All about Sunuwar

क्युइँतबु कल्याण कोष तथा सुसेसका प्रथम उपाध्यक्ष दुर्घटनामा

चुप्लु समाचारदाता । क्युइँतबु कल्याण कोषका अध्यक्ष तथा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष श्री रनविर सुनुवार दुर्घटनामा पर्नुभएको छ । आज विहान ४:३० बजे ठिमी चारदोबाटोस्थित नयाँ बाटोमा हिडिरहेको अवस्थामा बा. ५ च. ५७१८ नम्बरको पीकअपले ठक्कर दिई दुघर्टना भएको थियो । दुघर्टनालगतै उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उहाँको टाउँकोमा तीनवटा टाँका लगाएपछि उहाँलाई खतरामुक्त भएको भन्दै घर फर्काएको अस्पताल सूत्रले जनाएका छन् । उक्त पीकअप दुघर्टनालगतै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *