All about Sunuwar

पशुपतिमा किरात (कोइँच, राई, लिम्बु, याक्खा) हरुको लाश गाड्न दिइएन

सुनुवार डट ओआरजि समाचारदाता ।
माघ १६, पशुपति । अहिले साँझ ५.०० बजे पशुपति विकास क्षेत्र अन्तर्गत रहेको श्लेस्मान्तक वनमा किरात राईको लाश गाड्न लैजाँदा पशुपति विकास कोषले लाश गाड्न दिएन । किरातीहरुमा लाश गाड्ने संस्कार छ । त्यसैले उपत्यकामा बसोवास गर्दै आएका किराँती (राई, लिम्बु, याक्खा, सुनुवार) हरुले पशुपतिको मृगस्थली डाँडादेखि दक्षिणी भागका जंगलमा उहिलेदेखि लास गाड्दै आएका थिए । अहिले साँझ एक्कासी पशुपतिमा लास गाड्रन आएका किरातीहरुलाई लाश गाड्न नदिएको हुँदा लाशलाई सडकमा तेर्साएर किरातीहरुले नारा जुलुश गरीरहेको छन् ।
२०५५ सालमा पनि यसै गरी किरातीहरुको लास गाड्न दिइएको थिएन । यस वर्ष पनि सो स्थलमा लाश गाड्न नदिने कोषले निर्णय गरेको हो । यस्तो निर्णयले आदिवासीहरुको मानव अधिकार हनन् भएको कुरा किरात राई यायोक्खाका उपाध्यक्ष दुर्गा राईले बताउनु भयो ।

2 Comments to पशुपतिमा किरात (कोइँच, राई, लिम्बु, याक्खा) हरुको लाश गाड्न दिइएन

  1. SaMuSu says:

    परम्परादेखिको संस्कारमाथि हिन्दूवादीहरुको यो ठाडो प्रहारले सम्पूर्ण किरातीलाई मर्माहत बनाएको छ । यसको जति विरोध गरेपनि विरोधको शब्दहरु पुग्दैन ।

  2. SKoinch says:

    This country is dominated by Hindu cult using from India other religious people even now no freedom in this country Leader they talking only by mouth democracy I don,t think country never end discrimination and race for other tribes people and religion how will come unite our country all they are blinded by Indian cult Hindu no right for other we need to open our mind and brain who are from Hindusthan this country is not Hindusthan this is Nepal God said I will curs them coming days.

Leave a Reply

Your email address will not be published. Required fields are marked *