All about Sunuwar

दालमान पुरस्कार चन्द्रप्रकाशलाई

सुनुवार डट ओआरजि
८ माघ, २०६७ काठमाडौं ।
कोइँच (सुनुवार) भाषामा लेखिएको साहित्यलाई प्रत्येक वर्ष दिँदै आएको दालमान अक्षय कोषको दालमान पुरस्कार कवि चन्द्रप्रकाश सुनुवारको ‘चाइँदा’ कवितासंग्रहलाई प्रदान गरियो ।
आठ हजार राशिको पुरस्कारसहित सम्मानपत्र प्रदान गर्दै विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्र ढुङ्गेलले भन्नुभयो, यस्तो पुरस्कारले कोइँच साहित्य उत्थानको लागि ठूलो योगदान गर्नेछ । नितान्त निजि क्षेत्रबाट स्थापित पुरस्कारले मात्र नेपालका मातृभाषाहरूको उत्थान गर्न सक्दैन । राज्यले पनि यससम्बन्धी विशेष व्यवस्था गरिनुपर्छ ।
सो अवसरमा साहित्यकार मनबहादुर मुखिया, अतीत मुखियाले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

One Comment to दालमान पुरस्कार चन्द्रप्रकाशलाई

  1. shyaral says:

    दल मान साहीत्य पुरस्कार बिजेत चन्द्र प्रकाश सुनुवर लाई बधाइ दिन चाहन्छु कोइच बन्दु हरु बाट यस्तै प्रगती हरु निरन्तर होस् भन्ने कामना गर्ना चाहन्छु ! यहिमा छ जतीय, भाषा, मुन्धुम, परम्परा, को सम्रचना !!! चेरेदुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *