All about Sunuwar

दिमागको तार चुँडिएकाहरुको तर सोल्डरिङ कार्य ः आदिवासी जनजातिको अभियान

सुनुवार डट ओआरजि समाचारदाता । २६ मङ्सीर । ‘स्रष्टाहरुका मातृभाषामा रचनाहरु सुन्यौं । आफ्ना रचना सुनाउँदा सुनाउँदै एक जना साथीले साहित्यकारलाई एक खालको उपमा नै दिनु भयो दिमागको तार चुँडिए पछि मात्र साहित्यकार भइन्छ भन्ने। तर हामीले खोजको भूमिका भने के हो भने तार चुँडाएर होइन त्यही चुडिएको तार जोडेर आफ्नो पहिचान, दर्शन, विचारसहितको भूमिका स्थान खोजेको हो । हामीले त्यही विशिष्ट पहिचानको आन्दोलन अगाडि बढाएको हौं, सिर्जनशील अराजकतालाई अगाडि बढाएको हौंे । त्यसका एक सदस्य कुलदीप सुनुवार पनि हुन् । उनी सुनुवार सेवा समाजमा बसेर भाषा, कला-संस्कृति, धर्म, सामाजिक चालचलनप्रति समर्पित हुन खोज्नु नै आफ्नो छुट्टै पहिचानको खोजी गर्नु हो । यस कार्यमा साथसहयोग पुर्‍याउन अहिले कुलदिप  सुनुवार स्मृति कोष समितिले कुलदीप सुनुवार जहाँ पढे त्यहाँका स-साना चार बालबालिकाका लागि छत्रवृत्ति घोषाणा गरेर जुन सिर्जनाशील कार्य गरियो त्यससम्बन्धमा उनको पहिचानको अभियान हामी पनि समाहित भएर सदा सम्झीरहेका छौं । र, सम्झीरहनु पर्दछ ।’ प्रमुख अतिथि सिर्जनशील अराजक समूहका एक सदस्य साहित्यकार राजन मुकारुङले कुलदीप सुनुवार स्मृति कोष समितिद्वारा आयोजित ‘साहित्यिक गोष्ठी तथा कुलदीप सुनुवार स्मृति छात्रवृत्ति-२०६८’ कार्यक्रमलाई सम्बोधन गर्नु भयो । सो कार्यक्रममा कुलदीप सुनुवार स्मृति छात्रवृत्ति नियमावली प्रस्तुतीसहित कुलदिप सुनुवारले शिक्षार्जन गरेको पाठशाला कुण्डली माविका चार विद्यार्थीहरुलाई रु. पचीससय  एक मुष्ट छात्रवृत्ति दिएको घोषणा समितिका सचिव नितेश सुनुवारले गर्नु भएको थियो भने संरक्षक सदस्य नरेश तथा श्यामकर्ण  सुनुवारले तत्काल कोषको श्री वृद्धिको लागि रु. एक-एक लाख अक्षय कोष प्रदान गर्नु भएको थियो ।
राजकुमार सुनुवारको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सुनुवार  सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार, साहित्यकार धर्मेन्द्रविक्रम नेम्वाङ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुशन्धान प्रमुख डा. लाल रापचा, अतीत मुखिया लगायत बालमुकुन्द आचार्य, साङ्खु बुजिच, खाडी मुलुकका कवि भानु सुनुवारले कुलदीपसँगको संस्मणसहित आफ्नो सिर्जना वाचन गर्नु भएको थियो । कार्यक्रमको स्वागत भाषाण लोकप्रिय सुनुवारले गर्नु भएको थियो भने सुशिला, कौशिला, थिरबहादुर, प्रेमकुमार सुनुवारले कार्यक्रममा अन्य आवश्यकीय व्यवस्थापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *