्षक नृत्यका उत्कृष्ट कोरियोग्राफी प्रस्तुत गर्नुभएको थियो ।
दोस्रो चरणको दोस्रो कार्यव्रmममा श्री कालीका देवी नि.मा.वि.– प्रीति २, उर्माखुका कलाकार टोलीहरूले रातो रातो गाला माइच्याङको… बोलको सेलो गीतमा नृत्य प्रस्तुत साना साना विद्यार्थी भाइबहिनीहरूले आकर्षक नृत्य प्रदर्शन गर्दै दर्शकदिर्घालाई रमाइलो प्रदान गर्नुभएको थियो ।
तेस्रो प्रतियोगी सुनुवार संघ, प्रीति– ९ का कलाकार भाइबहिनीहरूले निहुँ नखोज सानी… तिमीलाई झ्याइँ पार्दै लाने मैहुँनि… गीतको बोलमा सामूहिक नृत्य प्रस्तुत गर्दै दर्शकको वाहवाही ताली पाउन सफल भएका थिए ।
चौथो प्रतियोगी टोलीको रूपमा वेँसी गाउँ लिखु समाजका कलाकारहरूले पछ्यौरी लेउ बइना….. गलबन्दी लेउ बइना, आजै टुङ्गो लगाई देऊ– माया छ कि छैन… गीतको बोलमा आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकदिर्घबाट वाहवाहीको ताली पाउन सफल कलाकारहरूको जोडीले साह«ै नै उत्कृष्ट नृत्य प्रस्तुत गर्न सफल हुनुभयो ।
पाँचौ प्रतियोगीको रूपमा श्री सरस्वती मा.वि. प्रीति– ५ का कलाकार टोलीहरूले काठमाडौंमा कोठा पाइँदैन… बस मेरो दिलैको डेरामा, डेरा बस्दा भाडा चाहिँदैन… बोलको गीतमा प्रीति डाँडाको सिरेटो हावाको मतलब नगरी दर्शकहरूले ताली पिट्दै कलाकारहरूलाई अझ जोशिलो बनाउँदै रमाइलो नृत्य गर्न र गराउन सफल भएका थिए । कार्यक्रमको बीच–बीचमा कार्यक्रम सञ्चालकद्वयले कलाकारहरूलाई साँच्चिकै दिलमा डेरा पाइयो कि पाइएन त ? भन्दा कलाकारहरूले पनि दिलमा डेरा पाइयो भन्दा दर्शकदिर्घाहरू पनि उत्साहित हुँदै ताली पिट्दै साथ दिएका थिए । यसैगरी कार्यक्रमका निर्णायक मण्डलहरूलाई पनि नृत्यको बारेमा प्रश्न गर्दा निर्णायक दीपा सुनुवारले प्रीति डाँडाको जाडोमा पनि यस नृत्यले साँच्चै तातो बनाएको महसुस दिलाएको प्रतिक्रिया दिनुहुँदै दर्शकदिर्घालाई अझ उत्साहित तुल्याउनु भएको थियो ।
यसैगरी आफ्नो व्यस्तताको बावाजुद पनि सुनुवार सेवा समाज प्रीति गाउँ समितिले आयोजना गरेको कार्यक्रमलाई माया मार्न नसकि सहभागी जनाई दोस्रो दिनमा प्रस्तुत गरिने तेस्रो चरणमा प्रस्तुत गरिने प्रतियोगीतालाई समेत पहिलो दिनमा नै प्रस्तुत गरी नयाँ सिर्जना युवा क्लव, प्रीति– ३, ग्युःदुका तर्फबाट आमइले होइ खाइजाला… उँभो त लेखमा ज्यानलाला हामी त जान्न शीर्षक गीतमा आकर्षक नृत्य गर्दै कार्यव्रmमलाई पहिलो दिनको प्रतियोगितालाई समापन गरिएको जानकारी उद्घोषकद्वयले दर्शकलाई पुनः माघ १५, २०६८ मा उपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *