Poems
now browsing by category
कबिता, द्येदेङलेच्चा
मातृभूमि
-टेकबहादुर सुनुवार (जोन)
शक्ति कहाँ हुन्छ?
दस्तावेज नै खारिज गरे पछि!
ईन्डिया कहाँ लुक्छ?
चीनले आपूर्ति पदार्थ भरे पछि!
बुद्धिमान कहाँ हुन्छन?
कसलाई दिनु बुद्धि खै मरे पछि!
डराग बन्दैन को यहाँ?
निउरी निउरी बिन्ती बिछ्याउदा!
हिच्किचिएर नेउरे अनुहार मुस्कुराउदा
मुर्छित हुने हाम्रो स्वभिमान
लखेटेको लखेटेकै पुच्छर समातिन्छ!
फेरि फर्की हेर्दा Read More
थुइय्या …
-कोइँचबु काःतिच
.
‘थुइय्या … खाराने,
अभागी टुहुरा !
मार-दे बेअÞने माचाबि’ –
ठुँगीरहेको छ आमाको दिक्दारी चिले रुइनाले ।
उहिले उहिले
दुधमा खरानी घोलेर खिर पकाएको उपद्रव
ओथरा बसेको ग्लुमु आमको अण्डा फुटाएको छिमाले स्मृति
गाई बाख्रा बालीमा छाडेर साथीहरुसँग बरालिएको बिस्मृत उकुस
खित-मा बोइश-शा गिदीमा बर्खे भेल उर्ली रहेका छ ।
काकाताली !
टुहुरा जिन्दगीको उर्त्तार्द्ध
लखातरान्न,
खाराने अनुहार खिस्रिक्क !
साँच्चिकै मर्न नसकेको म
भाग्यमाथि कुनै आस्था नराख्दा नराख्दै
आफ्नै बलबुतामा घिस्रिँदा धिस्रिँदै
व्यक्तिगत अकांक्षालाई गलहत्ताएर
सामुहिक र्स्वर्थको बकपत्र पेश गर्दा गर्दै
साँच्चिकै अभागी महसूश गरीरहेछु म ।
थुइय्या …
काले बन्ठा खाराने !
थुक्क
दुःखी अभागी टुहुरा !
थुः
बेकामे कोइँच बु काःतिच ।
निषेध (छेकाबार)
-काःतिच
म कलाकार होइन
म लेखक होइन
म पत्रकार होइन
न त म चित्रकार
न म अधिकारकर्मी हुँ
न त समाजसेवी
न काम नलाग्ने डुलुवा ।
तर, म
कलाकारहरुको सल्लाहकार !
लेखकहरुको समालोचक !
पत्रकारहरुको सहकर्मी !
चित्रकारहरुको सहयात्री !
अकिकारकर्मीहरुको टेको !
समाजसेवीहरुको कार्यकर्ता !
घरको लागि काम नलाग्ने डुकुलट्ठक भाँड !
उफ !
मेरो पहिचानमा धर्मसंकट !
रिङ-ने दा !
मेरो पहिचान ढाकेर पलाएका ऐजेरुहरु –
खराने !
उदीम !
माने !
रिट्ठे (तिसुप रिस्से) !
उत्तम !
सेके !
सुनुवार भाई !
कोइँचबु काःतिच !
काले बन्ठा !
डुकुलटठाक भाँड !
अखिरी म के हुँ ?
सोच्छु को हुँ ?
गम्छु कहाँको हुँ पटक-पटक
र, सच्याउन सुझाउँ भन्छु –
“ए हजुर ! मेरो पहिचानमा
पहिरो गएको छ
भल बढी आएको छ
ठूलो अँधीवेहरी चलेको छ
म जे होइन त्यही बनाइएको छु
म जे हुँ, जे छु, जहाँ छु
मलाई राम्ररी था’छ
मेरो खुबी
मेरो हैसियत
मेरो रङ्गरोगन
मेरो चालचलन
मेरो जीवनशैली
मेरो खानपान लवाइखवाई
मेरो पुखाको कथा व्यथा
मेरो पुखाको थाँतथलो …
मैले मेरो बारेमा केही बोलेकै छैन
मैले मेरो बारेमा कसैलाई भनेकै छैन
मैले मेरो बारेमा अरुलाई सुनाउन पाएकै छैन”
खोइ, मलाई बोल्ने, भन्ने, सुनाउने मौका दिएको ?
……………
तिसुप, काःत, चुप्लु -ओखलढुगा)
भुक्तपुरको सम्झनामा (पहाडी लोकलय र शब्दमा)
-केवलमान सुनुवार
जन्म दिने आमाबाबु शिक्षा दिने गुरु
भक्तपुरको सम्झनामा लेख्न गरे शुरु ।
हातैमा चाइनीज घडी सिसा फुटी जानु
भेट होला वर्षदनमा माया मारी जानु ।
केरा पाके लामालामा आपपाके पहेँला
भक्तपुरको प्यारो माया के भनी बाडौंला ।
दूधको मसी सुनको कलम लेखी लेखिदैन
भक्तपुरको प्यारो माया कहिल्यै विर्सर्ीीनर ।
जनता बसे उच्चतिर पल्टन बसे काख
माया छ झट्का कुन सम्झना छ लाख ।
नेपाल बत्तीस धारा, पानीको तुरुक्क
भक्तपुर सम्झेको बेला रुन आउँछ धुरुक्क ।
काग बासे नमिठो लाग्ने कोइली बोले मिठो
घर जाउँला हाँसीखेली आइज दशैं छिटो ।
आगो लागे रामचन्द्र पछि लागे सीता
हाँसी रहे एक भक्तपुर अहिले हुन्छु विदा ।
सभ्य बनौं सभ्यताको परिचय दिऔं ।
आफ्नो मातृभाषालाई लोप हुनबाट बचाऔं
नेल कोइँच पिकनिक लाइँसिबा
पोःके शेः वाल-शा जाइँ-सिबा
नेल-लिकालि ग्लुम-ना ताइँसिबा
बर माला रेल-चा ताइँसिबा ।
……………………..
प्राप्चा, ओखलढुंगा
हाल
नयाँ मनहरा, दुवाकोट ९
भक्तपुर
ख्युःरा
– कोइँच बु काःतिच
यति रिस उठी रा छ कि अहिले –
चोक, गल्ली, चिया पसल र चौतारीमा
देश बनाउने सुन्दर सपना बुन्न
अविरल बौद्धिक वेश्यवृत्ति गर्नुहुने श्रद्धेय महानुभावहरुसँग ।
रिङ–ने दा,
यति रिश उठी रा छ कि अहिले
यति रिस उठी रा छ –
जसको आफ्नो पछाडि चार जना मान्छे जम्मा पार्ने छाँट छैन
जसको अगाडि चार वित्ता हिडेर जानुपर्दा सकस खप्ने आँट छैन
जसले आफ्नो आकार प्रकार र तौलको हेक्का राखेको छैन
जसले सानो र ठूलो आयतन वीचको भेद चाखेको छैन
जसले अगेनामा आगो बालेर पाङ्दुरे रोटी डामेको छैन
जसले देश, काल, समय र परिवेशलाई छाँमेको छैन
जो खुला आकाशमुनि भोको पेट एक रात सुत्न सक्दैन
जो नियालेर आफ्नो र अर्काको धराताल छुटाउन सक्दैन
बेकाम्म,
खोपडीमा सापटी गिदी फत्फत् चेँख्ला खामे फत्फताउँछ
चोक, गल्ली–गल्ली, चिया पसल र चौतारी निर्लज्ज सक्सकाउँछ
त्यस्ता महामहिमहरुका
बढो धुमधामको चर्काचर्की, बेतोडको घम्साघम्सी
वाध्यताले अन्तहीन लोसे कुस्तीको रमिते बन्नु पर्दा । Read More
अब तुइन तर्दैन मेरो देश
सोम सुनुवार
हिमाल होइन, दृष्य तिनको बेच्न सकिन्छ
मेची–काली होइन, बिजुली बरु बेच्न सकिन्छ
