All about Sunuwar

सानुबाबु सुनुवार र लाक्पा छिरी शर्पाको सम्मान कार्यक्रम सम्पन्न भयो ।

२६ असार, काठमाडौ । सुचना तथा संचार मन्त्री अग्निप्रसाद सापकोटाको प्रमुख अथितिमा सानुबाबु सुनुवार र लाक्पा छिरी शर्पाको सम्मान कार्यक्रम सम्पन्न भयो । इतिहासमै पहिलो पल्ट, रामपुर रामेछापका सानुबाबु सुनुवार, २९ र चौरीखर्क, सोलुखुम्बुका लाक्पा छिरि शेर्पा, ३५ ले २०६८, जेठ ७ गते तदनुसार May 21st, 2011 ८:३० मा सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको चुचुरोभन्दा ३० मिटर माथीसम्म प्याराग्लाइडिङ गरी उडेर नाम्चेमा ओर्लिन आइपुगेका उनीहरु प्याराग्लाइडिङ, कायाकिङ, क्यानोइङ, साइकल र पैदल यात्रा गरी साहासिक खेल खेल्दै विश्वको अग्लो चुचुरोदेखि शुरु गरेको Summit to sea नामक साहासिक यात्रा शून्य तह बंगालखाडी हिन्द–महासागरमा २०६८ असार १४ गते अर्थात June 28th 2011  दिनको १:३० बजे पुगी विश्व रेकर्ड कायम गरेका छन् ।
[ad#body]
नेपालको पूर्व–पश्चिम प्याराग्लाइडिङ यात्रा गर्ने पुरा गर्ने पहिलो व्यक्ति, प्याराग्लाइडिङ उडान अनुमाति प्राप्त पाइलट सानुबाबु सुनुवार, कोइँच (सुनुवार) आदिवासी जनजातिहरुमा सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हुन् भने आफ्ना सहयात्री लाक्पाछिरी शेर्पालाई लिएर सगरमाथाभन्दा ३० मिटरभन्दा माथि प्याराग्लाइडिङ उडान गर्दै सगरमाथालाई फन्को मार्ने विश्वका पहिलो व्यक्ति हुन । यस भन्दा अगाडि तीन पटक सगरमाथा आरोहण गरी सकेका लाक्पा छिरी शेर्पा प्याराग्लाईडिङ, राफ्टीङ, काइकिङ, क्यानोइङ, साइक्लिङ र पैदल यात्राको सहराले विश्वको अग्लो चुचुरो सगरमाथादेखि समुन्द्र-The Bay of Bengal) सम्म यात्रा गर्ने शेर्पा जनजातिमा पहिलो व्यक्ति हुनुहुन्छ । प्याराग्लाईडिङ, राफ्टीङ, काइकिङ, क्यानोइङ, साइक्लिङ र पैदल यात्राको साहासिक खेल खेल्दै विश्वको अग्लो चुचुरो सगरमाथादेखि समुन्द्र -The Bay of Bengal) सम्म यात्रा गर्ने विश्वको पहिलो जोडी हुनुहुन्छ ।

3 Comments to सानुबाबु सुनुवार र लाक्पा छिरी शर्पाको सम्मान कार्यक्रम सम्पन्न भयो ।

  1. आके yo बधाई छ hai la …

  2. एक हुल पत्रकार आए खाजा खाए गए तर समाचार लेखिएन, किन – हामी साना मान्छे -निम्छारा) सबार्ल्र्टनका कुरा समाचार बनाउने चलन छैन । यदि खस बाहुनले यस्ता कार्जेकाराम गरेको भए मुखपृष्ठ समाचार हुन्थ्यो होला ।

  3. Hom sunuwar(dasucha) says:

    नाम्सेवल नेलले एन्काली एको सापन रिम्श्यो हो / बिसेस सानुबाबु कोइनच र उहाँका सह मित्र शेर्पा जी लाई मेरो सुभकामना र बधाई अनि हाम्रो क्याबा जी ले भन्नु भएको धुर्बसत्य हो तर हाम्रो मान्छे निकै पछाडी छन् यो साचै नै दुख लाग्दो कुरो छ मेरो भन्नु केहि छैन अन्य अरु बिषय मा फेरी पनि कुराहरु राखुला भन्दै आज लाई यहाँ नै समाप्त गर्नु पर्ला , जे होस् कुनै पनि राम्रो कुरा गर्ने लाई गर्न दिउ र मदत गरौ

    होम सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *