All about Sunuwar

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

चुप्लु । क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन तथा छैठौं वार्षिक साधारणसभाको सम्पन्न भयो । सो महाधिवेशनमा रणवीर सुनुवारको अध्यक्षतामा एकजना मनोनित हुने गरी १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमिति
१. अध्यक्षः रणवीर सुनुवार
२. प्रथम उपाध्यष ः बेदबहादुर सुनुवार
३. द्वितीय उपाध्यक्ष ः प्रकाशकुमार सुनुवार
४. महासचिव ः समीर सुनुवार
५. सचिव ः दलबहादुर सुनुवार
६. कोषाध्यक्ष ः विश्वकिरण सुनुवार
७. सह–कोषाध्यक्ष ः नरबहादुर सुनुवार
८. सदस्य ः सीता सुनुवार
९. सदस्य ः ज्ञानकुमारी सुनुवार
१०. सदस्य ः यामबहादुर सुनुवार
११. सदस्य ः डबिन सुनुवार
१२. सदस्य ः बमबहादुर सुनुवार
१३. सदस्य ः बलराम सुनुवार
१४. सदस्य ः जुनकुमारी सुनुवार
१५. सदस्य ः सुजन सुनुवार
१६. सदस्य ः शिव सुनुवार
१७. सदस्य ः मनोनित हुन बाँकी

उक्त कार्यक्रममा छैठौं वार्षिक साधारणसभामा सदाझैं ज्येष्ठ नागरिक सम्मान, प्रवेशिका परीक्षामा सर्वोउत्कृष्ट कोइँच सुनुवार विद्यार्थी प्रोत्साहन पुरस्कार, आजीवन तथा संरक्षक सदस्यहरुलाई प्रमाणपत्र तथा सम्मानपत्र वितरण गरियो । सम्मान हुनेहरुमा ज्येष्ठ नागरिक श्याममाया सुनुवार, प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट विद्यार्थी सावित्री सुनुवार, संरक्षक भक्तमाला सुनुवार र आजीवन सदस्यद्वय रत्नदेवी सुनुवार र बलराम सुनुवारलाई प्रमुख अतिथि तथा अतिथिज्यूबाट प्रमाणपत्र तथा सम्मान प्रदान गरियो ।

कार्यक्रममा बोल्दै लोकप्रिय सुनुवारले भन्नुभयो– कोइँच सुनुवारहरुले अब आफ्नो थरअन्तर्गतका संघसंस्था बनाएको खण्डमा कोइँच सुनुवारहरुको अझ आफ्नो धार्मिक, सांस्कृतिक र पहिचानमा निखार आउने बताउनुभयो । उहाँले १२ थरे सुनुवार र १० सुनुवारलाई जोडेर २२ वटा थर भए पनि विभिन्न स्थानविशेष बसाइसराइका आधारमा पनि अन्य थर भएको कुरा पनि बताउनुभयो । यी २२ वटा थरको पनि आ–आफ्नो थरका संस्था भएको खण्डमा सुनुवार सेवा समाजलाई अझ टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्तव्यकै क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले विगतका दिनहरुमा १० थरे र १२ थरे सुनुवारहरुको विवाद र गुनासो सुनिए तापनि हालको केन्द्रीय समितिको टीमले विभिन्न जिल्ला सिन्धुली, सर्लाही, धनुषा र उदयपुरमा भ्रमण गरी यी कुराहरुलाई निराकरण गरिएको कुरा बताउनुभयो । उहाँले ओल्लो किरात स्वायत्त राज्य परिषद्ले हाल प्रस्तावित १४ वटा प्रदेशमा ओल्लो किरातको ठाउँमा सुनकोशी प्रस्ताव गरिएको ओल्लो किरात स्वायत्त राज्य परिषद्ले आपत्ति जनाइ यसलाई अविलम्ब सच्याई ओल्लो किरात स्वायत्त राज्य हुनुपर्नेमा जोड दिएको बताउनुभयो । उक्त परिषद्ले आदिवासी जनजाति सभासद्हरुको संस्था ककसलाई पनि दबाब दिएर उक्त सुनकोशी प्रदेशलाई सच्याई ओल्लो किरात राज्य प्रस्ताव गर्ने आफ्नो प्रस्तावपत्रमा उल्लेख गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार तथा अतिथिहरुमा भू.पू. ले. मानबहादुर सुनुवार, सभासद् श्रीमती दालकुमारी सुनुवार र चम्पक सुनुवारले पनि आ–आफ्नो मन्तव्य प्रस्तुत गर्नुभयो थियो । कार्यक्रम रणवीर सुनुवारको सभापतित्वमा सम्पन्न भएको थियो ।

3 Comments to क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

  1. kormoch says:

    नव निर्वाचित क्युंत बु टिमलाइ हार्दीक वधाई तथा आउने दिनहरुमा यो टिमले अझ सशक्त ढंगले कोइँचको उत्थानमा टेवा पुर्याउन सकोस भन्ने शुभकामना !!!

  2. prakashsunuwar says:

    सबै थरले सस्था खोलेको खण्डमा सुसेसलाई सहयोग पुग्छ भनेपछि हाम्रो जिजिच ले चाइ कैले खोल्ने राछन. ? खोलेत राम्रै हुनुथियो

    नया समितिलाई बधाई

  3. janga sunwar says:

    नव निर्वाचित क्युत्बू कार्यसमिति लाइ हार्दिक बधाई!! यहाँहरुको कार्यकालको सफलता को कामना गर्दै उधारर्निया काम गर्नु हुनेछ भन्ने आसा गरेको छु1

Leave a Reply

Your email address will not be published. Required fields are marked *