मेरो देश तुइन तर्दैन अब
तराईमा रेल र पहाडमा केवुल कार चढ्छ
बामे सरेको छ इलाम त
अब कर्णाली आकाशमा राशन खोजदैन
जौ, फापर जे फल्छ ऊ निहुरिएर बारीमै मेहनत गर्छ
नाक घोक्राउदैन मेरो देश
पहिचानको गर्वले ढक्क छाति फुल्याउछ
बरु लालच छाडेर त्यागी दिन्छ तेरो, मेरो र द्धेश
भागबण्डा र लुच्छाचुंडीको सर्त मान्दैन अब मेरो देश ।
मनोद्वन्द्व : यो पनि कविता
-कोइँच बु काःतिच
के के न गरेँ जस्तो लाग्थ्यो, ‘देन ए सेरेम फु’ कोइँच भाषामा पहिलो पटक कविता सङ्ग्रह प्रकाशित हुँदा । तातो न छारो । लाजै पो लागेर आउँ बा, ङच्िचा दाँत देखाएर हाँस्न पनि ।
केही हुँदै नहुनु हो, कसैले वास्ता नगरेको कुरामा पहिलो हुनु भनेको । जहाँ केही नौलो गर्नका लागि केही नौलो हुँदै हुँदैन । कसैको आँखै नलाग्ने कुरामा आँखा लगाउँदा, कसैले लेख्दै नलेख्ने, पढ्दै नपढ्ने कुरामा पुस्तक लेख्नु, छाप्नु कुनै ठूलो र आनौठो कुरा पनि होइन । (मलाई एक जना खसभाषी बामान विद्वानले साहित्य नभएको भाषा, भाषा होइन । त्यस्तोलाई भाषा होइन कुरा भनिन्छ, भनेपछि भाषा बनाउन कोइँच भाषामा कविता संग्राह तयार पारेँ । जसलाई क्युइँतिच द्वय रणवीर सुनुवार र अतित मुखियाले प्रकाशन गरिदिनु भएको थियो चुप्लु समाजको व्यानरमा ।)
आजकाल सोच्छु, गम्छु- कोइँच-सुनुवारको बुद्धि पछि आउँछ भन्थे, हो रहेछ । अरु साथीहरु जस्तै पहिला खस भाषामा लेखेर, छापेर कोइँच भाषामा अनुवाद गरेको भए क्या राम्रो गरिस भनेर स्यावासी पनि पाइने रहेछ ! सबै हुने रहेछ- नाम, दाम, काम र ठूलो विद्वान पनि कहलिने रहेछ । कोइँच भाषामा मात्र लेख्नले पाखैमा बाँजो पल्टेर टक्सिए टुहुरा सिर्जनाहरु ।
‘लेख्न त लेखिस् कामै नलाग्ने ठाउँमा, कहाँ गइस् हराउने विलाउनेमा । कसले पढ्छ – कोइँचले पढ्छ – ल राख बाजी, तेरो कोइँच भनौदा सुनुवारहरुले त तेरो कोइँच भाषाको पुस्तक किनेर त परै जावोस् सित्तै दिँदा पनि पढ्दैनन् । के बाजी राख्छस् -‘ भनेर खसबाहुन मात्र होइन केही कोइँच साथीहरुले सुझाएको सम्भिmन्छु । सोच्छु, किन किन चित्तै बुझदैन । खसबामान साथीहरुको गिदी सापटी मागेर आफैंलाई धिक्कार्न मन लाग्छ- थुइय्या ! बुद्धि नभएको चितुवा, किर्वा । ल यो पनि बना कविता- ल्वाङ, मरिच, सुक्मेल हालेको मगमग वास आउने ।