All about Sunuwar

कोइँच (सुनुवार) पुरख्यौली थलोको नाक्साङ्कन कार्य

सुनुवार डट ओआरजि समाचार दाता माघ ९, यालाखोम । कोइँच (सुनुवार) को पुरख्यौली थलाको सम्पूरणा सूचना पाइने किसिमले कोइँच भूमिको नाक्साङकन तथा मुरता अमुरता सम्पदा अध्ययन गर्न बनेको छ महिना पछि नाक्साङकन कार्य शुरु गर्ने भएको छ । सुनुवार सेवा समाजले प्रथम उपाध्यक्ष रणवीर सुनुवारको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा कोइँच संस्कृतिका अनुसन्धाता तथा सुनुवार सेवा समाजका चौथो अध्यक्ष इश्वरकिरण सुनुवार, नेपालको पहिलो प्रतिलिपि अधिकार कानुन विज्ञ डा. बलबहादुर मुखिया, कोइँच भाषामा पहिलो पटक विद्यावारिधि गर्नु भएका आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको अनुसन्धान प्रमुख डा. लाल रापचा तथा सदस्य सचिवमा कोइँचबु काःतिच (उत्तम) रहेको सो समितिले जिपिएस तथा जिआइएस प्रविधि प्रयोग गरी ऐतिहासिक खोज अनुसन्धान, भाषाशास्त्रीय, सामाजशास्त्रीय, नृतत्वशास्त्रीय दृष्टिकोणबाट वैज्ञानिक अध्ययन शुरु गर्ने भएको छ । यस प्रकारको अध्ययन नेपालको आदिवासी जनजातिको इतिहासमा पहिलो हुने दावी डा. लाल रापचाको रहेको छ । ‘हामीलाई यतिको समय विभिन्न विषयका विज्ञहरुसँग परामर्श गर्दै वित्यो । एक हिसावले हामीलाई आर्थिक अभावको कारण पनि यो महत्वकांक्षी काम गर्न ढिलो भएको हो । ता पनि छ महिनासम्म हामीलाई सर्न्दर्भ स्रोत बटुल्नमै समय खर्च भयो । मुख्यतः यस्तो कार्य नेपालको लागि नौलो भएकोले पनि हामीले यसलाई परिक्षणको रुपमा लिएको छौं । अहिले जो जसको जहाँ जहाँ पहुँच छ त्यताबाटै यसको अध्ययन गर्ने हिसावले आ-आफ्नो थरको वास्ताविक थालो पहिचान गर्ने र यसको आधारमा नाक्साङकान गर्ने गरी स्थानीय तहका समितिहरुलाई परिपत्र जारी गरिएको हुँदा स्थानीय तहबाटै महत्वपूरणा सूचनाको स्रोत बटुल्ने र केन्द्रमा त्यसलाई प्रणालीगत तथा वैज्ञानिक हिसाबले प्रसोधन गर्ने गरी कामलाई अगाडि बढाउने विज्ञहरु वीच छलफल गरी कार्ययोजना तयार गरेको छौं । अब हामी स्वयम्सेवकरुपमा यस कामको लागि दैनिक केही समय भूमि तथा भूअघिनत्व मामिला अध्ययनको लागि दिने र्सवसम्मति गरेका छौं । लगभग यो कार्यक्रम पुरा गर्न तीनदेखि छ महिना लाग्ने अनुमान गरेका छौं ।’ कार्यक्रम संयोजक सुनुवारले बताउनु हुँदै आम कोइँचहरुलाई आ-आफ्नो गाउँ, टोल, जिल्लाको साँस्कृतिक हिसावले महत्वपर्ूण्ा स्थान, गाउँ वस्तीको सूचना दिन पनि अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *