All about Sunuwar

आदिवासी जनजातिद्वारा संविधानसभा घेराउ

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति अधिकारसहितको नयाँ संविधान जारी गर्नुपर्ने भन्दै बिहीबार संविधानसभा भवन अगाडि घेराउ कार्यक्रम गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध विभिन्न जातीय संघसंस्थाहरूले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहित ¥याली निकाल्दै दिउँसो १ बजेदेखि ३ बजेसम्म संविधानसभा भवन घेराउ गरेका थिए । सो कार्यक्रममा माओवादी, एमाले र कांग्रेसनिकट जातीय मोर्चा र आदिवासी जनजाति सम्बद्ध राजनीतिक दल र आदिवासी जनजातिका विज्ञहरूको पनि सहभागिता रहेको थियो ।
जातीय संघसंस्थाहरूले काठमाडौं उपत्यकाको लैनचौर, प्रदर्शनीमार्ग, बसन्तपुर, माइतीघर, सातदोबाटो, अनामनगरलगायतका स्थानबाट झाँकीसहितको ¥याली निकालेका थिए । महासंघले सो अवसरमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मागपत्र पनि बुझाएको महासंघका महासचिव आङकाजी शेर्पाले बताए ।

One Comment to आदिवासी जनजातिद्वारा संविधानसभा घेराउ

  1. Bapuns Sunuwar Koinch says:

    dherai dhannebad chha kinaki yesari nai sunuwar ko netritwo dekhaunu bhayeko dherai khushi lagyo yesari nai agami din haruma panijarirakhnu bhayeko khanda ma nischaye hamra sunuwar haruko adhikar su nischit hune chha sathai tapai haru ko yo yogdan kahilai pani metiyera jane chhaina cherdum/

Leave a Reply

Your email address will not be published. Required fields are marked *